स्वर्ग कहाँ छ..........
छुरिले रेटेपनि काटिदैनन मेरा यी दुखहरु,थैलो भरिको पैसाले साटेपनी साटिदैनन मेरा पीडाहरु। अचानोमा राखिएको लास जस्तो,घाटमा राखिएको मुर्दा जस्तो
अबिछिन्न जिन्दगीको यो सुरु कतै यी मन किन रुवाएर जान्छन आफन्तहरु। किन सताएर जान्छन मनका ढुकढुकिमा बस्नेहरु,आज जिन्दगीको अनगिन्ती पिडाहरुबाट उठेर एउटा प्रश्न गर्न मन लागेको छ। मानिसको जिन्दगीमा जब मानिसले चाहेको कुराहरू गर्न सक्दैन। उसको लागी यही जिन्दगी नर्क जस्तै हो। तर त्यही मानिस जो आफू खुशीले जिन्दगी बाँची रहेको हुन्छ। अाँटेको कुरा पुग्छ,उसको लागि स्वर्ग यही हो।
धेरै मानिसहरू भन्छन मरि सके पछिको स्वर्ग अर्कै आनन्द छ। तर मलाई लाग्छ यो संसारमा स्वर्ग कतै छैन,छ भने स्वर्ग यही छ र नर्क पनि यही छ। कहिले काही आफ्नो जिन्दगीलाई दाँजेर हेर्छु म,स्वर्ग यही छ जस्तो लाग्छ। कहिले काही आफ्नो जिन्दगीलाई नापेर हेर्छु म,नर्क पनि यही छ जस्तो लाग्छ। स्वर्ग र नर्कको दोसाँधमा बाँची रहें। जिबनको अमुर्त तर जसले जे भने पनि राम्रो काम गर्दै मानिसका पिडाहरुमा मल्हम लगाउँन सकेमा स्वर्ग यही छ। जहाँ आनन्द हुन्छ त्यहाँ स्वर्ग हुन्छ। जिन्दगीका रहरहरु खुसीहरु पुरा भएमा स्वर्ग जस्तो लाग्छ। जिन्दगीका ईच्छाहरु रहरहरु पुरा नभएमा नर्क जस्तो लाग्छ।
उडेर गएनन मेरा दुखहरु तुफानमा धुलो झै हिडेर गएनन मेरा पिडाहरु। झुपडीमा चुलो झैं मेरा गन्तव्यका यी जिन्दगीका यात्राहरु,मेरा गन्तव्य बिहिन यी जिन्दगीका सम्झनाहरु। मेरा गन्तव्य बिहिन यी जिन्दगीका यादहरु आज पोल्टा भरि राखेर हिडेको छु म। पुगिदैन नजानु पर्ने ठाउँ कहाँ हो मलाई थाहा थिएन। पुग्ने र जानु पर्ने ठाउँहरु कहाँ हो मलाई थाहा थिएन। म मात्र परिकल्पनामा याद र गहिराई भित्र डुबुल्की मार्दै सायद त्यसैले होला लुक्न सक्दैन यी मनका भावनाहरु। अँध्यरोमा छाया झैँ निरन्तर लडी रहने मन भित्रका तृष्णाका लाशहरु बोकेर निरन्तर हिडि रहे जिन्दगीको बाटोमा,तर पनि न बाटो थाहा छ।
न त गोरेटो थाहा छ,न त जिन्दगीका चौतारीहरु थाहा छ,न त जिन्दगीका बिसौनीहरु ति सब काट्दै बिसौनीमा हराउँदै जिबनका अनगिन्ती दुखहरुलाई साटेर म जिन्दगीको गोरेटोमा एक्लै हिडि रहें हिडि रहें। रहरले वा करले बिदेशीएँ,स्वर्ग त अझ यहाँ पो रहेछ। तर सबै कुरा मात्र पनि स्वर्ग हैन रहेछ। आफु जन्मेको ठाँउ साथी भाई ईष्टमित्र परिवारको खुसी नै स्वर्ग रहेछ। उनीहरुको खुसी मेरो स्वर्ग र मेरो खुसी उनीहरुको स्वर्ग रहेछ। मेरा जिबनका यी पिडाहरुलाई मन भित्र कुवाएर राखुँ। त्यसैले नाङलो भरी फिजाएर पारिलो घाममा सुकाउँन चाहन्छु र अझै यी हावाहरुले उडाउँदै लग्ने मेरा चाहनाहरु पूरा गर्न चाहन्छु,स्वर्ग र नर्क यही छ भन्न चाहन्छु।
Keshav Raj Adhikari
No comments:
Post a Comment