Monday, 28 August 2017

गीत

पाउँने भए बजारमा यो मुटु साट्ने थिएँ !
दुखि रहने तिम्रो याद सबै सबै मेट्ने थिएँ !!
त्यति सस्तो छैन रैछ बजारमा मुटु किन्न !
भएको एउटा मुटु पनि पारिदियौ छिन्न भिन्न !!

बल्झी दिन्छौ यादमा अनि आँसु झर्छ !
टुक्रा टुक्रा मुटुले पनि तिम्रै बारे प्रश्न गर्छ !!
के भनेर रोकु म यो परेलिको आँशुलाई !
के भनेर सम्झाउ म यो दुख्ने मुटुलाई !!

जो आफ्नो हुन्न तर उहि किन यति प्यारो !
जसले भुल्छ उसलाई भुल्न किन हुन्छ गाह्रो !!
हाँस्दा तिम्रै याद आउछ रुँदा तिम्रै याद !
हँसाई आखिर रुवाई जाने रैछ तिम्रो साथ !!
           Keshav Raj Adhikari

No comments:

Post a Comment