Monday, 31 July 2017

कुन लोककी परि हौ तिमी ?

कुन लोककी परि हौ तिमी !
कहाँ होला तिम्रो निवाश !!
छमछम पाउजुको झंकारले !
लुट्छ्यौ जगको होस हवास !!

शालिनताकी प्रति मुर्ति !
कति शुशोभित नयनहरु !!
कोकिल कुण्ठ प्रिय बचन !
हर्छ्यौ साराका चयनहरु !!

कुन देवकी छोरी हौ तिमी !
कहाँ होला तिम्रो आवाश !!
रिमझिम रिमझिम बर्षाद बनी !
खोस्छ्यौ जगको होस हवास !!

कुन लोककी देवी हौ तिमी !
यति बिघ्न सुन्दरी !!
कहाँ होला जन्म घर !
धर्ति हो या स्वर्ग पुरी !!

कति मिलेका अधरहरु !
अधिक गुणले सम्पन्न !!
महलमा रमेका मनहरु !
ठान्दछन स्वयम बिपन्न !!

कुन शिल्पकारकी कृति हौं तिमी !
यति षोडस श्रृगारी !!
तिम्रै आचलमा रम्न आतुर !
मायका कोटी भिखारी !!
 keshav Raj Adhikari
चाँदनी रुप मृग नयन चुल्ठो झरना सरी !
बेली हौ कि सुन केशरी कुन लोककी परी !!

ओठ खोल्दा मोती दाना जुन सर्माउँने !
सुर मधुर डाह गरी कोईली बर्बराउँने !!
छैन श्रृङगार कुनै कृतिम रंङ थरी थरी !
मेरै निम्ति आए जस्ती स्वर्ग बाट झरी !!

नुतन दिलको रोम रोममा प्रित फुलाई दिने !
पथ मै हुँ पथिक तिमी संसार भुलाई दिने !!
जादु हो कि टुना मुना भएँ पगल सरी !
तिम्रै दासी बनु लाग्यो सयौँ जुनी भरी !!
         keshav Raj Adhikari
परी.....

छन गाला पोटिला र ओठ रसिला !
हात गोडा साह्रै कोमल कलिला !!
मन्द मुस्कानमा सजिएकी रानी !
हेर ! शितलव टल्केको जवानी !!

हावा पनि डरायो उनलाई छुन !
दाग बिनाकी हुन धर्तीकी जुन !!
हेर्दा पनि आँखाले लाग्छ कि दाग !
रुपमा धपक्क बलेको चिराग !!

लामो कपाल मिलेको जिउडाल !
हिंडाइ क्या आहा ! मयुरको चाल !!
फुर्सदमा बनाएकी परी उनी !
सदाबहार छिन सुन्दर तरुनी !!

उनमै छ मिठो सुगन्ध सुवास !
छ आवाजमा कोईलीको मिठास !!
सकिन्न उनलाई कतै छोडेर हिड्न !
बनिन प्राण जस्तो अति नै अभिन्न !!
    keshav Raj Adhikari

Sunday, 30 July 2017

गित....
बिहे गर्ने बेला भयो घर मेरो चितवन !
गर्लफ्रेण्ड मेरा धेरै भए खै कसरी भनौं !!
कार्यक्रम गर्न जाँदा पर्बतको कुस्मा !
झ्याप्पै मन परिहाल्यो दिलै बस्यो उसमा !!

बिहे गरम भन्दै थिई काठमाण्डौकी केटि !
झ्याप्पै आँट्न सकिन म भन्दा पनि जेठी !!
फेसबुकमा भेटिएकी बाग्लुङ बजारकी !
लाखौँ पर्ने रुपै उनको बोली हजारकी !!

डल्ली डल्ली घर्ती केटि घर म्याग्दीको बेनि !
हजुरले हुन्छ भने गर्छु भन्छे जेनि !!
गुल्मीकीले मन पराईछन नाम उनको सरु !
बिहे गर्ने कोहि भेटिन्नन मैले कसो गरु !!

घर ज्वाँइ बसे हुन्छ भन्थी भक्तपुरकीले !
चितवने्ले भगाउ भन्छे दिल चित्त मिले !!
चिम्सी चिम्सी मन पराउँछे पाल्पाकी मगरनी !
अग्लो परें आफू फेरि डल्ली बिहे नगरनीणढ !!

तपाइँ बिना मर्छु भन्छे गोर्खाकी गुर्सिनी !
रहर मेरो होईन फेरि मायामा घुर्सिनी !!
चित्त बुझ्छ क्षेत्री अनि पाएदेखी बाहुनी !
नर्स केटि मन पर्छ खै कता हो पाउनी !!

घुम्दै जाँदा पुर्ब तिर राम्रो शहर धरान !
एउटी राई पछि लाईछ फाल्छु भन्छे परान !!
भारतमा पनि भएन कुरो चिन्का चाहिएन !
जापान जानी जाली भन्छन पिरती लाईएन !!

आँखा तर्छे डिभी परि अमेरिका जानी !
सिड्नी हुने बोल्नै छोडी हैजाले खानी !!
कुवेत भएकी पछि लाईछ मान्छे रैछ सानी !
दुबई बस्ने सुड्डी रैछ दैबले लैजानी !!

बहराईनमा मिल्ने साथी क्यानडामा रानी !
जता भन्यो त्यतै गर्लफ्रेण्ड अब कता जानी !!
आजसम्म पाएको छैन मन मिल्ने मान्छे !
एउटी पागल पछी लाएर टाउको मात्रै खान्छे !!

घरबार जोड्न मन्छ मलाई कास्कीको पोखरा !
त्यता कुरो चलाई दिने पो आफन्त को छ र !!
कुल घरानको छोरो म त गाउँमा ठाडो शिर छ !
कस्ती केटि बिहे गर्ने हो मलाई त्यत्ती पिर छ !!
             keshav Raj Adhikari
खेती गर्ने हली बाउसे सबै युरोप खाडी गए !
बुढा बुढी बाल बच्चालाई गाउँमा एक्लै छाडी गए !!
बुहारी पनि बोर्डिङ खोज्दै शहर बजार झरेपछि !
न त घरमा खसी बाख्रा न लैनो गाई भैंसी भए !!

कसले समाउँने हलो अनौ कसले धपाउँने बाँदर खै !
युबा सबै जाँडको भट्टी युवती पार्लर धाउँने भए !!
किन मान्नु असार पन्द्र किन खानु दहि चिउरा !
खेत जति घडेरी भो बारी जति झाडी भए !!

हात बित्ता नापी नापी जग्गा जति बेची खाने !
सबका घरमा बाईक अनि फजुल खर्ची गाडी भए !!
कहिले होला बुद्धि फिर्ने कहिले खेत बारी खन्ने !
हरियाली समृद्व आत्मनिर्भर हामी अनि नेपाल बन्ने !!
               keshav Raj Adhikari
शान्त शान्ति नेपालीको !
अाज किन यस्तो हाल भाे !!
बुद्ध जन्मेको देश नेपालमा !
बुद्विकाे किन अनिकाल भाे !!

पहरा गर्ने स्वयम्भुकाे तिनै नेत्र !
कहिँ बन्द त भएनन !!
रक्षा गर्ने पशुपतिले शक्ति बाेकि !
कहिँ अन्तै त गएनन !!

बुद्धको शान्त अनुहारमा पनि !
चिन्ताकाे रेखा भेट्छु म !!
स्वयम्भुकाे मौन अाँखामा पनि !
बिबशताकाे अाँशु देख्छु म !!

बिशाल हिमालकाे छातीमा !
अाज भाेली बिजुली चम्किन्छ रे !!
सधैं शान्त हुने ती गाउँ बेशीमा !
पनि चट्याङ थर्किन्छ रे !!

मन उदाश छ साेच्दै छु !
कहिँ शहिदकाे बलिदान !!
त्यसै खेर जाने त हाेईन !
लुटेराहरु तयार छन बस्ती लुट्न !!
कहिँ पूर्खाकाे धराेहरु लुटेर लाने त हाेइन !!!
          keshav Raj Adhikari
कहिले तिरौ आमा तिम्रो दुधको भारा मैले !
दिनु दु:ख दिएँ आमा सानो छँदा मैले !!
आफू एक गाँस खाएर मलाई टन्नै खुवाउँने गर्थ्यौ !
मलाई कहिले ठेस लाग्दा आत्तिएर आउँने गर्थ्यौ !!

घाँसको भारी ल्याउँदा पनि त्यसै माथी  चढाउँथ्यौ !
मात्तिएर डुल्न खोज्दा कान समाती पढाउँथ्यौ !!
घरको सबै जिम्मा लिने महान छौ नि मेरी आमा !
सानो छँदा राम्रो हुन लगाई दिन्थ्यौ मलाई कपडा !!

सानो छँदा खाना खुवाई आफ्नै हातले चुठाउँथ्यौ !
मेरो बाबु मेरो राजा भनी काँखमा सुताउँथ्यौ !!
तिम्रो माया पाए मैले संसार पनि भुली दिन्थे !
तिम्रो काँखमा सधै भरि झुला बनी झुली दिन्थे !!

तिम्रो माया निश्चल थियो छल कपट थिएन !
सानो छँदा यो छोरोले कहिले सुख दिएन !!
जति दुख दिए पनि हाँसी हाँसी टारि दिन्थ्यौ !
सबैलाई तिम्रै निश्चिल माया भित्र पारी दिन्थ्यौ !!

अहिले ठुलो भए पनि सानाको झै माया गर्छ्यौ !
बाबासंग  लुकाई लुकाई पकेट खर्च दिने गर्छ्यौ !!
धर्म कर्म गर्न आमा कुन मन्दिरमा अब जाउ !
सधै भरि तिम्रै छोरो भई जन्म लिन पाउँ !!
           keshav Raj Adhikari
आँखा छोपी नरोउ..........
आँखा छोपी नरोउ भनी भन्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
भोली उठी कहाँ जाने केही थाहा छैन !
फर्की आउँने हो कि होईन केही थाहा छैन !!

बाचा छिट्टै आउँछु भनी गर्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
छाती भरी गाउँ बेसी पखेरी छाया !
आँखा भरी मेला पात मायालुको माया !!

आफैंलाई छाडी कतै जानु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
भन्ने कुरा कति थियो छाती भित्रै रह्यो !
परेलीका ओठबाट आँशु झरी रह्यो !!

कुल्चिएर आफैंलाई हिँड्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
आँखा छोपी नरोउ भनी भन्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
        Keshav Raj Adhikari

Friday, 28 July 2017

पासपोर्टको पाना भरी भिषा लाउँदा लाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!
बिहे गर्यो तिन महिनामा प्रदेशतिर गयो !
माया बस्ने घर भित्र अनि झुटो शंका भयो !!

अाफ्नो त बेला बित्यो अर्कैको घर छाउँदा छाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!
पासपोर्टको पाना भरी भिषा लाउँदा लाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!

छुट्टि गयो रुँदा रुँदै हिंडेने बेला हुन्छ !
यता दाम जोडिदैन ऋण तिर्ने बेला हुन्छ !!
पासपोर्टको पाना भरी भिषा लाउँदा लाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!

रोधी घर बिरानो भो अर्कैको गित गाउँदा गाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!
पासपोर्टको पाना भरी भिषा लाउँदा लाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!
            Keshav Raj Adhikari

Thursday, 27 July 2017

     #नाग_पंचमीको_शुभकामना

     १२ साउन अाज शुक्रवार नागपञ्चमी परेको छ। यस वर्षको नागपञ्चमीमै जनै पूर्णिमा र रक्षाबन्धन पनि परेको छ। नाग पञ्चमीका बारेमा प्रचलनमा रहेका दुई वटा कथाहरू हामी यहाँ बताउँदैछौं।

     कथा १
    एक राजाका सात पुत्र थिए। उनीहरू सबैको बिवाह भई सकेको थियो। ती मध्ये ६ वटा छोराका सन्तान भई सकेका थिए। कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन। कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे। सन्तान नभएको दुःखमा परेकी उनी सासू,नन्द र जेठानीहरूको व्यंग्य वाण सहन नसकेर धुरुधुरु रुन्थिन। उनका पतिले सम्झाउँथे,सन्तान हुनु नहुनु भाग्यको अधीनमा छ। किन दुःखी हुन्छौ ?
उनी भन्थिन,सबै जना मलाई बाँझी भनेर जिस्काउँछन। पतिले भने, संसारले त अनेक कुरा गर्छ नि। मैले तिमीलाई कहिल्यै कठोर बचन गरेको छैन क्यारे। तिमी मलाई ध्यान देउ र तनाव नलिउँ।

     पतिको कुरा सुनेर उनलाई सान्त्वना प्राप्त हुन्थ्यो। तर कसैले बचन लगाउँदा उनी रुन्थिन।
यसै गरी दिन बित्दै जाँदा नाग पञ्चमी आयो। नाग पञ्चमीको अघिल्लो रात चौथीमा उनले सपनामा पाँच वटा नाग देखिन। ती मध्ये एक नागले उनलाई सम्बोधन गर्दै भने,हे पुत्री भोलि नाग पञ्चमी छ। तिमी हाम्रो पूजा गर। त्यसपछि तिमीले सन्तान पाउनेछौ। त्यसपछि उनले पाँच वटा नाग देखेको भएर पाँचै नागको आकृति बनाएर पूजा गरिन। नागहरूलाई चिसो खानेकुरा मन पर्ने भएकाले उनले काँचो दूध चढाईन।
यसरी नागलाई पूजा गरेको नौ महिनापछि उनलाई सन्तान लाभ भयो।

      कथा २
     कुनै गाउँमा एक किसान परिवार बस्थ्यो। किसानका दुई छोरा र एक छोरी थिए। एक दिन किसानले हलो जोत्दा खेरी नागका तीन बच्चाहरू त्यसमा किचिएर मरे। नागिनले पहिला त धेरै बिलाप गरिन,अनि पछि आफ्नो सन्तानको हत्या गर्ने व्यक्तिसँग बदला लिने संकल्प गरिन। राति आएर नागिनले किसान,उसकी पत्नी र दुवै छोरालाई डसिन। छोरी चाहिँ मामा घर गएकीले बचिन।

     भोलिपल्ट हल्ला खल्ला भएपछि मामा घरबाट छोरी आईन। नागिन पनि उनलाई डस्नका लागि त्यहाँ आईपुगिन। नागिनलाई देखेर छोरीले दूधको कचौरा अघि राखेर क्षमा प्रार्थना गरिन।
त्यसपछि नागिन प्रसन्न भएर माता पिता र दुवै भाईहरूलाई पुनर्जीवित गरिदिईन। त्यो दिन श्रावण शुक्ल पञ्चमी तिथि परेको थियो। त्यही भएर नागहरूको कोपबाट बच्नका लागि यस दिन नागहरूको पूजा गरिन्छ।
              keshav Raj Adhikari
    #जनै_पुर्णिमाको_मंगलमय_शुभकामना

     हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दाया हात मुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खास गरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराई दिने प्रचलन रहेको छ।

जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाईन्छ।

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।

     अर्थात भगवान वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए। त्यही बन्धनले तपाईंको हातमा पनि बाँधि दिएको छु। तपाईंको रक्षा होस। एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन। नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ। सामान्यतया मनुष्यको आयु सय बर्षको मानिएको छ। चार बर्ष पूरा गरी पाँच बर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जिबनावधि ९६ बर्ष रहेको कुरा जनाउँछ।

     यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ,त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ। जनै बनाउँदा पाँच ग्रन्थी अर्थात पाँच गाँठा पारिन्छन। यी पाँच गाँठा पञ्च महायज्ञका प्रतीक हुन। त्यस्तै गरी यस दिन बाँधिने रक्षा बन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो। हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा,विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।

     जनै शब्दको अर्थ जनाउँनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तीको लागी अन्य व्यक्तीलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ। जस्तै जनै धारण गरेको व्यक्ती हिन्दू हो भन्ने जनाउँने गर्छ,दिशा पिसाब गरेर हात मुख न धोउन्जेल सम्म जनै कानमा राख्ने गरिन्छ। यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्यक्ति हात मुख धोएर सुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ। जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र र पर्वर अनुशारको गाँठो दिईन्छ।

    यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ। यस्तै धेरै कुराको जानकारी गराउँने जनै पौराणीक कालमा सुनको बनाउँने गरिन्थ्यो। कालांतरमा चाँदीको र अहिले आएर धागोको बनाउँन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुँदैन। ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ। सुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी (ब्राह्मणको पत्नी)ले कातेको धागोको जनै बनाएर जनै पुर्णिमाको दिन वैदिक मन्त्र द्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ।
             keshav Raj Adhikari

Sunday, 23 July 2017

जिन्दगी एउटा उपहार हो भनि स्वीकार गरे !
जिन्दगी एउटा अहसास हो भनि महसुस गरे !!
जिन्दगी एउटा दुख दर्द हो भनि बाँड्न खोजे !
जिन्दगी एउटा प्यास हो भनि प्यास मेटाउँन खोजे !!

जिन्दगी एउटा मिलन हो भनि मुस्कुराउँन खोजे !
जिन्दगी एउटा बिछोड हो भनि मनमा धैर्य गरे !!
जिन्दगी एउटा आँशु पनि हो भनि पिउँन खोजे !
जिन्दगी आखिर जिन्दगी हो भनि जिउँन खोजे !!
वास्तबमा जिन्दगी के रहेछ आजसम्म बुझ्न सकिन !!!
              keshav Raj Adhikari
चालीसले छोए पछि आँखा कमजोर भयो !
कालो कपाल छेउ कुनामा सेतो हुँदै गयो !!
हेर्दा हेर्दै सियो भित्र धागो पस्नै छाड्यो !
अाँगन टाढा होला भन्ने डर लाग्न थाल्यो !!

छोरा छोरी भन्दा भन्दै आधी जिबन गयो !
घर व्यबहार भन्दैमा जिन्दगी जाने भयो !!
आमा बाउलाई बुढाबुढी भन्न लाज लाग्ने भयो !
चिन्ता धेरै लिन हुन्न रोग लाग्ला भन्ने डर भयो !!
             keshav Raj Adhikari
धैर्य गर साथ दिन्छु न्यानो हात दिन्छु !
त्यो भन्दानी अझ सुन्दर मिठो रात दिन्छु !!

एक्लै हौली बेचैन हौली बाटो हेर्दै हौली !
प्रदेशीको याद आउँदा फोटो हेर्दै हौली !!
पर्खि बस जिबन जिउँन एउटा जात दिन्छु !
त्यो भन्दानी अझ राम्रो मिठो रात दिन्छु !!

परेवाको जोडी देख्दा मन्मा कल्पिदी हौ !
किनारामा बसी एक्लै छालमा छल्किदी हौ !!
तरङ्गमा बग्दै आउ मन्मा बास दिन्छु !
त्यो भन्दानी अझ राम्रो मिठो रात दिन्छु !!
         Keshav Raj Adhikari

Saturday, 15 July 2017

तिम्रो मेरो सपनाको एउटा घर बनाउँनु है !
दुष्मनको नजर भन्दा अली पर बनाउँनु है !!
महल बनाउँन नसके पनि झुपडी मै रमाउँला !
आउँदैछु म पनि तिमी काटेर खर बनाउँनु है !!

संगै उडी जाने त्यो डाँफे मुनाल जोडी जस्तै !
हाम्रो माया ढुङ्गा माटोको भर बनाउँनु है !!
भन्छन सबै अमुल्य हुन्छ माया भन्ने चिज !
हाम्रो प्रेमको त्यस्तै मिठो सफर बनाउँनु है !!

हाम्रो नाता छुटाउँन जुट्न सक्छ यो दुनिया !
कसैको कुरा नसुन्नु मन पत्थर बनाउँनु है !!
संगै मर्ने संगै बाँच्ने बाचा कसम खाँउला सानू !
सयौं जुनि संगै हुने  बर पिपल बनाउँनु है !!
           Keshav Raj Adhikari

Wednesday, 12 July 2017

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी !
निभेको दीप झैँ भयो उदाश मेरो जिन्दगी !!
चुरा फुटे सरी भयो चराहरू उडी गए !
चुरा फुटे सरी भयो चराहरू उडी गए !!

हजार कोपिलाहरू नमुस्कुराउँदै झरे !
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी !!
बिहान जो खुशी थियो जलेर साँझ भई सक्यो !
भिजेको पात पातमा निशादको कथा थियो !!

अधेँरी रात झैँ भयो बिषाद मेरो जिन्दगी !
जलि रहेछ लास भित्र भित्र कहीँ छातीमा !!
टुटे फुटेका स्वप्न झैँ अँगार मात्र छातीमा !
बिजन बदल सरी भयो उराठ मेरो जिन्दगी !!
            keshav Raj Adhikari
जून फूल मैले चाहेको थिएँ कसैले टिपेछ !
सौन्दर्य बनि त्यो सधै मेरो आँखामा लुकेछ !!

सुख र दुख संगाली दिने जिबनमा त्यहि थियो !
दिन रात अब म देखि टाढा भएर गई दिए !!
बिरानो बनि प्रत्येक पल मेरो यो मुटु धड्किन्छ !
बितेका तिनै पुराना कुरक सम्झाई तड्पिन्छ !!

बाँची नै रह्यो केबल चाहि मुटुमा चोट पारी !
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी !!
चर्केको माया जोडि दिने फेरि बस्तु नै के छ र !
मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र !!
          keshav Raj Adhikari
पिरतीमा मैले जस्तो तिमिले हार्नु नपरोस !
दु:खमा पनि सुख छ भनी टार्न नपरोस !!
तिम्रै यादमा बगे कत्ती आँशुका मुलहरु !
मैले जस्तो आँशुका थोपाहरु झार्न नपरोस !!

मेरो याद आयो भने बहानामा टारी दिनु !
अब मैले जिबनको जंघार तार्नु नपरोस !!
जहाँ छौ तिमी त्यही सदा खुशी रहनु !
कठोर त्यो तिम्रो मन अन्त सार्नु नपरोस !!
         keshav Raj Adhikari
       
आफ्नो मन आफैसंग ढाँटन नमिल्ने !
दुखेपनि अरुसंग साट्न नमिल्ने !!
आफ्नो मन आफैसंग ढाँटन नमिल्ने !!!

खडेरी त चैतमा भन्थे साउन पनि उही आयो !
जति खुशी थिए मेरा डढेलोले खायो !!
आफ्नो छाया आफैसंग भाग्न नमिल्ने !!!
दुखेको मन अरुसंग साट्न नमिल्ने !
आफ्नो मन आफैसंग ढाँटन नमिल्ने !!

बाँच्नु पर्यो राप बोकी शितल कहीं पाईन !
भौतारिन्छु एक्लै-एक्लै आफ्नो कोहि छैन !!
आकार फेरी मनलाई कतै ढाल्न नमिल्ने !
मन फाटे सरि आफै फाटन नमिल्ने !!

आफ्नो मन आफैसंग ढाँटन नमिल्ने !
दुखेपनि अरुसंग साट्न नमिल्ने !!
आफ्नो मन आफैसंग ढाँटन नमिल्ने !!!
          keshav Raj Adhikari
दिलको ढोका खूला नै छ तिमी आए हून्छ !
चोखो मेरो आत्मसंग माया लाए हून्छ !!

रोपौ संगै फूल पनि पिरतिको बगानमा !
भमरा भै रस चूस्न तिमीले चाहे हून्छ !!
म पनि त गरीब हूँ झूपडीमै हून्छ बास !
गून्द्रूक ढिडो खाउँला बरु साथ पाए हून्छ !!

सून्दरताको प्रती मूर्ती तिमी पनि त्यत्तिकै छौ !
संगै बसि मिलनको गित गाए हून्छ !!
गरौँ बरु भाकल पनि देउरालीलाइ सम्झिएर !
निराशाको जिबनमा खुशीयाली छाए हून्छ !!
            keshav Raj Adhikari

Sunday, 9 July 2017

नयाँ राष्ट्रिय गान..........

जागिर खोज्दै खाडीतिर लम्किएका नेपाली !
जोश जाँगर देखाउँदैछन घाममा बेल्चा उचाली !!
प्राकृतिक सम्पदाको धनी हाम्रो देश नेपाल !
माल पाएर चाल नपाउँदा भईयो हामी बेहाल !!

महंगी र अभाबले थिच्यो जनताको शिर !
धनीलाई भो मोज मस्ती गरिबलाई भने पिर !!
नेताहरुको भोट बैंकमा हिमाल पहाड तराई !
चुनाबमा साईनो लाउँछन चुनाब पछि पराई !!

बहुजाती भाषा धर्म संस्कृति छन कति धेरै !
बुद्धि भ्रष्ट नेताहरू झगडा गर्छन जति खेरै !!
नेपाल बन्द तोडफोड राजनीति छ बिशाल !
अभागी यो राष्ट्र हाम्रो जय जय जय नेपाल !!
            Keshav Raj Adhikari
पत्रकार सम्मेलनमा केपि अोली बिचको कुराकानी......!!!

पत्रकार :- प्रधानमन्त्री ज्यू नमस्कार !
अाेली :- जस्तालाई तस्तै,ढिँडाेलाई निस्तै,नमस्कार मेराे पनि।
पत्रकार :- पछिल्ला केही महिनादेखि सरकार प्रमुख हुनुहुन्छ। सरकार चलाउँदाकाे अनुभव कस्ताे हुँदैछ ?
अाेली :- भँगेराे मार्न सजिलाे भुत्ल्याउँन गाह्राे भन्ने सुनेकाे थिएँ। भाेग्दै छु,साेचे जस्ताे सजिलाे छैन।
पत्रकार :- एमाले सरकारकाे कार्यशैलीमा नेपाली कांग्रेसभित्र दुई धार छ। गगन थापा र सुजाता काेईराला चाहि तपाईंको समर्थनमा छ नि के हाे गाँठे ?
अाेली :- के भनाैँ खै,लेखनाथ पाैडेलकाे कविता सुन्नु भएकाे छैन कि के हाे ? सुन्नुस,हिलैमा भ्यागुताे बस्छ, हिलैमा कमल स्थिति। स्थानले के कुरा गर्नु ? भिन्नै छ गुणकाे गति।

पत्रकार :- माअाेवादी पार्टी कहिले एमालेकाे समर्थन गर्छ त कहिले बिराेध गर्छ। यसमा केही कारण छ कि ?
अाेली :- माअाेबादी पार्टी जँड्याहा पाेई जस्ताे हाे,कहिले त्यहि मुखले मिठाे मुइँ खान्छ। कहिले नमीठाे गाली गर्छ। जस्ताे भएनी सहनै पर्ने,के गर्नु ? पाेई त अाखिर पाेई नै हाे नि।

पत्रकार :- इण्डियाले ढलाउँनै अाँटेकाे एमाले सरकार कसरी जाेगाउँनु भयाे ?
अाेली :- हा हा हा हा हा हा हा हा हा हा !!
ईण्डिया भन्दा अाईडिया ठुलाे भन्ने थाहा छैन तपाईंलाई ??
पत्रकार :- कहिले काहीँ पार्टी भित्रैबाट पनि तपाईंको बिराेध हुन्छ नि।
अाेली :- के भनाैँ,झगडालू स्वास्नी काउसोकाे माला भन्छु चित्त बुझाउँछु।
पत्रकार :- राजदूत दीप कुमार उपाध्यायलाई फिर्ता
बाेलाउँनु भयाे नि,किन हाे ?
अाेली :- कांग्रेसले नियुक्ति दिएकै भए नि केही गर्छन कि भन्ने लागेकाे थियाे। ढिकीले स्वर्ग गए पनि धानै कुट्दाे रहेछ। माखाे मारेनन,फिर्ता बाेलाएँ।

पत्रकार :- शेर बहादुर देउवा किन यति बिधि भारत परस्त भएर बाेलेका हुन ?
अाेली :- लाटाे बाहुनकाे काम नै घन्टा बजाउँने हाे। शेर बहादुर देउवा बाेलि रहन्छन। मकैकाे राेटीमा घिउ
हाल्नु र माईतीकाे सम्पत्तिमा जीउ हाल्नु बेकार हाे भन्ने कुरा देउबालाई कसले बुझाई दिने ?
पत्रकार :- शेर बहादुर देउवाले कांग्रेसलाई अब केही देलान त ??
अाेली :- केही दिँदैनन,सफा सुग्घरी स्वास्नीकाे पाेई माेटाउँछ। फाेहाेरी स्वास्नीकाे कुकुर माेटाउँछ। देउवाका कारण काँग्रेस दुब्लाउँछ,भारत माेटाउँदै जान्छ। म त बुढाे भएँ,तपाईंहरु हेर्दै जानु हाेला।
पत्रकार :- राप्रपा नेपाल पार्टीले केही गर्छ कि ??

अाेली :- खै,मगरकाे उमेर र भेडाकाे उमेर ज्यान हेेरेर अन्दाज गर्न सकिँदाे रहेन्छ। केही गरेछ भने गरेपछि पत्याउँला ।
पत्रकार :- बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा थुप्रै व्यक्तिकाे उपस्थिति देखियाे। कसरी हेर्नु भएकाे छ यसलाई ?
अाेली :- हैन,कसरी हेर्नू अब,भालुकाे चाकमा भुत्लाकाे के दरिद्र ?? हाेलान् २/४ भुसुनाहरू।
पत्रकार :- मधेशी नेताहरू पछिल्लो पटक धेरै पटक दिल्ली धाई रहेका छन। केही छ यसमा ?
अाेली :- हा हा हा स्वास्नी रिसाए कहाँ जान्छे ? माईत।
अाेरालाे लागेकाे घाम र पखाला लागेकाे बुढाे कतिन्जेल टिक्छ ? थाहा हुँदैन। मधेसीलाई पखाला लाएकाे छ। छिटै सिद्धिन्छन।

पत्रकार :- उता सीके राउत मधेश देश टुक्रयाउँछु भन्दै
कुर्लिएका छन नि।
अाेली :- हा हा हा,घरमा चर्पी समेत बनाउँन नसक्ने दुई काैडीका बिहारी धोती घुस पैठियाहरूले देश बनाउँने रे।
पत्रकार :- सीके राउतलाई जेल हाल्ने या देश निकाला गर्नु पर्दैन ??
अाेली :- हैन,सबै कुकुर काँशी गए गू कसले खान्छ ? याे कुकुर यहीँ रहाेस। याे हल्लिएकाे दाँत हाे। एक दिन अाँफै फुस्किन्छ,टन्टै साफ.....!!!
              Keshav Raj Adhikari
जिउँने मन थियो भएँ म आज पिउँने !
हाँस्दा हाँस्दै आज म भई सकेछु रुने !!

म त थिएँ तिम्रो मायाको साह्रै नै भोगी !
त्यहि मायाले बनायो आज खरानी घस्ने जोगी !!
             Keshav Raj Adhikari
छाती भित्र यो अप्ठ्यारो किन होला !
जति बढ्छ त्यति प्यारो किन होला !!

युगले जन्माउँछ भन्छन सपूत अब !
तर जन्मनलाई यति गाह्रो किन होला !!

भोकै उड्छ बादल छेड्दै खाँदैन अाफु !
चुच्चोमा त्यो पंक्षीको चारो किन होला !!

अझै देश बनाउँछु भन्दैछन् हरेक नेता !
छ्या ! लाजको पसारो किन होला !!
      Keshav Raj Adhikari
कति पिउँनु रक्सी टेन्सन लिएर !
जागिर मेरो सकियो पेन्सन पाएर !!

उनले पनि जँड्याहा भन्न थालिन !
छोडे मैले रक्सी अब अप्सन पाएर !!
      Keshav Raj Adhikari
अाफन्तको अगाडि प्रगती गरेर देखाउँनु छ भने निन्द्रामा पनि खुट्टा हल्लाउँने बानी बसालौ। नत्र मस्त निन्द्रामा डुबेको बेला मरेछ भनेर जलाउँन बेर लाउँदैनन् अाफन्तहरु.....!!!
                   Keshav Raj Adhikari
आज फेरी बिगत सम्म पुगेर एक एक बिगत पल्टाउँदै गएँ। अनी तिमीलाई खोजे,तिमीलाई आफु नजिकै भेट्ने झुटो कोशीस गरे। तर त्यहाँ तिमी त के तिम्रो आभाष सम्म पनि थिएन। साँच्चै ति दिनहरुमा मैले तिमीलाई भित्र भित्रै माया गर्न थाली सकेको थिएँ। एक दिन तिमीले सोध्यौ,के तिमीले मलाई माया दिन थालेका हौ ? मैले न त हो भन्न सके न त होईन नै,तर हो रहेछ आज थाहा पाएँ तर...........!!!
                        Keshav Raj Adhikari
प्रदेशी.....
एक जुग पछि फर्केर हेरेँ,आफू आएको बाटो लामो भई सकेछ। बिरानो भई सकेछ। बास बसेका ती पाटीहरु यात्राका अनगिन्ती मोडहरुमा ओझेल परि सकेछन। खण्डहर जस्तो घरको मझेरीमा दु:खी आमालाई एक्लै छोडेर भिरालो पाखो बारीमा बूढा बालाई एक्लै छोडेर एक जुग अघि हिँडेको म यी बिराना सडकहरु नापि रहेछु, निरन्तर पोखि रहेछु। बिरानो माटोमा पसिना तरतर भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल ? किनकि मेपलहरुले मलाई अपनाउँदैनन् किनकि साकुराले मलाई आफ्नो ठान्दैनन्।

न त मध्यरातको सूर्य मेरो हुन सक्छ।
न म छ महिने हिउँमा रमाउँन सक्छु।
न म खाडीमा अड्डा जमाउँन सक्छु।
र नेपालसंग मागौँ भने मेरो जवानीले मैले नेपाल सिच्न पाईन।

एक जुग पछि.....
हिजो सपनीमा घर गएँ सुटुक्क,आगो लिन गए झै गएँ सुटुक्क,तीन बर्षे भतिजीले सोधी,तिम्लो घल काँ हो ? एक जुग अघि घर छोडेर हिँडेको म,घरमा पराई भई सकेछु। बिदेशमा सधै बिदेशी म देशमा पनि बिदेशी भई सकेछु। सबै सबै ठाउँमा सधैँ सधैँको लागि प्रदेशी भई सकेछु।

एक जुग अघि घर छोडेर हिँडेको म सबै सबै ठाउँमा सधैँ सधैँको लागि प्रदेशी भई सकेछु।
                  Keshav Raj Adhikari
SLC दिना साथ पढाई छाडेर राजनीतिमा लागेको भए अहिलेसम्म केही नभए पनि उपप्रधानमन्त्री भईने रहेछ। साला.......... बिदेशतिर हिड्नाले जिन्दगी नै बर्बाद भो.....!!!
                      Keshav Raj Adhikari
सायद त्यो दिन तिमिलाई थाहा थियो। म धेरै टाढा जाँदैछु भन्ने.....!! त्यही भएर मलाई जोडले अङ्गालोमा अङ्गाली रह्यौ। र भन्दै थियौ,म रहिन भने पनि खुशी साथ अगाडि बढ्नु ल.....!! अतीत न हो.....सबै अतीत मिठा हुनु पर्छ भन्ने पनि त छैन।
               Keshav Raj Adhikari
कि कसो मित्रहरु.....

दूध बिनाको छाली हुँदैन !
अधिकारी कहिल्यै जाली हुँदैन !!
खोला बिनाको बगर हुँदैन !
अधिकारी नपुगेको शहर हुँदैन !!

उन बिनाको राडी हुँदैन !
अधिकारी नचढेको गाडी हुँदैन !!
पंखा बिनाको  प्लेन हुँदैन !
अधिकारी कहिल्यै भिलेन हुँदैन !!

एक र दुई जोड्दा चार हुँदैन !
अधिकारीको कहिल्यै हार हुँदैन !!
मन्दिर कहिल्यै फोहोर हुँदैन !
अधिकारी संग कुरा गर्दा बोर हुँदैन !!

यो यो..या या नगरी RAP हुँदैन !
अधिकारी रक्सी खाएर कहिल्यै झ्याप हुँदैन !!
काठमाण्डौमा पिउँनलाई पानी हुँदैन !
अधिकारी संग संगत गरे कसैलाई हानी हुँदैन !!

जनताले भोट नदिएसम्म सरकार बन्दैन !
अधिकारी जस्तो ईमान्दार कोही हुँदैन !!
अधिकारी कहिल्यै जाली हुँदैन !
अधिकारी जस्तो ईमानदार कोही हुँदैन !!
#सम्पूर्ण_अधिकारी_परिवार
     Keshav Raj Adhikari