कहिले तिरौ आमा तिम्रो दुधको भारा मैले !
दिनु दु:ख दिएँ आमा सानो छँदा मैले !!
आफू एक गाँस खाएर मलाई टन्नै खुवाउँने गर्थ्यौ !
मलाई कहिले ठेस लाग्दा आत्तिएर आउँने गर्थ्यौ !!
घाँसको भारी ल्याउँदा पनि त्यसै माथी चढाउँथ्यौ !
मात्तिएर डुल्न खोज्दा कान समाती पढाउँथ्यौ !!
घरको सबै जिम्मा लिने महान छौ नि मेरी आमा !
सानो छँदा राम्रो हुन लगाई दिन्थ्यौ मलाई कपडा !!
सानो छँदा खाना खुवाई आफ्नै हातले चुठाउँथ्यौ !
मेरो बाबु मेरो राजा भनी काँखमा सुताउँथ्यौ !!
तिम्रो माया पाए मैले संसार पनि भुली दिन्थे !
तिम्रो काँखमा सधै भरि झुला बनी झुली दिन्थे !!
तिम्रो माया निश्चल थियो छल कपट थिएन !
सानो छँदा यो छोरोले कहिले सुख दिएन !!
जति दुख दिए पनि हाँसी हाँसी टारि दिन्थ्यौ !
सबैलाई तिम्रै निश्चिल माया भित्र पारी दिन्थ्यौ !!
अहिले ठुलो भए पनि सानाको झै माया गर्छ्यौ !
बाबासंग लुकाई लुकाई पकेट खर्च दिने गर्छ्यौ !!
धर्म कर्म गर्न आमा कुन मन्दिरमा अब जाउ !
सधै भरि तिम्रै छोरो भई जन्म लिन पाउँ !!
keshav Raj Adhikari
No comments:
Post a Comment