आँखा छोपी नरोउ..........
आँखा छोपी नरोउ भनी भन्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
भोली उठी कहाँ जाने केही थाहा छैन !
फर्की आउँने हो कि होईन केही थाहा छैन !!
बाचा छिट्टै आउँछु भनी गर्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
छाती भरी गाउँ बेसी पखेरी छाया !
आँखा भरी मेला पात मायालुको माया !!
आफैंलाई छाडी कतै जानु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
भन्ने कुरा कति थियो छाती भित्रै रह्यो !
परेलीका ओठबाट आँशु झरी रह्यो !!
कुल्चिएर आफैंलाई हिँड्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
आँखा छोपी नरोउ भनी भन्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
Keshav Raj Adhikari
No comments:
Post a Comment