Monday, 31 July 2017

परी.....

छन गाला पोटिला र ओठ रसिला !
हात गोडा साह्रै कोमल कलिला !!
मन्द मुस्कानमा सजिएकी रानी !
हेर ! शितलव टल्केको जवानी !!

हावा पनि डरायो उनलाई छुन !
दाग बिनाकी हुन धर्तीकी जुन !!
हेर्दा पनि आँखाले लाग्छ कि दाग !
रुपमा धपक्क बलेको चिराग !!

लामो कपाल मिलेको जिउडाल !
हिंडाइ क्या आहा ! मयुरको चाल !!
फुर्सदमा बनाएकी परी उनी !
सदाबहार छिन सुन्दर तरुनी !!

उनमै छ मिठो सुगन्ध सुवास !
छ आवाजमा कोईलीको मिठास !!
सकिन्न उनलाई कतै छोडेर हिड्न !
बनिन प्राण जस्तो अति नै अभिन्न !!
    keshav Raj Adhikari

No comments:

Post a Comment