Sunday, 30 July 2017

गित....
बिहे गर्ने बेला भयो घर मेरो चितवन !
गर्लफ्रेण्ड मेरा धेरै भए खै कसरी भनौं !!
कार्यक्रम गर्न जाँदा पर्बतको कुस्मा !
झ्याप्पै मन परिहाल्यो दिलै बस्यो उसमा !!

बिहे गरम भन्दै थिई काठमाण्डौकी केटि !
झ्याप्पै आँट्न सकिन म भन्दा पनि जेठी !!
फेसबुकमा भेटिएकी बाग्लुङ बजारकी !
लाखौँ पर्ने रुपै उनको बोली हजारकी !!

डल्ली डल्ली घर्ती केटि घर म्याग्दीको बेनि !
हजुरले हुन्छ भने गर्छु भन्छे जेनि !!
गुल्मीकीले मन पराईछन नाम उनको सरु !
बिहे गर्ने कोहि भेटिन्नन मैले कसो गरु !!

घर ज्वाँइ बसे हुन्छ भन्थी भक्तपुरकीले !
चितवने्ले भगाउ भन्छे दिल चित्त मिले !!
चिम्सी चिम्सी मन पराउँछे पाल्पाकी मगरनी !
अग्लो परें आफू फेरि डल्ली बिहे नगरनीणढ !!

तपाइँ बिना मर्छु भन्छे गोर्खाकी गुर्सिनी !
रहर मेरो होईन फेरि मायामा घुर्सिनी !!
चित्त बुझ्छ क्षेत्री अनि पाएदेखी बाहुनी !
नर्स केटि मन पर्छ खै कता हो पाउनी !!

घुम्दै जाँदा पुर्ब तिर राम्रो शहर धरान !
एउटी राई पछि लाईछ फाल्छु भन्छे परान !!
भारतमा पनि भएन कुरो चिन्का चाहिएन !
जापान जानी जाली भन्छन पिरती लाईएन !!

आँखा तर्छे डिभी परि अमेरिका जानी !
सिड्नी हुने बोल्नै छोडी हैजाले खानी !!
कुवेत भएकी पछि लाईछ मान्छे रैछ सानी !
दुबई बस्ने सुड्डी रैछ दैबले लैजानी !!

बहराईनमा मिल्ने साथी क्यानडामा रानी !
जता भन्यो त्यतै गर्लफ्रेण्ड अब कता जानी !!
आजसम्म पाएको छैन मन मिल्ने मान्छे !
एउटी पागल पछी लाएर टाउको मात्रै खान्छे !!

घरबार जोड्न मन्छ मलाई कास्कीको पोखरा !
त्यता कुरो चलाई दिने पो आफन्त को छ र !!
कुल घरानको छोरो म त गाउँमा ठाडो शिर छ !
कस्ती केटि बिहे गर्ने हो मलाई त्यत्ती पिर छ !!
             keshav Raj Adhikari

No comments:

Post a Comment