खेती गर्ने हली बाउसे सबै युरोप खाडी गए !
बुढा बुढी बाल बच्चालाई गाउँमा एक्लै छाडी गए !!
बुहारी पनि बोर्डिङ खोज्दै शहर बजार झरेपछि !
न त घरमा खसी बाख्रा न लैनो गाई भैंसी भए !!
कसले समाउँने हलो अनौ कसले धपाउँने बाँदर खै !
युबा सबै जाँडको भट्टी युवती पार्लर धाउँने भए !!
किन मान्नु असार पन्द्र किन खानु दहि चिउरा !
खेत जति घडेरी भो बारी जति झाडी भए !!
हात बित्ता नापी नापी जग्गा जति बेची खाने !
सबका घरमा बाईक अनि फजुल खर्ची गाडी भए !!
कहिले होला बुद्धि फिर्ने कहिले खेत बारी खन्ने !
हरियाली समृद्व आत्मनिर्भर हामी अनि नेपाल बन्ने !!
keshav Raj Adhikari
No comments:
Post a Comment