जिन्दगी हाम्रो.....
जिन्दगी हाम्रो खोलाको पानी सलल बगे झै !
जिन्दगी हाम्रो बादलु जस्तो हुरीले लगे झै !!
बाँचुन्जेल हामी हाँसखेल गरौ मरे के खानु छ !
बाँसको डोली चढेर जाँदा हामीले के लानु छ !!
जंगलको बाँस चानचुने पैसा धानको खाजामा !
बाँसको डोली चढेर जाँदा शंखको बाजामा !!
मान्छेको जिबन जाँदो नै रहेछ संसारै छाडेर !
स्वर्गीय हुँदा आफन्जनलाई बिरानो पारेर !!
मानिस जान्छ स्वर्गको बास मुटु नै चुँडाई !
खरानी हुँदा सबैले गर्छन आँशुले बिदाई !!
जिन्दगी हाम्रो खोलाको पानी सलल बगे झै !
जिन्दगी हाम्रो बादलु जस्तो हुरीले लगे झै !!
Keshav Raj Adhikari
No comments:
Post a Comment