काङ्ग्रेसको चार तारे झन्डाले नाक र मुख छोपेर डुङ्गडुङ्गती गनाएको माओबादीको राजनैतीक लाश बोक्दै भरतपुरमा हिडि रहेको छ काङ्ग्रेस। सत्ता भन्दा अरु केही नदेख्ने देउवाको अकर्मण्यताका सिलसिलेवार हमलाहरु प्रजातन्त्रको अन्तिम श्वास ननिमोठे सम्म रोकिने देखिदैन। भरतपुरमा अब देवी ज्ञवालीले जितुन या रेणु दाहालले जितुन,त्यो प्रमुख कुरा रहेन। किन भने भरतपुरमा आजबाट जनताको आत्म निर्णय अधिकारको दाह संस्कार भएको छ।
लोकतान्त्रिक निर्वाचनको मुल्य र मान्यताहरुको घाँटीमा डोरी लगाएर काङ्ग्रेसको रुखमा झुण्ड्याईएको छ। धिक्कार छ संवैधानिक अधिकार सम्पन्न निर्वाचन आयोगको निर्णयलाई। यही नजिरको बन्दी बनाएर अब मतपत्रहरु तबसम्म च्यातिई रहनेछन,जबसम्म उठेका सबै उमेद्वारहरुलाई बिजयी घोषणा गरिने छैन। ए प्रजातन्त्रका कसाईहरु हो,दिनहुदिन बिधी र बिधानको हत्या गरेका हातहरु कथित राजनीतिको टालोले कहिले सम्म पुछि रहन्छौ ?
राज दरबार भित्र बस्ने एउटा सिँहको शिरबाट श्रीपेच निकालेर अनगिन्ती ब्वाँसाहरुको टाउकोमा लगाउँन ल्याएको होईन यो लोकतन्त्र। दरबारियाका मुठ्ठीहरु काटेर तिम्रा छोरा,छोरी, भाई,भतिजाहरुको मुठ्ठी भर्न बगाएको होईन हामीले रगत। तिम्रा घरानियाहरुको अबिर जात्राको लागि पुछिएका हैनन हजारौ चेलीबेटीका सिँउदोहरु। तिमीहरुको निर्लज्जता हेरेर छाती पिटी पिटी रुनको लागि कोख रित्याएका होईनन आमाहरुले। थोरै त लोकलाज राख ए कसाईहरु हो,भोली कात्रो ओढाई दिने मान्छे पनि नभेटिएला।
keshav Raj Adhikari
No comments:
Post a Comment