Thursday, 8 June 2017

     बिदेशमा जाने लाहुरे बन्ने बुढी आमैलाई बर्षमा एक पटक नयाँ धोती र चोली फेरि दिने आफ्नी श्रीमतीलाई झपक्क गहनाले सजाएर दशैंमा संग संगै हात समाउँदै टिका थाप्न जाने रहर नेपाली समाजका अधिकांश युवाहरुमा थियो र अझैे पनि छ। यो हाम्रो बाध्यता र रहर दुबै हो। देशमा रोजगारीका कुनै अवसर नहुनु र बिहान बेलुकी छाक टार्न सधैं भरि धौ धौ हुने कारणले पनि उनीहरुमा लाहुरे हुने रहर जाग्नु स्वाभाविकै थियो। जब लाहुरे बनेर छोरो या श्रीमान आउँने आशामा थाल भरि अक्षता मुछेर आँगनीको डिलमा बसेर हेरेका घर परिवारले उसकॊ मृत्युको खबर सुन्छन। तब उनीहरुको दशैं आँशुको भेलसँगै बगेर कता हराउँछ कता।

नमुछे आमा दहीमा टीका नछरे जमरा !
दैबले पर्दा उठायो आमा आउँदिन फर्केर !!

झोलुङ्गाबाट उठेर छोरी खोई बाबा भन्नेछिन !
ब्युझेर प्रिया मुर्छिँदै फेरी दाँत पो बान्नेछिन !!

नफोरे प्रिया नारीका चुरा झर्याम्म पारेर !
जाँदैन दुःख आँशुका धारा बर्बरी झरेर !!
      keshav Raj Adhikari

No comments:

Post a Comment