Thursday, 8 June 2017

फोन आएन फोन आएन !
मेरी मायालुको मलाई फोन आएन !!
मेरो जिन्दगीको मलाई फोन आएन !!!

घर छोड्दा फोन गर्ने बाचा बन्धन थियो !
खबर केहि नपाउँदामा यो मन रुने भयो !!
साथी भाईको फोन आउँछ मेरो आएन !
मेरी मायालुको मलाई फोन आएन !!

जरूरी थियो मनको कुरा मनमै रह्यो !
प्रिय तिमीलाई सम्झदा खेरी !!
आँशु नै सुक्यो मेरो आँशु नै सुक्यो !
दिन रात मोबाईल हेर्न मैले छोडिन !!
फोन आएन फोन आएन !
मेरी मायालुको मलाई फोन आएन !!

हिजो राति सपनीमा मायालुलाई देखें !
सपनीकै आधारमा एउटा मेसेज लेखें !!
सन्चो बिसन्चो कस्तो छ है थाहै भएन !
फोन आएन फोन आएन !!
मेरी मायालुको मलाई फोन आएन !
मेरो जिन्दगीको मलाई फोन आएन !!

..........अन्तमा म अाफै टुप्लुक्कै घर पुग्दाको त्यो खुशीको क्षण मेरी मायालु यति खुशी भईन कि खुशीको कुनै सिमा नै रहेन।

No comments:

Post a Comment