Saturday, 5 August 2017

म बाँच्ने सबैले आश मारेपछि.....

म बाँच्ने सबैले आश मारे पछि नरुनु है !
सेतो कफन बेरी मठमा सारे पछि नरुनु है !!
म भन्दिन तिमी खुशीयालीको भोज गर !
मेरो लास मसानघाट झारे पछि नरुनु है !!

जलाई चिता मेरो अस्तु बगाएर फर्किदा !
आउँने बाटो काँडे तारले बारे पछि नरुनु है !!
मैले होईन दैबले नै धोका दियो म के गरु !
म गएर तिमी एक्लो परे पछि नरुनु है !!

सँगै जिउँने मर्ने कसम बेकार भयो सानु !
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है !!
परीभाषा थाहा हुन्छ लाउँनेहरुलाई मात्र !
माया त्यो गीत हुन्छ गाउँनेहरुलाई मात्र !!

पाउँनेले त चिठी-पत्र च्याती फ्याँकी देला !
शब्द शब्द सबै प्यारो पठाउँनेहरुलाई मात्र !!
जानेहरु जालान फुलै फुलको बाटो भएर !
काँडा जती भागमा धाउँनेहरुलाई मात्र !!

नजिकको तिर्थ आखिर हेला हुन्छ साथी !
मिल्दैन रे माया यहाँ आउँनेहरुलाई मात्र !!
सुन्दा कती मिठो लाग्छ सारङ्गिको धुन !
गाह्रो हजुर कति बजाउँनेहरुलाई मात्र !!

परीभाषा थाहा हुन्छ लाउँनेहरुलाई मात्र !
माया त्यो गीत हुन्छ गाउँनेहरुलाई मात्र !!
तिमीलाई नसम्झेको पल खाली छैन !
साँच्चै माया गर्छु यो मन जाली छैन !!

झर्दैन भिरबाट लात नलगाए सम्म पत्थर !
यो मुटु छामी हेर सुकेको डाली छैन !!
अडिक छु तिम्रो मायाको समर्पणमा !
झुटो बाचा कसमको टिका थाली छैन !!

घामलाई छेक्दैन पल भरको बादलले !
नियाली हेर फोहोर बग्ने नाली छैन !!
तिमीसँगै जीत मेरो तिमीसँगै छ खुशी !
बिश्वास गर बिछोडमा बज्ने ताली छैन !!

म मरेको दिन तिमी हाँस्छ्यौ कि रुन्छ्यौ प्रिय !
खुशी पो हुन्छ्यौ कि त्यसै मुर्छा हुन्छ्यौ प्रिय !!
सँगै हुँदा रिस गर्छ्यौ भित्र माया छ कि कतै !
खस्न खोज्ने आँशुलाई खसाल्छ्यौ कि थुन्छ्यौ प्रिय !!

सोच्दा सोच्दा मन घुम्छ के के सोच्छु मन भित्र !
देखेपछि मेरो लाशलाई तर्कन्छ्यौ कि छुन्छ्यौ प्रिय !!
रुन्छन होला परिवारका बियोगमा डाँको छोडी !
गाह्रो होला हाँस्नलाई कि पिर व्यथा फुन्छ्यौ प्रिय !!

कुरा होलान गुन बैगुनका अनि मेरो बारेमा !
चुन्न परे गुन र बैगुन तिमी कुन चुन्छ्यौ प्रिय !!
मर्ने जान्छन मरिकन बाँच्नेलाई दूख हुन्छ !
मनको माया समाल्छ्यौ कि अर्को घर बुन्छ्यौ प्रिय !!

मैलो हुन्छ अरे मन मरेकालाई देखे पछि !
के के गर्छ्यौ शुद्ध हुन कि जिउ धुन्छ्यौ प्रिय !!
सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त !
मान्छे पिच्छे फरक अर्ति कसका कुरा सुन्छ्यौ प्रिय !!

घाउ नै घाउ छ मुटु भरी कती चोट परेको हो !
सोध्नु छ यो अाँशुलाई कुन पिडाले झरेको हो !!
सकिएको छैन जिबन रुन अझै बाँकी नै छ !
नयनको मोती दाना किन बसाई सरेको हो !!

नरोउ नरोउ भन्छ मनले भक्कानिदै आफु पनि !
पिडा झर्छ पानी बनी कसले यस्तो गरेको हो !!
क्षितिज पारी भएकाले जलाई दिन्छ मुटु यहाँ !
चर्किन्छ घाउ मेरो मात्र कस्तो जहर भरेको हो !!

चोट दिने खोली तरे पिडा मात्र बाँकी रह्यो !
भएन पुजेर भगवान तक्दिर कती हारेको हो !!
म बाँच्ने सबैले अाश मारेपछि नरुनु है !
सेतो कफन बेरी मठमा सारेपछि नरुनु है !!

नोट :- यदि कसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ। मित्रहरू यो गजल पढेर नरुनु होला।
             Keshav Raj Adhikari

No comments:

Post a Comment