Saturday, 5 August 2017

तिज गित.....
मलाई सम्झी रुँदी हौ सानु !
बर्ष दिनको तिजको बेलामा !!
सबै जान्छन माईती घरमा !
तिमी रुँदै जाँदी हौ मेलामा !!

के गरेर बाँच्ने हो सानु !
गाह्रो भयो यो जिबन धान्नलाई !!
साहुले तलब दिएछ भने !
पठाउँनेछु चाडबाड मान्नलाई !!

मलाई सम्झी नरोउ है सानु !
डिलमा बसी जुनेली रातमा !!
आउँन नपाई मरेछु भने !
छोराछोरी छन तिम्रो साथमा !!
   keshav Raj Adhikari

No comments:

Post a Comment