भुल्दिन तिमीलाई सयौ चोटि मरेपनि !
संगै जिउँने बाचा गरी अन्तै बसाई सरेपनि !!
तिमीले नै भन्ने गर्थ्यौ तिमी बिना बाँच्दिन म !
यो जुनीमा तिमी बाहेक अन्त नाता गाँस्दिन म !!
मलाई दुख्दा रुने मान्छे अाज मलाई रुने पार्यौ !
दुख पर्दा साथ दिने पुर्णिामाको जुन झार्यौ !!
पराई हुनु थियो भने किन बचन दियौ मलाई !
तिमी छँदा यो जिबनमा बाँच्ने अाधार थियो मलाई !!
संगै जिउँने बाचा थियो संगै मर्ने कसम थियो !
जिन्दगीको गन्तब्यमा नपुग्दैमा निभ्यो दियो !!
भुल्दिन तिमीलाई सयौ चोटि मरे पनि !
चोखो माया गर्छु भनी बिश्वाश घात गरे पनि !!
Keshav Raj Adhikari
No comments:
Post a Comment