Saturday, 5 August 2017

आज भोलि हरेक-----

आज भोलि हरेक साँझ मातिन थालेको छ !
जिन्दगी देखि जिन्दगी आत्तिन थालेको छ !!

रहरै रहरैमा पिएँ विवश भएर पिएँ,सुखमा पिएँ !
दुःखमा पिएँ,पिउँदिन पिउँदिन भन्दै पिएँ !!

आज भोलि जिन्दगी पोखिन थालेको छ !
जिन्दगी देखि जिन्दगी आत्तिन थालेको छ !!

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ !
नाचेर पिएँ,हाँसेर पिएँ,एकान्तमा कहिले काँहि रुँदै पिएँ !!

आज भोलि हरेक रात रक्सिन थालेको छ !
जिन्दगी देखे जिन्दगी आत्तिन थालेको छ !!
           Keshav Raj Adhikari

No comments:

Post a Comment