Sunday, 6 August 2017

श्रद्धाको फूल चढाई दिनु आएर लाशमा !
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!

सम्झन्छु म त छोएको तिमीले कमलो हातले !
लुकाई राख आत्मा यो मेरो नहान पातले !!
दिनेछ सबै गवाही हाम्रो जुनेली रातले !
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!

मरेर के भो देह यो मेरो आत्मा त मर्दैन !
पिरती चोखो लाएको भए बन्धन पर्दैन !!
प्रकृति फूल सुकेर झर्छ दिलको झर्दैन !
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!
           keshav Raj Adhikari

No comments:

Post a Comment