तिज आयो भन्छन सबै माईत जान्छन !
म भने बिदेशमा कसका माईत जाउँ !!
दुई बर्षमा एक पटक छुट्टि जान पाईन्छ !
त्यसमा पनि परिवारलाई के के चाहिन्छ !!
मरुभुमीको गर्मीमा घामले पोल्यो सिर मेरो !
को छ र अामा बुझि दिने साँच्चै पिर मेरो !!
खाडि देशमा बसेर परिवारको पेट पाल्नलाई !
रुँदै रुँदै दिन काटेका छौ सबै नेपाली दाजुभाई !!
दिदि लिन जानु थियो छुट्टी पाईन मैले त !
अर्को सालमा आउँला दिदी आईन अहिले त !!
बहिनी पनि रुँदै होलिन दाजु आएनन भनेर !
दुई साल अझै पर्ख बहिनी बाटो हेरेर !!
म बिदेशी भए पछि दिदी बहिनी नभेट्दा !
तिम्रो मन त रुन्छ होला हामीलाई नदेख्दा !!
टाढा बरु मै छु दिदी आउँनु घरमा भेटन !
बाँचे अर्को सालमा आउँला तिमीलाइ देख्न !!
keshav Raj Adhikari
No comments:
Post a Comment