Sunday, 6 August 2017

मैले पुण्य मन पराएँ या पाप मन पराएँ !
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ !!

जब फुल र काँडा दुइटा सँगै रमाउँन सक्छ !
जब दागको रंगमा पनि टिका समाउँन सक्छ !!
नसोध मैले बरदान या श्राप मन पराएँ !
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ !!

तिमीसँग लिनु पनि छ तिमीलाई दिनु पनि छ !
हाम्रो हिसाब किताबमा सच्याउँनु पनि छ !!
यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मनपराएँ !
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ !!
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ !!!
         keshav Raj Adhikari

No comments:

Post a Comment