कस्तो हुन्छ चोखो माया गर्नेलाई नै थाहा हुन्छ !
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ !!
बाध्यता र बिबसताका कथा व्यथा जति सबै !
अभाबमा सधैँ आँशु झर्नेलाई नै थाहा हुन्छ !!
सतहलाई नियालेर देखिंदैनन भित्री कुरा !
जङ्घारको गहिराई तर्नेलाई नै थाहा हुन्छ !!
गाह्रो छ कि सजिलो छ बिछोडमा जिउँनु पर्दा !
प्रत्येक पल तड्पिएर मर्नेलाई नै थाहा हुन्छ !!
कसले लुट्यो सुख शान्ति रमाईलो र हाँसो अनि !
जिन्दगीका सारा खुसी हर्नेलाई नै थाहा हुन्छ !!
keshav Raj Adhikari
No comments:
Post a Comment