Thursday, 18 May 2017

गजल.....

चुनाब सकिएपछि गाँउतिर फर्कदैनन चोर नेता !
कागले झै आफ्नै गुणगान गाँउछन चोर नेता !!
लाखौं सप्ना देखाएर चुनाब जिति सकेपछि !
गाँउमा हैन देश बिदेश धाउँछन चोर नेता !!

देशका लागी  केहि गर्ने सोच भएका छैनन यहाँ !
एक अर्कालाई आरोप मात्रै लाउँछन चोर नेता !!
दिन रात मेहनत गर्दा पनि छाक टर्दैन गरिबको !
बसी बसी अरबपति साहु भाछन चोर नेता !!

देशको ईज्जत कहाँ थियो कहाँ पुगी सक्यो !
बुझेर पनि नबुझे झै बुझ पचाउँछन चोर नेता !!
चुनाब सकिएपछि गाँउतिर फर्कदैनन चोर नेता !
कागले झै आफ्नै गुणगान गाँउछन चोर नेता !!
             Keshav Raj Adhikari

No comments:

Post a Comment