हो मलाई थाहा छ !
म यो मरूभुमी भन्ने ठाउँमा !!
पल पल आफ्नो जवानी पगालेर !
हर पल सुन फलाउँछु !!
अनि रित्तै हात मुस्कुराउँछु !
तर म चाडै आउँनेछु !!
मेरो देश म आउँने छु !
मेरो एक मुठ्ठी जवानी लिएर !!
अनि त्यसलाई तिम्रो छातीको उर्वर माटोमा !
मज्जाले गोडमेल गरेर रोप्ने छु !!
जब त्यो फुलेर मगमग बासना छर्छ !
त्यसको सुगन्धले.....!!
तिमी एक मिठो निन्द्रा निदाउँने छौ !
मेरो देश मलाई प्रदेशी नभन !!
Keshav Raj Adhikari
No comments:
Post a Comment