यता ब्यालेन्स छैन काली मिसकल गर्छु ल !
आज तिमी कल ब्याक गर पछि तिर्छु ल !!
मेरो त घरबेटी नै कचकचे वाक्क दिक्क भाछु !
तिम्रो डेरा खाली छ रे म पनि त्यतै सर्छु ल !!
एक्लै तिमी एक्लै म किन साक्षी चाहियो !
अनुमती पाएदेखी तिम्रो सिउँदो भर्छु ल !!
अस्ति बोल्यौ हिजो बोल्यौ आज किन गुमनाम !
भोलि फुर्सद मिलाउ काली माया गर्छु ल !!
Keshav Raj Adhikari
No comments:
Post a Comment