गजल
एक दुइ गिलास गर्दै लत भो शराब को
तिमी ले भुले पछी आदत भो शराब को
न ओखती ले छोयो न भो कुनै उपाय
मुटु भित्र सधै लाई खत भो शराब को
न साँचियो केहि न जोडे केहि जिन्दगीमा !
नशा नशामा केवल बचत भो शराबको !!
बाटो मोडपछि तिमीले एक्लो भए म प्रिय !
अनी जानी नजानी स्वागत भो शराबको !!
keshav Raj Adhikari
No comments:
Post a Comment