Wednesday, 17 May 2017

गजल

जति गरे पनि जिबनमै सुखद पल अाएन !
अाजसम्म  मेरो हृदयमा ढाँट छल अाएन !!

भन्नुस नेताजी नेपाल स्वतन्त्र मुलुक नै हो !
अनि म भोट दिन्छु भनेको कुनै दल अाएन !!

मानव अधिकार भाषणमा मात्र सुनिन्छ नि !
दिउँसै गोली चल्दा खै त सुरक्षा बल अाएन !!

मरेपछि माया देखाउँने यहाँ पुरानै चलन छ !
बाँचुञ्जेल कुनै दिन एक थोपा जल अाएन !!

हार जीत हुन्छ भनेरै त चुनाव गरेको होला !
जसले जीते पनि अहिलेसम्म मीठो फल अाएन !!
            keshav Raj Adhikari

No comments:

Post a Comment