Wednesday, 17 May 2017

कविता

पूर्वमा हेर उदायो लाली उज्यालो हुँदैछ !
छर्केर ज्योति उदायो घाम अब केहि हुनेछ !!

लौ गणतान्त्रिक संबिधान अब कार्यान्वित हुँदैछ !
नेपालीपन नेपालीमन खुशीले खुल्दैछ !!

सामन्त भ्रष्ट लुटाहा ठग दलाल मासिन्छ !
चाकरीतन्त्र साम्राज्यवादी फटाहा नासिन्छ !!

जागेर सबै उठेर हिंड पौरखी बन्नु छ !
देशको रुप सुनौलो पार्न सबैले जुट्नु छ !!

गरिबी दुख फालेर सबै सम्पन्न बन्नुछ !
उद्योग धन्दा खोलेर आफै सक्षम बन्नुछ !!

चाहिने चीज आफैले सबै निर्माण गर्नुछ !
अर्काको भर नपरी सब सबल बन्नुछ !!

नेपाली झन्डा उचाली अब अगाडि बढ्नुछ !
बिश्वका सामु नेपाली शान ईज्जत राख्नुछ !!
             keshav Raj Adhikari

No comments:

Post a Comment