हो त्यही रातो बाकस.....
बुनेका सपनाहरुलाई टुक्रा टुक्रा पारेर !
सासको आसाहरु भताभुङ्ग पारेर !!
निमुखा माथि हमला गर्न हतासमा !
एकहोरो झुकाब राख्दछ !!
हो त्यही रातो बाकस.....
दुबो झै फैलिएको मायालाई !
निमोठी गुण्टो पारेर !!
कलिला मुनाहरुको वास्ता नगरी !
आफैमा समाहित गर्न खोज्दछ !!
हो त्यही रातो बाकस.....
अाँखाको अाँशुको मोल नगरी !
शान्त मनका बिव्हल बनाई !!
आफैमा रमाउँछ निष्ठुरी !
बेपर्वाह गरेर हो त्यही रातो बाकस !!
Keshav Raj Adhikari
No comments:
Post a Comment