जो जस संग सम्बन्धित छ.....
खोई कहाँ छ देशको उन्नति !
जहिले पनि देश मरे सरि !!
आफ्नै भुँडी भर्न मात्र कुर्सीमा !
नेताहरुले राज गरे सरि !!
बन्द गर्छन दिन दिनै मेरो देश !
साँईलीको भट्टी जान होकी !!
हेर्दैनन् कसैको दुख चिल्ला साँढेहरु !
भाग्छन खोला तरे सरि !!
न शिक्षा न रोजगार न जनतालाई !
कुनै सुबिधा केहि छैन !!
नेता नै हाँसे नेता नै बाँचे !
मोज गरे साँढेको फल झरे सरि !!
हिंसा बलात्कार डर त्रास बन्द !
तोडफोड जुलुश नेताहरुकै देन हो !!
केवल मेरो देश लुटी रहे नेता चोरहरुले !
लुटको धन भाग्यमा परे सरि !!
Keshav Raj Adhikari
No comments:
Post a Comment