हिडदै होलीन लौरी टेकी चौतारीमा बस्दै !
नारी सबै माता हुन मेरी आमा जस्तै !!
कुप्रिएको ढाड अब हुन्न होला सिधा !
नरुनु है मेरी आमा मैले सन्देश दिदा !!
मुख दर्शन पाईन आज म छु धेरै टाढा !
हाँसी दिनु मेरी आमा मुहार सधैं गाढा !!
सम्झ्यौलीनी आज मलाई मझेरीमा बस्दै !
नारी सबै माता हुन मेरी आमा जस्तै !!
म चाहि पुगेँ प्रदेशमा तिमी बस घरै !
कस्ता भए हात पाउ बुढी आमा मेरै !!
औसीको दिन सुरजलाई बादल आई छेक्यो !
हजार भन्ज्याङ पारी आमा मुहार कसले देख्यो !!
मेरो सन्देश पाउँछ्यौ आमा चौतारीमा बस्दा !
सम्झ मलाई हावा हुरी पिपल पात खस्दा !!
यो छोराको बाचा ठान जित लान्छु माथी !
उच्च शीर झुक्दैन यो न त डग्छ छाती !!
खेर जान दिन्न कहिल्यै तिम्रो दुधको धारा !
चम्काउँनेछु नाम तिम्रै गगनका झै तारा !!
हेर्दै होलीन मेरै बाटो आँगनीमा बस्दै !
तिम्रै कोखमा जन्म लिएँ गौतम बुद्ध जस्तै !!
keshav Raj Adhikari
Saturday, 27 May 2017
Friday, 26 May 2017
जिबनमा सबै भन्दा राम्रो साथ आफ्नो साथीले निभाएको हुन्छ। दु:ख पर्दा नरोउ भन्दै आँशु पुछी दिन्छ। खुशी हुँदा संग संगै हाँसि दिन्छ,न त कुनै स्वार्थ हुन्छ,न कुनै घाटा नाफाको हिसाब राख्छ। बस निरन्तर साथ दिईरहन्छ। मर्दाको मलामी बिहेको जन्ती जहाँ पनि साथ दिने साथी नै हुन्छ। मान्छे संग धन सम्पती न होस,तर दुख सुखमा साथ दिने साथी होस। कमसेकम मर्दा एक टुक्रा कात्रो लिएर घाट सम्म काँध लगाएर त लान्छ।
Keshav Raj Adhikari
Keshav Raj Adhikari
Thursday, 25 May 2017
Wednesday, 24 May 2017
रोजगारीको सुवर्ण अवसर.....
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
आवश्यकता.....अावश्यकता.....अावश्यकता.....
केटा,केटीहरुको लागि.....!!!
गहुँ काटन र दाँई हाल्नको लागी
योग्यता :- 10/12/B.Com/B.Sc/BA/MA/ph.d
फेल पास सबै चल्छ,नयाँ सिकारु पनि अाउँन पाईन्छ।
साथमा लिएर अाउँनुस :- खेतमा काम गर्दै गरेको दुई प्रति फोटो र नागरिकताको फोटो कपी।
तलब :- काम अनुसार
सुबिधा :- चाय,पानी,बिंडी,सिगरेट अौर एक टाईम खाना।
नोट :- हँसिया साथमा लिएर आउँनु होला।
स्थान :- कुर्दिस्तान
सिट सिमित छ।
तुरुन्त सम्पर्क गर्नु होला।

Tuesday, 23 May 2017
Monday, 22 May 2017
जो जस संग सम्बन्धित छ.....
खोई कहाँ छ देशको उन्नति !
जहिले पनि देश मरे सरि !!
आफ्नै भुँडी भर्न मात्र कुर्सीमा !
नेताहरुले राज गरे सरि !!
बन्द गर्छन दिन दिनै मेरो देश !
साँईलीको भट्टी जान होकी !!
हेर्दैनन् कसैको दुख चिल्ला साँढेहरु !
भाग्छन खोला तरे सरि !!
न शिक्षा न रोजगार न जनतालाई !
कुनै सुबिधा केहि छैन !!
नेता नै हाँसे नेता नै बाँचे !
मोज गरे साँढेको फल झरे सरि !!
हिंसा बलात्कार डर त्रास बन्द !
तोडफोड जुलुश नेताहरुकै देन हो !!
केवल मेरो देश लुटी रहे नेता चोरहरुले !
लुटको धन भाग्यमा परे सरि !!
Keshav Raj Adhikari
खोई कहाँ छ देशको उन्नति !
जहिले पनि देश मरे सरि !!
आफ्नै भुँडी भर्न मात्र कुर्सीमा !
नेताहरुले राज गरे सरि !!
बन्द गर्छन दिन दिनै मेरो देश !
साँईलीको भट्टी जान होकी !!
हेर्दैनन् कसैको दुख चिल्ला साँढेहरु !
भाग्छन खोला तरे सरि !!
न शिक्षा न रोजगार न जनतालाई !
कुनै सुबिधा केहि छैन !!
नेता नै हाँसे नेता नै बाँचे !
मोज गरे साँढेको फल झरे सरि !!
हिंसा बलात्कार डर त्रास बन्द !
तोडफोड जुलुश नेताहरुकै देन हो !!
केवल मेरो देश लुटी रहे नेता चोरहरुले !
लुटको धन भाग्यमा परे सरि !!
Keshav Raj Adhikari
#felling_confuse
मैले एक बिधार्थीलाई भाेट केमा हाल्याै भनेर सोधें। उसले माअोबादीलाई भोट दिएँ भनेर भन्यो। मैले फेरि त्यो बिद्यार्थीलाई किन माअोबादीलाई भोट हाल्यौ भनेर सोधें। उसले भन्याे कि माअोबादीलाई भोट दिएर जिताएपछि देशमा अान्दोलन भई रहन्छ। तोडफोड हुन्छ,मान्छे मार्छन,देशको जनसंख्या घट्छ। देशको जनसंख्या घटेपछि देशमा अलि खुकुलो हुन्छ भन्छ गाँठे.....!!! 😂😂😂😂😂
#माअोबादी_परेछ_डाम्ना

Sunday, 21 May 2017
Saturday, 20 May 2017
मानब शरिरका अंगहरुको मन्त्रीमण्डल गठन प्रक्रिया।
मस्तिष्क :- प्रधानमन्त्री
फोक्सो :- गृहमन्त्री
मुटु :- अर्थ तथा सिंचाई मन्त्री
खुट्टा :- यातायात मन्त्री
हात :- श्रम,सामाजिक,कल्याण र निर्माण मन्त्री
अाँखा :- न्याय तथा कानुन मन्त्री
टाउको :- परराष्ट्र तथा योजना मन्त्री
मुख :- शिक्षा तथा संस्कृति मन्त्री
दाँत :- उद्योग मन्त्री
नाक :- स्वास्थ्य तथा वातावरण मन्त्री
पेट :- खाद्य तथा अापुर्ति मन्त्री
छाला :- रक्षा मन्त्री
प्रजनन अंग :- जनसंख्या र स्थानीय मन्त्री
मलद्वार :- ढल तथा निकाश मन्त्री

Friday, 19 May 2017
हो त्यही रातो बाकस.....
बुनेका सपनाहरुलाई टुक्रा टुक्रा पारेर !
सासको आसाहरु भताभुङ्ग पारेर !!
निमुखा माथि हमला गर्न हतासमा !
एकहोरो झुकाब राख्दछ !!
हो त्यही रातो बाकस.....
दुबो झै फैलिएको मायालाई !
निमोठी गुण्टो पारेर !!
कलिला मुनाहरुको वास्ता नगरी !
आफैमा समाहित गर्न खोज्दछ !!
हो त्यही रातो बाकस.....
अाँखाको अाँशुको मोल नगरी !
शान्त मनका बिव्हल बनाई !!
आफैमा रमाउँछ निष्ठुरी !
बेपर्वाह गरेर हो त्यही रातो बाकस !!
Keshav Raj Adhikari
बुनेका सपनाहरुलाई टुक्रा टुक्रा पारेर !
सासको आसाहरु भताभुङ्ग पारेर !!
निमुखा माथि हमला गर्न हतासमा !
एकहोरो झुकाब राख्दछ !!
हो त्यही रातो बाकस.....
दुबो झै फैलिएको मायालाई !
निमोठी गुण्टो पारेर !!
कलिला मुनाहरुको वास्ता नगरी !
आफैमा समाहित गर्न खोज्दछ !!
हो त्यही रातो बाकस.....
अाँखाको अाँशुको मोल नगरी !
शान्त मनका बिव्हल बनाई !!
आफैमा रमाउँछ निष्ठुरी !
बेपर्वाह गरेर हो त्यही रातो बाकस !!
Keshav Raj Adhikari
हो मलाई थाहा छ !
म यो मरूभुमी भन्ने ठाउँमा !!
पल पल आफ्नो जवानी पगालेर !
हर पल सुन फलाउँछु !!
अनि रित्तै हात मुस्कुराउँछु !
तर म चाडै आउँनेछु !!
मेरो देश म आउँने छु !
मेरो एक मुठ्ठी जवानी लिएर !!
अनि त्यसलाई तिम्रो छातीको उर्वर माटोमा !
मज्जाले गोडमेल गरेर रोप्ने छु !!
जब त्यो फुलेर मगमग बासना छर्छ !
त्यसको सुगन्धले.....!!
तिमी एक मिठो निन्द्रा निदाउँने छौ !
मेरो देश मलाई प्रदेशी नभन !!

Thursday, 18 May 2017
गजल.....
चुनाब सकिएपछि गाँउतिर फर्कदैनन चोर नेता !
कागले झै आफ्नै गुणगान गाँउछन चोर नेता !!
लाखौं सप्ना देखाएर चुनाब जिति सकेपछि !
गाँउमा हैन देश बिदेश धाउँछन चोर नेता !!
देशका लागी केहि गर्ने सोच भएका छैनन यहाँ !
एक अर्कालाई आरोप मात्रै लाउँछन चोर नेता !!
दिन रात मेहनत गर्दा पनि छाक टर्दैन गरिबको !
बसी बसी अरबपति साहु भाछन चोर नेता !!
देशको ईज्जत कहाँ थियो कहाँ पुगी सक्यो !
बुझेर पनि नबुझे झै बुझ पचाउँछन चोर नेता !!

ताराबाजी लै लै !
काङग्रेस आए घोडा !!
एमाले आईन डोली !
सरकार आज हो कि भोली !!
देउवा प्रचण्ड ओली !
संविधान भन्यो गोली !!
पि आर भिटी सुटुक्क !
नुन तेल बिजुली कुटुक्क !!
बजेट सबै भुसुक्क !
जनता बिचरा लुटुक्क !!
मधेशी गर्छन क्याउ क्याउ !
तराई बेची छिट्टै खाउ !!
माओबादी गर्छन म्याउ म्याउ !
बैद्य बा भन्छन उछिटयाउ !! 😂😂😂✌✌
keshav Raj Adhikari
काङग्रेस आए घोडा !!
एमाले आईन डोली !
सरकार आज हो कि भोली !!
देउवा प्रचण्ड ओली !
संविधान भन्यो गोली !!
पि आर भिटी सुटुक्क !
नुन तेल बिजुली कुटुक्क !!
बजेट सबै भुसुक्क !
जनता बिचरा लुटुक्क !!
मधेशी गर्छन क्याउ क्याउ !
तराई बेची छिट्टै खाउ !!
माओबादी गर्छन म्याउ म्याउ !
बैद्य बा भन्छन उछिटयाउ !! 😂😂😂✌✌
keshav Raj Adhikari
Wednesday, 17 May 2017
भोट हाल्ने जनता भेडा !
भोट गन्ने नेता कछुवा पर्खिने बकुल्ला !!
देश युरोप अमेरिका हैन,चिडीया खाना बनाए !!!
दिन भरी चर्को घाममा लाईनमा उभिएर पसिनाको भल बगाउँदै भोट त दिईयो। तर रिजल्ट आउँने बेला सम्म आँखा र कान हेर्न र सुन्नै नसक्ने गरि बुढेसकाल लाग्ने हो कि भन्ने पिर छ गाँठे.....!!! 😂😂😂😂😂

गित.....
अाज राती तिम्रो याद अाएछ !
सुत्छु भन्दा बिहानी भएछ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मलाई केवल सानु तिम्रो साथ छैन !
नसम्झेको दिन छैन रात छैन !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मिठै खाछु नराम्रो लाछैन !
तर पनि मन खुशी भाछैन !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
खुशी किन्न सकिन धनले नी !
तिम्रो साथमा बस्न पाईननी !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
अाज सम्म यो मनले चाहेको !
तिमी बाहेक छु सबै पाएको !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
रात कटाउँछु दिन बिताउँन गाह्रो छ !
तिम्रै यादले याकुल र ब्याकुल छ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
अाँखा भरी अाँशुको भल बग्छ !
तिम्रै यादले साह्रै नै सताउँछ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
किन तिमी निष्ठुरी बन्यौ !
मेसेज गर्दा रिप्लाई नी दिन्नौ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मेरो यादले सताउँछ भने !
फोन गर है अनलाईनमा छौ भने !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
छिट्टै फर्कि अाउ चाँडो पोखरा !
तिमी बाहेक मेरो नी को छ र !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
केशब राज अधिकारी
हाल :- कुर्दिस्तान
कास्की,पोखरा
अाज राती तिम्रो याद अाएछ !
सुत्छु भन्दा बिहानी भएछ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मलाई केवल सानु तिम्रो साथ छैन !
नसम्झेको दिन छैन रात छैन !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मिठै खाछु नराम्रो लाछैन !
तर पनि मन खुशी भाछैन !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
खुशी किन्न सकिन धनले नी !
तिम्रो साथमा बस्न पाईननी !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
अाज सम्म यो मनले चाहेको !
तिमी बाहेक छु सबै पाएको !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
रात कटाउँछु दिन बिताउँन गाह्रो छ !
तिम्रै यादले याकुल र ब्याकुल छ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
अाँखा भरी अाँशुको भल बग्छ !
तिम्रै यादले साह्रै नै सताउँछ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
किन तिमी निष्ठुरी बन्यौ !
मेसेज गर्दा रिप्लाई नी दिन्नौ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मेरो यादले सताउँछ भने !
फोन गर है अनलाईनमा छौ भने !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
छिट्टै फर्कि अाउ चाँडो पोखरा !
तिमी बाहेक मेरो नी को छ र !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
केशब राज अधिकारी
हाल :- कुर्दिस्तान
कास्की,पोखरा
गजल
जति गरे पनि जिबनमै सुखद पल अाएन !
अाजसम्म मेरो हृदयमा ढाँट छल अाएन !!
भन्नुस नेताजी नेपाल स्वतन्त्र मुलुक नै हो !
अनि म भोट दिन्छु भनेको कुनै दल अाएन !!
मानव अधिकार भाषणमा मात्र सुनिन्छ नि !
दिउँसै गोली चल्दा खै त सुरक्षा बल अाएन !!
मरेपछि माया देखाउँने यहाँ पुरानै चलन छ !
बाँचुञ्जेल कुनै दिन एक थोपा जल अाएन !!
हार जीत हुन्छ भनेरै त चुनाव गरेको होला !
जसले जीते पनि अहिलेसम्म मीठो फल अाएन !!

कविता
पूर्वमा हेर उदायो लाली उज्यालो हुँदैछ !
छर्केर ज्योति उदायो घाम अब केहि हुनेछ !!
लौ गणतान्त्रिक संबिधान अब कार्यान्वित हुँदैछ !
नेपालीपन नेपालीमन खुशीले खुल्दैछ !!
सामन्त भ्रष्ट लुटाहा ठग दलाल मासिन्छ !
चाकरीतन्त्र साम्राज्यवादी फटाहा नासिन्छ !!
जागेर सबै उठेर हिंड पौरखी बन्नु छ !
देशको रुप सुनौलो पार्न सबैले जुट्नु छ !!
गरिबी दुख फालेर सबै सम्पन्न बन्नुछ !
उद्योग धन्दा खोलेर आफै सक्षम बन्नुछ !!
चाहिने चीज आफैले सबै निर्माण गर्नुछ !
अर्काको भर नपरी सब सबल बन्नुछ !!
नेपाली झन्डा उचाली अब अगाडि बढ्नुछ !
बिश्वका सामु नेपाली शान ईज्जत राख्नुछ !!

Tuesday, 16 May 2017
Monday, 15 May 2017
यता ब्यालेन्स छैन काली मिसकल गर्छु ल !
आज तिमी कल ब्याक गर पछि तिर्छु ल !!
मेरो त घरबेटी नै कचकचे वाक्क दिक्क भाछु !
तिम्रो डेरा खाली छ रे म पनि त्यतै सर्छु ल !!
एक्लै तिमी एक्लै म किन साक्षी चाहियो !
अनुमती पाएदेखी तिम्रो सिउँदो भर्छु ल !!
अस्ति बोल्यौ हिजो बोल्यौ आज किन गुमनाम !
भोलि फुर्सद मिलाउ काली माया गर्छु ल !!

💔💔💔💔गजल💔💔💔💔
लगन गाँठो कसेपछी तोड्न खोज्छ मान्छे !
अर्थहिन बनाएर छोड्न खोज्छ मान्छे !!
पाइला पाइला ख्याल गर्नु मेरा दिदी बहिनी !
गन्तब्यमा नपुग्दै मन मोड्न खोज्छ मान्छे !!
फुटाएर काच सरि सम्बन्धका यी धर्काहरु !
मिठा मिठा वचनले जोड्न खोज्छ मान्छे !!
जोगाएर राखेका ती प्रेम रुपि वृक्षलाई !
उखालेर काडा मात्र गोड्न खोज्छ मान्छे !!
💘💘💘keshav Raj Adhikari 💘💘💘

श्रीमतीलाई चिट्ठी
प्रिय श्रीमती !
तिमीले र मैले अग्निलाई साक्षी राखेर कसम खाएको आज एक १२ बर्ष पूरा भएको छ। अर्थात आजकै दिन हामी समाजको अगाडि श्रीमान श्रीमती भएका थियौं। यो यात्रासम्म आई पुग्दा तिम्रो पहिलेको र अहिलेको व्यवहारमा मैले आकाश पातालको अन्तर पाएको छु। बिबाह अघि तिमीले देखाएका सपना केवल सपनामै सीमित भए। त्यो सपनालाई बिपनामा परिणत गर्ने कोसिस कहिल्यै पनि गरिनौ। सुरुका दिनमा तिमीबाट पाएको साथले म आफूलाई संसारकै भाग्यशाली भएको महसुस गर्थें।
तर तिम्रो व्यवहारमा अचानक परिवर्तन आयो। तिमी मेरो अगाडि मौन बस्न थाल्यौ। मलाई तिम्रो शब्दले भन्दा मौनताले बढी घोच्न थाल्यो। तिम्रो मौनता छुरा भन्दा धारिलो थियो मेरो लागि। जसले थाहै नदिई भित्र भित्रै रेटि रहेको थियो। मैले छिया छिया परेको मुटु बोक्दै आजसम्म जिबन गुजारा चलाएँ। तिमीसँग टाढा टाढा घुम्न जाने कुरा त परै जाओस। तिमीसँग बोल्न पनि तड्पिन पर्थ्यो। मैले तिमीबाट मीठा दुई शब्द सुन्न सधैं लालायित भए मेरा कान।
मलाई थाहा छैन,मैले यो १२ बर्ष कसरी कटाएँ। हामी समाजको अगाडि श्रीमान श्रीमती थियौं। तर बन्द कोठा भित्र हामी कहिल्यै त्यो सम्बन्धमा भएको मैले महसुस गर्न पाईन। आफू जन्मेको ठाउँ आफ्नो परिवार सबै छाडेर मैले तिमीलाई आफ्नो मानें। तर तिमीले मलाई श्रीमानको दर्जामा कहिल्यै राख्न चाहिनौ। मैले आफ्नो घर परिवार छोडेर बिदेश पलायन भएँ। तिमीले आफ्नो सम्पूर्ण व्यवहार परिवर्तन गर्यौ।
म बिहान उठ्ना साथ काममा जान्थें ।
तिमी उठ्ना साथ घरको काममा व्यस्त हुन्थ्यौ। १२ बर्षको अन्तरालमा न तिमी खुलेर मसँग बोलेको थाहा पाएँ। न त कहिल्यै एक अर्कालाई समय नै दियौं। २१औं शताब्दीको पुरुष भएर पनि मैले धेरै कुरा सहेर बस्नु पर्यो। बिहे गरेर जब तिमीलाई मेरो घरमा ल्याएँ। तब मलाई महसुस भयो। पुरुषको जात जति सक्षम भए पनि बिना कुनै गल्ती सबैसँग झुक्नै पर्ने रहेछ। तिमी भन्दा हरेक कुरामा अगाडि हुँदा हुँदै पनि तिमीले मलाई सधैं पैतालाको धूलो ठान्यौ।
म बाहिरबाट घर आउँदा तिमीलाई हँसिलो मुद्रामा तिम्रो स्वागत गर्न तत्पर हुन्थें। तर मेरो खुसी क्षण भरमै आँशुमा परिणत हुन्थ्यो। मसँग गफ गर्ने कुरा त परै जाओस्। तिमीले त मेरो मुख पनि हेर्न चाहिनौ । मैले पनि तिम्रो अगाडि पर्ने साहस कहिल्यै गरिन। केही औपचारिक कुरा बाहेक हामी बीच कहिल्यै कुनै कुरा हुन पाएन। जब बिबाह भएर बेहुली घरभित्र पस्छिन। तब माया झ्यालबाट फुत्त बाहिर जान्छ भन्ने सुनेको थिएँ। अहिले आफैंले ती सबै कुरा अनुभव गर्दैछु।
मैले तिमीलाई र तिम्रो माईतीलाई खुशी राख्न हर प्रयत्न गरें। तर म कहिल्यै सफल भईन। हुन सक्छ मेरो मायामा केही कमजोरी थियो। तर तिमीले यी सबै कुरा बर्णन गर्ने चेष्टा कहिल्यै गरिनौ। तिम्रो लागि श्रीमान भनेको घरको कामदार भन्दा अरु केही भएन। तिमीमा सकारात्मक परिवर्तन आउँछ भन्ने कुरामा पूरा बिश्वास थियो मलाई। तर मेरो बिश्वासले पनि धोका दिएको छ मलाई यति खेर। हरेक रात मेरो आँशुले सिरानी भिज्थ्यो।
तर तिमीलाई यी सबै कुराको कहिल्यै केही मतलब भएन। तिम्रो लागि म बाहेक सबै कुरा मूल्यवान् थियो। मेरो लागि भने तिमी। मेरा हरेक रहर तिम्रो खुशीका लागि त्यागेको छु। मेरा सपनाहरू मेरो घर परिवार सम्हाल्नकै निम्ति कुल्चेर प्रदेश हिँडेको छु। मलाई आशा छ। तिमीले मेरो त्याग र बलिदानको कदर गर्नेछौ। हाम्रो बिबाह भएको बाह्रअौ बर्षमा यही उपहार चाहन्छु म तिमीबाट। तर तिमीले त मलाई हमेशा हमेशाको लागी जिन्दगी भर भुल्न नसक्ने गरि मेरो मुटुमा छुरा धसेर गयौ।
मलाई छोडेर त गयौ,तर मैले बिदेशमा खुन पसिना बगाई कमाएर भरतपुरमा दस धुर घँडेरी किनेको थिएँ। त्यो घँडेरी पनि लग्यौ र तीन लाख बराबरको सुनका गहना पनि लिएर गयौ। सलाम छ तिमीलाई। तिमीले मलाई फोनबाट मेरो श्रीमान मरी सक्यो। म त सिंदुर पुछिएकी एक बिधवा अाईमाई हो भनेर म संग भनेकी थियौ। अाज म ज्युँदो छँदा छँदै पनि मेरो पोई मरि सक्यो भने पछि मैले तिमीलाई कसरी कुन मुखले श्रीमती भनौ। तिमी ज्युँदै भए पनि मेरो तर्फबाट तिमी मरि सक्यौ।
त्यस कारण अाज तिमी ज्युँदै भए पनि म तिमीलाई मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। मेरो पेटमा लात हानेर म संग बिछोडिएकि उहीँ मेरी प्रेमिका मिना दाहाललाई अाज म अन्तिम दाह संस्कार गरेर हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
मेरो जिन्दगीको धोकेबाज सिर्फ यहि हो।
माया गर्छु भनेर फँसायौ !
मलाई रुवाई अर्कैलाई हँसायौ !!
मेरो खुशी लगेर अर्कैको भयौ !
चोखो माया गरेकै थिएँ.....!!
अरु तिमीलाई के कमी भाथ्यो र !
मलाई छोडी पराईसंग गयौ.....!!
हार्दिक श्रद्धाञ्जली मिना दाहाल

लघु कथा :- खाडीमा पैसा फल्ने रुख
केशब राज अधिकारी
यहाँ मलाई सबै भन्दा रिस उठ्ने समय भनेको बिहान हो। किनकि भर्खर सुते जस्तो मान्छु,तर मोबाईलको आलार्म बज्छ। अाज त उठ्दिन भनेर आलार्मलाई स्नोज गरेर सुत्छु। कम्पनीबाट सुपरभाईजरले फोन गर्छ। अझसम्म ड्युटी अाएको छैनस। तेरो बाउको कम्पनी हो ? रिसले अनुहार रातो बनाउँछु, लागेको निद्रा र अल्छीपना गायब हुन्छ। जुरुक्क उठेर मुख पनि नधोईकन अाँखा मिच्दै ड्युटी जान्छु। कम्पनी गएर सुपरभाईजरको घाँटी समातेर हुत्याउँदै सडकमा पछार्न मन लाग्छ,तर त्यसो गर्न सक्दिन। अनि काम गर्न शुरु हुन्छ खाडीको दैनिकी। तर उता नेपालमा बस्नेहरुको लागि मस्तको दैनिकी छ मेरो। बिदेशमा बसेको छ,खायो,पियो,मस्ती गर्यो भन्छन सबैले। तर यता आफ्नो हालत चाहि मनाङ्ग मुस्ताङ्म तिर नूनका भारी बोक्ने खच्चड र गधाको भन्दा पनि बेहाल छ। उठ्यो,ड्युटी गयो, आयो,पकायो खायो अनि सुत्यो। सुपरभाईजर र अरबी स्टाफका गाली अनि तुच्छ व्यवहारको त के बयान गरुँ ? सबै कुरा फोन गरेर घरमा भन्ने हो भने घरमा परिवार रुन्छन। स्वास्नी केटा,केटीले आजै आउँनुस,आजै फर्किनुस भन्छन।
तर घर गएर पनि मैले सुख त पाउँला,तर भबिष्य बन्दैन। हामी छोरा मान्छेलाई उता पनि रुने,यता पनि रुने अभागी खप्पर। तर काम गर्न मन नलागे पनि ड्युटी गर्नै पर्ने बाध्यता हुन्छ। छुट्टी लिएर बस्ने अाराम गर्ने घुम्ने रहर त कसलाई हुँदैन र। तर एक दिन काममा गएन भने त्यसको सजाय स्वरुप एक हप्ताको सेलरी काट्छ। एक दिन दुख गर्यो भने नेपालमा परिवारलाई दुई महिना दूध किनेर ख्वाउन सकिन्छ। एक एक हिसाब गर्छु,यहि हिसाब गर्ने बानीले अहिलेसम्म खाडीमा टिकाएको छ। दुई चार रुपियाँ कमाएको छु। अझ एउटा कुरा अचम्मको छ। म खाडी छिरेपछि प्रशस्त साथीहरु बनाएको छु। पहिला नेपालमा बस्दा खेरी गाउँ घरका ठिटाहरु नचिने झै गरी मुन्टो बटारेर हिँडनेहरु पनि आज भोलि फेसबुकमा साथी बनेका छन। नेपालमा छँदा खेरी नचिन्ने गाउँका ठिटाहरु फेसबुकमा च्याट गर्दै भन्छन। भाई भिषा निकाल्न सक्छस भने मलाई एउटा राम्रो भिषा पठाईदेन यार। उसले यस्तो म्यासेज पठाउँदा त आफू त ठुलै मान्छे भईएछ झै लाग्छ। नेपाल हुँदा मान्छे नगन्ने मुलाहरु पनि आज भोलि च्याटमा सन्चो बिसन्चो सोध्छन।
बात गर्दै जाँदा लास्टमा भन्छन। कहिले आउँदैछस नेपाल ? बरु आउँदा खेरी एउटा राम्रो मोबाईल ल्याईदेस। गाउँका साथी भाईहरु मोबाईलको आशामा बसेका छन। तिनीहरु सोच्छन,खाडीमा मोबाईल फल्ने स-साना रुख हुन्छन। मैले त टिप्दै पठाउँदै गर्ने हो। अझ अस्ति एउटा साथीले मेसेन्जरमा फोन गरेर थर्काउँदै भन्यो। जाबो एउटा मोबाईल पनि पठाउँन सक्दैनस ? कोहि नेपाल अाउँने मान्छेसंग एउटा राम्रो मोबाईल पठाईदेन यार। तर मोबाईल चाहि अलि दामी है। आहा ! क्या सजिलो छ है थर्काउँन। दिन भरी आँखा मिच्दै काम गरेको ड्युटीबाट कमाएको पैसाले अहिलेसम्म आमालाई एउटा साडी किन्न सकेको छैन,श्रीमतीलाई एउटा कपडा किन्ने सपना मात्र हुँदैछ। बल्ल बल्ल अाएको ऋण तिरेर सकिँदै छ। साथीहरु चाहि हजारौको मोबाईल रोज्छन। अनि भन्छन,जाबो एउटा मोबाईल पठाउँन सक्दैनस ? भर्खर ड्युटी सकेर कोठामा अाएर अाराम गर्दै थिएँ। एउटा साथीले म्यासेन्जरमा कल गरेर भन्यो। साथीहरुसँग ईन्डियातिर घुम्न जाँदैछु,दस हजार रुपियाँ आईएमई गर्दे न यार।
झनक्क रिस उठ्यो,कहिले काहीँ बजारतिर घुम्न जाँदा पैसा खर्च हुन्छ भनेर छुट्टीको दिनमा रुममै बस्छु। छुट्टिको दिनमा साथीहरु भेट्न जाँदा पैसा खर्च हुन्छ भनेर आजसम्म बजारतिर घुम्न गएको छैन। साथीहरु चाही कति सजिलै भन्छन कि दश हजार रुपियाँ आईएमई गर्दे। उसले सोच्छ होला,खाडीमा पैसा फल्ने रुखहरु हुन्छन। टिपेर प्याक गरेर राख्यो। माग्नेले मागे जति पठायो। आज भोलि त ती तमाम साथीहरुसँग बोल्न पनि मन लाग्दैन। जो हेल्लो हाई गर्न भन्दा पहिला मोबाईल, ल्यापटप अनि पैसा माग्छन। सबैले सोच्छन, खाडीमा पैसा रुखमा फल्छ। तर यहाँको दुःख, गर्मी,तनाब अनि मनको पीडा त्यसले मात्र बुझ्छ। जसले खाडीमा काम गरेर पसिना चुहाएको छ। नेपालमा बसेर महिनामा लाख कमाउँने मानिसहरु पनि नेपाल आउँदा के ल्याईदिन्छस केटा भन्दै म्यासेज गर्छन। अलिकति नुनिलो स्वादको पसिना ल्याईदिन्छु भन्न मन लाग्छ,तर भन्दिन। किन भने ती बिचरा मुर्खहरुलाई के थाहा कि यहाँ काम गर्दा कति नुनिलो पानी बग्छ भनेर। उनका लागि त गगनचुम्मी महल,चिल्ला फराकिला बाटा अनि ब्यस्त बजार नै खाडी हो। दुःख,पीडा,गर्मी,गाली, अपमान सहने म छँदैछु नि।
साँच्चै भन्ने हो भने एक लाख रुपियाँ सय कडा तीन रुपियाँ ब्याजमा काडेर खाडी छिरेको म साँवा र ब्याज तिर्न पनि एक बर्ष भन्दा धेरै लाग्यो। त्यो भन्दा पछाडी कमाएको केही रुपियाँ घर खर्चमै ठिक्क हुँदैछ। मनले प्रिया प्रिया भन्दै श्रीमती र घर परिवारको याद गर्दैछ। आमाले त बरु एक छाक खाउला,तर अब आईजा भन्दै हुनुहुन्छ। अब यस्तो बेला दुई चार पैसा जोडेर नेपाल फर्कन पाए बाँकी जिबन उतै बिताउँन हुन्थ्यो। तर साथी भाईको आवश्यकता,घर परिवारको आवश्यकता अनि आफ्ना रहरहरुले गर्दा अझै एक दशक यतै बिताउँने छाँटकाँट देख्दैछु। यो रहर होईन,बाध्यता हो। म त बाध्यतामा खाडी छिरेको हुँ। अाफन्त,साथी भाईले मलाई त रहरले खाडी छिरेको जस्तो व्यवहार सबैले गर्छन। मोज गरेको छस यार भन्ने साथी भाई र कति उतै बस्छस,अब त नेपाल आईजा भन्ने घर परिवार सबैले मेरो बाध्यता बुझ्दैनन। अस्ति चिल्लो कारको अघिल्तिर उभिएर खिचेको एउटा फोटो फेसबुकमा पोष्ट गरे।
साथीहरुले कमेन्ट गर्दै भने। वा क्या हेन्डसम ! मस्ती छ है। अनि त्यसैको तल अर्को साथीले लेख्यो,लास्टै हेन्डसम भएको छस यार के खान्छस ? सबैलाई भ्रम थियो। मैले न मस्ती गरेको छु,न त हेन्डसम नै भएको छु। नाना थरीका मोबाईल क्यामराले मलाई सुन्दर पक्कै बनाएको थियो। तर वास्तविकता फरक थियो। अनिदो, नमिलेको खानपान अनि हरेक दिनको ड्युटीले म खस्कँदै थिए। तै पनि नेपालमा बस्नेहरुका लागि हट,हेन्डसम अनि खाई लाग्दो भएको छु। कुन दिन झोक चल्छ,रिल वाला क्यामराले ड्युटी गर्दै गरेको फोटो खाना खाँदाको तस्बिर पोष्ट गर्छु। अनि के भन्छन खोई ती तमाम दोस्ती अनि आफन्तले ? खाडी आफैमा पीडा,दुःख अनि अन्योल भबिष्यको झाडी हो। यहाँ न पैसा फल्ने रुख छन न त फेसबुकमा देखिने जस्तै मस्तीको जिन्दगी छ। आधा पेट अनि फ्रिजमा राखेको बासी खाना खाएर ड्युटी कुद्नु पर्ने बाध्यता, आगोले भन्दा पनि बढि पोल्ने गर्मीमा खटिनु पर्ने बाध्यता सबै खाडीमै छन। त्यसैले मित्रहरु जस्तो सोच्नु हुन्छ,त्यति सजिलो छैन खाडी। दुःख धेरै गरेर परिवार पाल्ने सपना देखेर आएको हुँ। मोबाईल,ल्यापटप अनि थोरै खर्च मागेर सर्मिन्दा नबनी दिनु होला।
पढ्नेलाई सुनको माला !
कथा लेख्नेलाई फुलको माला !!
पढेर लाईक कमेन्ट गर्ने बैकुण्ठमा जाला !
पढ्दै नपढ्नेलाई कुठाउँमा सुके लुतो आओस !
पढेर पनि लाईक कमेन्ट नगर्नेलाई पखाला चलोस !!

Subscribe to:
Posts (Atom)