Monday, 15 May 2017

श्रीमतीलाई चिट्ठी


प्रिय श्रीमती !
तिमीले र मैले अग्निलाई साक्षी राखेर कसम खाएको आज एक १२ बर्ष पूरा भएको छ। अर्थात आजकै दिन हामी समाजको अगाडि श्रीमान श्रीमती भएका थियौं। यो यात्रासम्म आई पुग्दा तिम्रो पहिलेको र अहिलेको व्यवहारमा मैले आकाश पातालको अन्तर पाएको छु। बिबाह अघि तिमीले देखाएका सपना केवल सपनामै सीमित भए। त्यो सपनालाई बिपनामा परिणत गर्ने कोसिस कहिल्यै पनि गरिनौ। सुरुका दिनमा तिमीबाट पाएको साथले म आफूलाई संसारकै भाग्यशाली भएको महसुस गर्थें।

     तर तिम्रो व्यवहारमा अचानक परिवर्तन आयो। तिमी मेरो अगाडि मौन बस्न थाल्यौ। मलाई तिम्रो शब्दले भन्दा मौनताले बढी घोच्न थाल्यो। तिम्रो मौनता छुरा भन्दा धारिलो थियो मेरो लागि। जसले थाहै नदिई भित्र भित्रै रेटि रहेको थियो। मैले छिया छिया परेको मुटु बोक्दै आजसम्म जिबन गुजारा चलाएँ। तिमीसँग टाढा टाढा घुम्न जाने कुरा त परै जाओस। तिमीसँग बोल्न पनि तड्पिन पर्थ्यो। मैले तिमीबाट मीठा दुई शब्द सुन्न सधैं लालायित भए मेरा कान।

     मलाई थाहा छैन,मैले यो १२ बर्ष कसरी कटाएँ। हामी समाजको अगाडि श्रीमान श्रीमती थियौं। तर बन्द कोठा भित्र हामी कहिल्यै त्यो सम्बन्धमा भएको मैले महसुस गर्न पाईन। आफू जन्मेको ठाउँ आफ्नो परिवार सबै छाडेर मैले तिमीलाई आफ्नो मानें। तर तिमीले मलाई श्रीमानको दर्जामा कहिल्यै राख्न चाहिनौ। मैले आफ्नो घर परिवार छोडेर बिदेश पलायन भएँ। तिमीले आफ्नो सम्पूर्ण व्यवहार परिवर्तन गर्यौ।
म बिहान उठ्ना साथ काममा जान्थें ।

     तिमी उठ्ना साथ घरको काममा व्यस्त हुन्थ्यौ। १२ बर्षको अन्तरालमा न तिमी खुलेर मसँग बोलेको थाहा पाएँ। न त कहिल्यै एक अर्कालाई समय नै दियौं। २१औं शताब्दीको पुरुष भएर पनि मैले धेरै कुरा सहेर बस्नु पर्यो। बिहे गरेर जब तिमीलाई मेरो घरमा ल्याएँ। तब मलाई महसुस भयो। पुरुषको जात जति सक्षम भए पनि बिना कुनै गल्ती सबैसँग झुक्नै पर्ने रहेछ। तिमी भन्दा हरेक कुरामा अगाडि हुँदा हुँदै पनि तिमीले मलाई सधैं पैतालाको धूलो ठान्यौ।

     म बाहिरबाट घर आउँदा तिमीलाई हँसिलो मुद्रामा तिम्रो स्वागत गर्न तत्पर हुन्थें। तर मेरो खुसी क्षण भरमै आँशुमा परिणत हुन्थ्यो। मसँग गफ गर्ने कुरा त परै जाओस्। तिमीले त मेरो मुख पनि हेर्न चाहिनौ । मैले पनि तिम्रो अगाडि पर्ने साहस कहिल्यै गरिन। केही औपचारिक कुरा बाहेक हामी बीच कहिल्यै कुनै कुरा हुन पाएन। जब बिबाह भएर बेहुली घरभित्र पस्छिन। तब माया झ्यालबाट फुत्त बाहिर जान्छ भन्ने सुनेको थिएँ। अहिले आफैंले ती सबै कुरा अनुभव गर्दैछु।

      मैले तिमीलाई र तिम्रो माईतीलाई खुशी राख्न हर प्रयत्न गरें। तर म कहिल्यै सफल भईन। हुन सक्छ मेरो मायामा केही कमजोरी थियो। तर तिमीले यी सबै कुरा बर्णन गर्ने चेष्टा कहिल्यै गरिनौ। तिम्रो लागि श्रीमान भनेको घरको कामदार भन्दा अरु केही भएन। तिमीमा सकारात्मक परिवर्तन आउँछ भन्ने कुरामा पूरा बिश्वास थियो मलाई। तर मेरो बिश्वासले पनि धोका दिएको छ मलाई यति खेर। हरेक रात मेरो आँशुले सिरानी भिज्थ्यो।

     तर तिमीलाई यी सबै कुराको कहिल्यै केही मतलब भएन। तिम्रो लागि म बाहेक सबै कुरा मूल्यवान् थियो। मेरो लागि भने तिमी। मेरा हरेक रहर तिम्रो खुशीका लागि त्यागेको छु। मेरा सपनाहरू मेरो घर परिवार सम्हाल्नकै निम्ति कुल्चेर प्रदेश हिँडेको छु। मलाई आशा छ। तिमीले मेरो त्याग र बलिदानको कदर गर्नेछौ। हाम्रो बिबाह भएको बाह्रअौ बर्षमा यही उपहार चाहन्छु म तिमीबाट। तर तिमीले त मलाई हमेशा हमेशाको लागी जिन्दगी भर भुल्न नसक्ने गरि मेरो मुटुमा छुरा धसेर गयौ।

     मलाई छोडेर त गयौ,तर मैले बिदेशमा खुन पसिना बगाई कमाएर भरतपुरमा दस धुर घँडेरी किनेको थिएँ। त्यो घँडेरी पनि लग्यौ र तीन लाख बराबरको सुनका गहना पनि लिएर गयौ। सलाम छ तिमीलाई। तिमीले मलाई फोनबाट मेरो श्रीमान मरी सक्यो। म त सिंदुर पुछिएकी एक बिधवा अाईमाई हो भनेर म संग भनेकी थियौ। अाज म ज्युँदो छँदा छँदै पनि मेरो पोई मरि सक्यो भने पछि मैले तिमीलाई कसरी कुन मुखले श्रीमती भनौ। तिमी ज्युँदै भए पनि मेरो तर्फबाट तिमी मरि सक्यौ।

      त्यस कारण अाज तिमी ज्युँदै भए पनि म तिमीलाई मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। मेरो पेटमा लात हानेर म संग बिछोडिएकि उहीँ मेरी प्रेमिका मिना दाहाललाई अाज म अन्तिम दाह संस्कार गरेर हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

मेरो जिन्दगीको धोकेबाज सिर्फ यहि हो।
माया गर्छु भनेर फँसायौ !
मलाई रुवाई अर्कैलाई हँसायौ !!

मेरो खुशी लगेर अर्कैको भयौ !
चोखो माया गरेकै थिएँ.....!!

अरु तिमीलाई के कमी भाथ्यो र !
मलाई छोडी पराईसंग गयौ.....!!

हार्दिक श्रद्धाञ्जली मिना दाहाल

No comments:

Post a Comment