नेपालको नयाँ देउसी भैलो गित.....
भन भन भाई हो :- नौ महिना
गन गन बैनी हो :- नौ महिना
गर्भमा मान्छे :- नौ महिना
सरकारका भान्छे :- नौ महिना
मनमोहन सरकार :- नौ महिना
ओली सरकार :- नौ महिना
प्रचण्ड सरकार :- नौ महिना
पख पख देउवा :- नौ महिना
हामी त्यसै आएनौँ अदालतले खटायो !
लोकमानजीको घरमा नोटिस टाँस्न पठायो !!
नोटिस टाँस्न जाँदा घरमा ज्वाइँ राजाले खेदेका !
हाम्रा तामिलदारले बाउको बिहे देखेका !!
अदालतको छातीमा यमराजको पैतालो !
नामै सुन्दा संसदमा जान्थ्यो हेर भुईचालो !!
सबै पार्टी मिलेर पहिले त्रिशुल डामेको !
साँढे हान्न आउँदा अहिले धनु कामेको !!
एउटा ठेगान लाग्दैछ हजार लोकमान जागा छन !
कसले तह लगाउँने तिनलाई हान्ने राँगा झन !!
भिर उक्लेका :- लोकमान सिंह
सिङ फुक्लेका :- लोकमान सिंह
पिराए सारा :- लोकमान सिंह
अस्ताए तारा :- लोकमान सिंह
सिस्नुपानी नेपालका हामी कवि कलाकार नि लै लै !
प्रज्ञाको दैलो खेल्दै देउसी भैलो नाच्दै आयौँ छमछम !!
काठमाण्डौको खाल्टो सडक के सकिन्थ्यो हिंडेर नि लै लै !
मेट्रो पनि चलेन फास्ट ट्रयाक पनि खुलेन हिँड्दै आयौँ ठमठम !!
जेठो पार्टी काँग्रेस नै दह्रो खुट्टा टेक्दैन !
छिमेकीले ढुंगा हान्दा किन छेक्दैन !!
पहिलो पार्टी काँग्रेसको बिदेश नीति खुट्याई देउ !
भाले हो कि पोथी हो लिङ्ग पनि छुट्याई देऊ !!
शेर बहादुरले प्रचण्डलाई प्रधानमन्त्री दिएर !
नौ महिनालाई सुते स्लिपिङ ट्याब्लेट खाएर !!
सपना देखे देउवाले प्रधानमन्त्री भएको !
कालो बोको तान्दै बालुवाटार तिर गएको !!
झस्के सपना देखेर पुच्छ्रे तारा खसेको !
ब्युँझदा त कुर्सीमा अर्कै बोको बसेको !!
आए केपी गए केपी ख्वाए खरो सुरती !
भुल्नै गाह्रो लाउरे माया चाउरे पिरती !!
ख्याट्ट पारे डिजिटल चुलो बाले भरर !
चुच्चे रेलमा लुम्बिनी लगी हाले सरर !!
उपर खुट्टी लगाएर रोबटलाई खेत जोताए !
रोबटनीलाई चुला चौका आँगन पनि पोताए !!
हावाबाट बिजुली पाईपबाट ग्याँस पाईयो !
भाईबरबाट दाल भात खाईयो झ्याप्प निदाईयो !!
सपना नै सही रेल पानी जहाज चल्दथ्यो !
केपी जति भए नेता काम धेरै चल्दथ्यो !!
संसदमा माधव नेपाल डाँको छोडी रोएछन !
किन रोए भनी बुझ्दा बूढो पो भएछन !!
गुट बनाउँने फुट गनाउँने एमालेको चरित्र !
बाहिर नजाउ शत्रु खोज्न खोज त्यहीँ भित्र !!
प्रधानमन्त्री प्रचण्डका केटा केटी पिए छन !
खेल्दा खेल्दै फेसबुक पनि प्वाल पारी दिएछन !!
आफूलाई बचाउँदै हल्ली खल्ली मच्चाउँदै !
जाने भयो नौ महिना त्रुटीहरु सच्याउँदै !!
मोदीसँग केमेस्ट्री मिल्छ भन्दै मस्किन्छन !
खुस्काउँने हो कुन दिन भित्र भित्रै झस्किन्छन !!
माओवादी केन्द्रले गिनिजमा नाम लेखायो !
पार्टी मेम्बर सबलाई सिएम बनाई देखायो !!
धामी झाँक्री पुरेत पण्डित पार्टी प्रवेश गराए !
टुप्पी जनै काट्ने क्रान्ति कता हराए !!
लोकमानको फाईल :- हरायो
अदालतको डायल :- हरायो
म्याद टाँस्ने भित्तो :- हरायो
सेनाको पासपोर्ट :- हरायो
देउवाको बाटो :- हरायो
बिसाखा पटनम :- हरायो
फास्ट ट्रयाकको कुरो :- हरायो
चाइनिज तेल पुरै :- हरायो ।
टिकापुर काण्ड :- हरायो
दोषीलाई दण्ड :- हरायो
नेपाली जनता :- डरायो
नहराओस देश भन्दै :- करायो
हाम्रा जनप्रतिनिधि संसदबाट भागेर नि लै लै !
एनजिओमा जान्छन मासु भात खान्छन !!
खाम थाप्छन खुरु खुरु !
देशमा जब संकट आउँछ सलबलाउँछन !!
जोगी बाबा नि लै लै !
हाम्रा नेता बफादार परि रहन्छन लम्पसार !!
खल्बलाउँछन शान्त नेपाल !!!
यता लोकमान कराए उता पिएम डराए !
हिसाब किताब मिलाउँदा फाईल पनि हराए !!
बोली बोली ओलीले प्रचण्डलाई पिराए !
केही नबोली प्रचण्डले ओली सरकार गिराए !!
एउटा यता पिराउँने अर्को उता गिराउँने !
यही मौकामा लैनचौरले औँलो पनि छिराउँने !!
कस्तो सरकार छिमेकीका राजदुतले नै चलाउँने
हाम्रा नेता लन्ठ्याङ लन्ठ्याङ पुच्छर मात्र हल्लाउँने !!
एउटा सरकार बन्दा दिल्ली दिपावली मनाउँछ !
अर्को बन्दा त्यहि दिल्लीलाई किन गनाउँछ !!
तिमी आफैं सुधार तिम्रो युपि बिहार !
हाम्रो देश हाम्रै जिम्मा दागा नधर !!
नेत्र बिक्रम चन्द हुन कि नेत्र बिक्रम चन्दा हुन !
कार्यकर्ता भन्दा बढी पैसा धेरै गन्दा हुन !!
अर्को मुक्ति युद्ध भन्दै बन्दुक बोक भन्दा हुन !
बुझ युवा यी फन्दा सबै बेकारका धन्दा हुन !!
एकातिर करिश्मा अर्कातिर हिसिला !
नयाँ शक्ति पार्टीका मुहार कति हँसिला !!
झुण्ड्याएर रातो कोट मैलो कालो भित्तामा !
बाबुरामको नयाँ शक्ति अलमल कित्तामा !!
टालाटुली बटुली पार्टी बन्यो झुम्राले !
बाबुरामलाई किन छाडे लिखा र जुम्राले !!
एनसेलमा गराए अरबौँको घोटाला !
घोटालाले बिदेशमा दरबार पोताला !!
चोर्ने लुट्ने मार्ने काट्ने सबलाई तक्मा लगाई देउ !
पुलिस मुद्दा हाल्दै जान्छ सरकार फिर्ता ल्याउ !!
तरकारीको उपचार इन्जेक्शनले गरिन्छ !
नखाउँ भोकै बसिन्छ खाँदा खेरी मरिन्छ !!
बजार कब्जा गरेर खडा गर्छन सिण्डिकेट !
ट्याक्सी मिटर चुँडाएर तोक्छन आफ्नै रेट !!
यातायातको डनले सरकार सुस्त पार्दिन्छ !
जनतालाई बसमा कोची भिरमा झार्दिन्छ !!
बाबु प्रश्न बनाउँने छोरालाई उत्तर लेखाउँने !
अख्तियारले तिनलाई हरियो बत्ती देखाउँने !!
किन पढ्छौ ए छोरा सर्टिफिकेट किनौंला !
क्लिनिक खोली बिरामीका किड्नी छिनाउँला !!
भन भन भाई हो :- नक्कली
गन गन बैनी हो :- नक्कली
पाईलट डाक्टर :- नक्कली
विद्यार्थीे मास्टर :- नक्कली
जहाजका पाङ्ग्रा :- नक्कली
टियूका थेसिस :- नक्कली
तरकारी हरिया :- नक्कली
सांसदका भरिया :- नक्कली
केपी सुत्छन सरकार उठ्छ केपी उठ्छ्न !
सरकार सुत्छ नि लै लै !!
अनशन हो भन्छन दशैं छुट्टि लिन्छन !
डाक्टर सरकार उस्तै उस्तै छन !!
हाम्रो देशका प्लेनमा स्याल पनि भिलेन नि लै लै !
कहिले पुच्छर अड्किन्छ कहिले रुखमा लड्किन्छ !!
बिहान बेलुका पाङ्ग्रा पड्किन्छ !!!
सफाई भयो बागमतीमा पानी बग्छ अहिले !
यस्तो सफाई राजनीतिमा फेरी होला कहिले !!
देशको माटो जोगाउँने तिलाठेली जिन्दाबाद !
मर्ने तर नझुक्ने नेपाली जनता जिन्दाबाद !!
आफ्नो ज्यान गुमाएर यात्रुलाई बचाउँने !
पिडितका आवास बनाई तिनलाई हँसाउँने !!
हृदय खोली कर्म गर्ने देश प्रेमी जिन्दाबाद !
कृतज्ञता ज्ञापन गरौँ या भनौँ धन्यबाद !!
सुन्तली धुर्मुस :- धन्यबाद
सुशीला कार्की :- धन्यबाद
सन्दुक रुईत :- धन्यबाद
महावीर पुन :- धन्यबाद
लीलामणि पौडेल :- धन्यबाद
ओम प्रकाश अर्याल :- धन्यबाद
महेन्द्र शाही :- धन्यबाद
राधेश्याम अधिकारी :- धन्यबाद
सर्वेन्द्र खनाल :- धन्यबाद
सन्तोष राना :- धन्यबाद
दिनेश न्यौपाने :- धन्यबाद
देव नारायण यादब :- धन्यबाद
हाम्रो देश नेपालमा कानूनको शासन भन्छन नि लै लै !
सरकारका मतियार बोकी हिड्छन हतियार !!
के को कानून डनकै शासन !!!
चोरका घरमा गास बास तिनै सँग साँठ गाँठ नि लै लै !
भ्रष्ट होस कि हत्यारा तस्कर होस कि लुटेरा !!
मुद्दा फिर्ता लिन्छ सरकार !!!
न्यायधिशले आफ्नै जन्म मिति पनि बिर्सेछन !
झुक्किएर त्यसमा ब्लेड लगाई खुर्केछन !!
अन्त न्याय नपाएमा अदालत जाने हो !
अदालत नै भ्वाङ परे अब कता जाने हो !!
आशा गर्ने ठाउँ नयाँ एउटा बाँकी देखियो !
सर्वोच्चमा सुशीलाको नाउँ पनि लेखियो !!
महानगर भन्छ घरको फोहोर बाहिर नफालौं !
प्रकृति नै रुने गरी प्लास्टिकहरु नबालौं !!
फोहोर फाली कर छली एक छिनलाई त रमाउँला !
महानगर आएर फेरि च्याप्पै समाउँला !!
अँध्यारोमा खाडल छल्दै सडकमा झरेको !
गौँडा ढुक्ने ट्राफिकका फेला पनि परेको !!
च्याप्प समाई चिट काट्यो अंग्रेजीमा हप्कायो !
चालक रैछ साईकलको पुलिस चित खायो !!
लडाईँ किन गर्ने हो ह्रश्व दीर्घ उकारमा !
हिन्दी चलाउँ नदुखाउँ टाउको बेकारमा !!
हिन्दीमा नै लेखाउँछौँ हिन्दीमा नै पढाउँछौँ !
हिन्दीमा नै हाम्रो देउसी अघि बढाउँछौँ !!
बोलो बोलो भाईयों :- बोलते हैँ
मन खोलो बहनों :- खोलते हैँ
जो–जसका माया :- पाते है
उसीके आँगनमे :- आते है
सबके साथ घुसघुस :- करते हैँ
कानमे कुछ कुछ :- भरते हैँ
नेताओँकोे पाठ :- पढाते हैँ
एक आपसमे :- लडाते हैँ
भाषामे गडबड :- करते हैँ
आ–आफ्नै चौरमे :- चरते हैँ
मैथिलीको थप्पड :- मारते हैँ
भोजपुरीको धरापमे :- पारते हैँ
थारुको मिट्टीमा :- गाड्ते हैँ
राई–लिम्बू–नेवार :- भाँड्ते हैं
झगडको झाडु :- मारते हैँ
नयाँ–नयाँ भाषा :- सिख्ते हैं
हिन्दीमे बात :- करते हैँ
पकेटमा गाँठी :- भरते हैँ
सरकारी मास्टर साहेब स्कूलबाट सधैँ गायब नि लै लै !
छड्के झोला भिरेर पार्टी भित्र छिरेर !!
नेताजीको लुतो कनाउँछन !!!
नेपालका कर्मचारी युनियनका अधिकारी नि लै लै !
आँखामा धुलो छर्दिन्छन कानमा के के भर्दिन्छन !!
मन्त्रीलाई नै सरुवा गर्दिन्छन !!!
आशिष
सरकारलाई वायु :- नचलोस
नौ महिना नपुगी :- नढलोस
छिमेकीको छिर्के :- रोकियोस
राजदूतकोे सीमा :- तोकियोस
अख्तियारले एम्बुस :- नथापोस
संसद र सरकार :- नकाँपोस
महाअभियोग :- फेल नहोस
लोकतन्त्र मास्ने :- खेल नहोस
भूतपूर्व राजा :- भूतै हुन
चम्चा र काँटा :- उतै हुन
भिरमा गाडी :- नझरोस
टाईफसले निम्तो :- नगरोस
तिब्बतको बाटो :- रेल आओस
रेलमा चढी :- तेल आओस
माफियाले सेटिङ्ग :- नगरोस
अनसन बस्नु :- नपरोस
सांसदले मान्छे :- नबेचुन
फौजदारी मुद्धा :- नखेपुन
नजाओस् व्यापार :- घाटामा
नपरोस मापसे :- बाटोमा
बन्दुक छुँदा :- फुल होस
तुईन छुँदा :- पुल होस
बराबर बाँड्ने :- भान्छे होस
नेतालाई छुँदा :- मान्छे होस
म्याद टाँस्ने भित्तो :- भेटियोस
अराजक तन्त्र :- मेटियोस
रेमिट्यान्सको रेट :- बढ्दो होस
हुण्डीको रजाईँ :- घट्दो होस
ट्वीटरमा लोग्ने :- नउनोस
फेसबुकमा स्वास्नी :- नझुण्डियोस
छानोमा छुँदा :- सोलार होस
रुपियाँ छुँदा :- डलर होस
नेपाली जनताको :- जय होस
अर्को साल आउँला देउसी गाउँला सारङ्गी नै रेटौँला !
संबिधान लागु भए फेरि नेपालमा भेटौँला !!
सयौँ थुङगा फूलका हामी एउटै माला नेपाली !
माला चुँडाउनेका गाला चड्काउँ हामी नेपाली !!
keshav Raj Adhikari
Monday, 25 September 2017
Tuesday, 12 September 2017
स्वर्ग कहाँ छ..........
छुरिले रेटेपनि काटिदैनन मेरा यी दुखहरु,थैलो भरिको पैसाले साटेपनी साटिदैनन मेरा पीडाहरु। अचानोमा राखिएको लास जस्तो,घाटमा राखिएको मुर्दा जस्तो
अबिछिन्न जिन्दगीको यो सुरु कतै यी मन किन रुवाएर जान्छन आफन्तहरु। किन सताएर जान्छन मनका ढुकढुकिमा बस्नेहरु,आज जिन्दगीको अनगिन्ती पिडाहरुबाट उठेर एउटा प्रश्न गर्न मन लागेको छ। मानिसको जिन्दगीमा जब मानिसले चाहेको कुराहरू गर्न सक्दैन। उसको लागी यही जिन्दगी नर्क जस्तै हो। तर त्यही मानिस जो आफू खुशीले जिन्दगी बाँची रहेको हुन्छ। अाँटेको कुरा पुग्छ,उसको लागि स्वर्ग यही हो।
धेरै मानिसहरू भन्छन मरि सके पछिको स्वर्ग अर्कै आनन्द छ। तर मलाई लाग्छ यो संसारमा स्वर्ग कतै छैन,छ भने स्वर्ग यही छ र नर्क पनि यही छ। कहिले काही आफ्नो जिन्दगीलाई दाँजेर हेर्छु म,स्वर्ग यही छ जस्तो लाग्छ। कहिले काही आफ्नो जिन्दगीलाई नापेर हेर्छु म,नर्क पनि यही छ जस्तो लाग्छ। स्वर्ग र नर्कको दोसाँधमा बाँची रहें। जिबनको अमुर्त तर जसले जे भने पनि राम्रो काम गर्दै मानिसका पिडाहरुमा मल्हम लगाउँन सकेमा स्वर्ग यही छ। जहाँ आनन्द हुन्छ त्यहाँ स्वर्ग हुन्छ। जिन्दगीका रहरहरु खुसीहरु पुरा भएमा स्वर्ग जस्तो लाग्छ। जिन्दगीका ईच्छाहरु रहरहरु पुरा नभएमा नर्क जस्तो लाग्छ।
उडेर गएनन मेरा दुखहरु तुफानमा धुलो झै हिडेर गएनन मेरा पिडाहरु। झुपडीमा चुलो झैं मेरा गन्तव्यका यी जिन्दगीका यात्राहरु,मेरा गन्तव्य बिहिन यी जिन्दगीका सम्झनाहरु। मेरा गन्तव्य बिहिन यी जिन्दगीका यादहरु आज पोल्टा भरि राखेर हिडेको छु म। पुगिदैन नजानु पर्ने ठाउँ कहाँ हो मलाई थाहा थिएन। पुग्ने र जानु पर्ने ठाउँहरु कहाँ हो मलाई थाहा थिएन। म मात्र परिकल्पनामा याद र गहिराई भित्र डुबुल्की मार्दै सायद त्यसैले होला लुक्न सक्दैन यी मनका भावनाहरु। अँध्यरोमा छाया झैँ निरन्तर लडी रहने मन भित्रका तृष्णाका लाशहरु बोकेर निरन्तर हिडि रहे जिन्दगीको बाटोमा,तर पनि न बाटो थाहा छ।
न त गोरेटो थाहा छ,न त जिन्दगीका चौतारीहरु थाहा छ,न त जिन्दगीका बिसौनीहरु ति सब काट्दै बिसौनीमा हराउँदै जिबनका अनगिन्ती दुखहरुलाई साटेर म जिन्दगीको गोरेटोमा एक्लै हिडि रहें हिडि रहें। रहरले वा करले बिदेशीएँ,स्वर्ग त अझ यहाँ पो रहेछ। तर सबै कुरा मात्र पनि स्वर्ग हैन रहेछ। आफु जन्मेको ठाँउ साथी भाई ईष्टमित्र परिवारको खुसी नै स्वर्ग रहेछ। उनीहरुको खुसी मेरो स्वर्ग र मेरो खुसी उनीहरुको स्वर्ग रहेछ। मेरा जिबनका यी पिडाहरुलाई मन भित्र कुवाएर राखुँ। त्यसैले नाङलो भरी फिजाएर पारिलो घाममा सुकाउँन चाहन्छु र अझै यी हावाहरुले उडाउँदै लग्ने मेरा चाहनाहरु पूरा गर्न चाहन्छु,स्वर्ग र नर्क यही छ भन्न चाहन्छु।
Keshav Raj Adhikari

Monday, 28 August 2017
गीत
पाउँने भए बजारमा यो मुटु साट्ने थिएँ !
दुखि रहने तिम्रो याद सबै सबै मेट्ने थिएँ !!
त्यति सस्तो छैन रैछ बजारमा मुटु किन्न !
भएको एउटा मुटु पनि पारिदियौ छिन्न भिन्न !!
बल्झी दिन्छौ यादमा अनि आँसु झर्छ !
टुक्रा टुक्रा मुटुले पनि तिम्रै बारे प्रश्न गर्छ !!
के भनेर रोकु म यो परेलिको आँशुलाई !
के भनेर सम्झाउ म यो दुख्ने मुटुलाई !!
जो आफ्नो हुन्न तर उहि किन यति प्यारो !
जसले भुल्छ उसलाई भुल्न किन हुन्छ गाह्रो !!
हाँस्दा तिम्रै याद आउछ रुँदा तिम्रै याद !
हँसाई आखिर रुवाई जाने रैछ तिम्रो साथ !!

Wednesday, 23 August 2017
भुल्दिन तिमीलाई सयौ चोटि मरेपनि !
संगै जिउँने बाचा गरी अन्तै बसाई सरेपनि !!
तिमीले नै भन्ने गर्थ्यौ तिमी बिना बाँच्दिन म !
यो जुनीमा तिमी बाहेक अन्त नाता गाँस्दिन म !!
मलाई दुख्दा रुने मान्छे अाज मलाई रुने पार्यौ !
दुख पर्दा साथ दिने पुर्णिामाको जुन झार्यौ !!
पराई हुनु थियो भने किन बचन दियौ मलाई !
तिमी छँदा यो जिबनमा बाँच्ने अाधार थियो मलाई !!
संगै जिउँने बाचा थियो संगै मर्ने कसम थियो !
जिन्दगीको गन्तब्यमा नपुग्दैमा निभ्यो दियो !!
भुल्दिन तिमीलाई सयौ चोटि मरे पनि !
चोखो माया गर्छु भनी बिश्वाश घात गरे पनि !!

तिज आयो भन्छन सबै माईत जान्छन !
म भने बिदेशमा कसका माईत जाउँ !!
दुई बर्षमा एक पटक छुट्टि जान पाईन्छ !
त्यसमा पनि परिवारलाई के के चाहिन्छ !!
मरुभुमीको गर्मीमा घामले पोल्यो सिर मेरो !
को छ र अामा बुझि दिने साँच्चै पिर मेरो !!
खाडि देशमा बसेर परिवारको पेट पाल्नलाई !
रुँदै रुँदै दिन काटेका छौ सबै नेपाली दाजुभाई !!
दिदि लिन जानु थियो छुट्टी पाईन मैले त !
अर्को सालमा आउँला दिदी आईन अहिले त !!
बहिनी पनि रुँदै होलिन दाजु आएनन भनेर !
दुई साल अझै पर्ख बहिनी बाटो हेरेर !!
म बिदेशी भए पछि दिदी बहिनी नभेट्दा !
तिम्रो मन त रुन्छ होला हामीलाई नदेख्दा !!
टाढा बरु मै छु दिदी आउँनु घरमा भेटन !
बाँचे अर्को सालमा आउँला तिमीलाइ देख्न !!

Sunday, 13 August 2017
रेखा थापासंग बिछोड भएपछि बिरक्तिनु भएका प्रचण्ड ज्युले एक्कासी जोडी भेट्टाउँनु भएछ। सुष्मा स्वराज संगको भेट।
हे दाजु नसमाउ नारीमा !
जान्न म त डिजेलको गाडीमा !!
हिलो लाग्ला नाईलनको साडीमा !!!
यो बोलको नृत्यले सबैलाई मनोरन्जन प्रदान गरोस। रिसानी माफ होस है पूर्व प्रधानमन्त्री ज्यु.....!!!

Thursday, 10 August 2017
कस्तो हुन्छ चोखो माया गर्नेलाई नै थाहा हुन्छ !
कति दुख्छन चोटहरू पर्नेलाई नै थाहा हुन्छ !!
बाध्यता र बिबसताका कथा व्यथा जति सबै !
अभाबमा सधैँ आँशु झर्नेलाई नै थाहा हुन्छ !!
सतहलाई नियालेर देखिंदैनन भित्री कुरा !
जङ्घारको गहिराई तर्नेलाई नै थाहा हुन्छ !!
गाह्रो छ कि सजिलो छ बिछोडमा जिउँनु पर्दा !
प्रत्येक पल तड्पिएर मर्नेलाई नै थाहा हुन्छ !!
कसले लुट्यो सुख शान्ति रमाईलो र हाँसो अनि !
जिन्दगीका सारा खुसी हर्नेलाई नै थाहा हुन्छ !!

Sunday, 6 August 2017
श्रद्धाको फूल चढाई दिनु आएर लाशमा !
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!
सम्झन्छु म त छोएको तिमीले कमलो हातले !
लुकाई राख आत्मा यो मेरो नहान पातले !!
दिनेछ सबै गवाही हाम्रो जुनेली रातले !
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!
मरेर के भो देह यो मेरो आत्मा त मर्दैन !
पिरती चोखो लाएको भए बन्धन पर्दैन !!
प्रकृति फूल सुकेर झर्छ दिलको झर्दैन !
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!
keshav Raj Adhikari
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!
सम्झन्छु म त छोएको तिमीले कमलो हातले !
लुकाई राख आत्मा यो मेरो नहान पातले !!
दिनेछ सबै गवाही हाम्रो जुनेली रातले !
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!
मरेर के भो देह यो मेरो आत्मा त मर्दैन !
पिरती चोखो लाएको भए बन्धन पर्दैन !!
प्रकृति फूल सुकेर झर्छ दिलको झर्दैन !
नपाए फूल भई गयो तिमी रोई दिनु आशमा !!
keshav Raj Adhikari
यति चोखो यति मिठो दिउँला तिमीलाई माया !
बिर्सने छ्न साराले पुराना प्रेमका कथा !!
यति चोखो यति मिठो दिउँला तिमीलाई माया !
बिर्सने छ्न साराले पुराना प्रेमका कथा !!
मेरो सारा जिबन सबै तिमीलाई !
मिठा-मिठा क्षणहरु सबै तिमीलाई !!
मेरो सारा जिबन सबै तिमीलाई !
मिठा मिठा क्षणहरु सबै तिमीलाई !!
मेरो खुशी मेरो सुख सबै तिमीलाई !!!
अाँखा भित्र बस्नु तिमी छातीमा निदाउँनु !
सपनीमा पनि मलाई सुस्तरी चिहाउँनु !!
अाँखा भित्र बस्नु तिमी छातीमा निदाउँनु !
सपनीमा पनि मलाई सुस्तरी चिहाउँनु !!
सधै सधै तिमी मेरी माया बनि आउँनु !!!

मैले पुण्य मन पराएँ या पाप मन पराएँ !
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ !!
जब फुल र काँडा दुइटा सँगै रमाउँन सक्छ !
जब दागको रंगमा पनि टिका समाउँन सक्छ !!
नसोध मैले बरदान या श्राप मन पराएँ !
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ !!
तिमीसँग लिनु पनि छ तिमीलाई दिनु पनि छ !
हाम्रो हिसाब किताबमा सच्याउँनु पनि छ !!
यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मनपराएँ !
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ !!
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ !!!

Saturday, 5 August 2017
तिज गित.....
मलाई सम्झी रुँदी हौ सानु !
बर्ष दिनको तिजको बेलामा !!
सबै जान्छन माईती घरमा !
तिमी रुँदै जाँदी हौ मेलामा !!
के गरेर बाँच्ने हो सानु !
गाह्रो भयो यो जिबन धान्नलाई !!
साहुले तलब दिएछ भने !
पठाउँनेछु चाडबाड मान्नलाई !!
मलाई सम्झी नरोउ है सानु !
डिलमा बसी जुनेली रातमा !!
आउँन नपाई मरेछु भने !
छोराछोरी छन तिम्रो साथमा !!
keshav Raj Adhikari
मलाई सम्झी रुँदी हौ सानु !
बर्ष दिनको तिजको बेलामा !!
सबै जान्छन माईती घरमा !
तिमी रुँदै जाँदी हौ मेलामा !!
के गरेर बाँच्ने हो सानु !
गाह्रो भयो यो जिबन धान्नलाई !!
साहुले तलब दिएछ भने !
पठाउँनेछु चाडबाड मान्नलाई !!
मलाई सम्झी नरोउ है सानु !
डिलमा बसी जुनेली रातमा !!
आउँन नपाई मरेछु भने !
छोराछोरी छन तिम्रो साथमा !!
keshav Raj Adhikari
बाबुराम भट्टराई जी तिम्रो पि.एच.डी. प्रमाण पत्र नेपालीका छोरा छोरीको रगत पसिना चुसेर भिजेको छ। त्यसलाई युनिभर्सिटीको छतमा राखेर सुकाउ। जसले आफ्नो लागी भन्दा पनी देशको लागि सबै उर्जावान समय जेलमा जिबन गुजार्यो। उक्त जिबनको उपहास गर्ने तिमी भुक्ने कुकुर हौ की को हौ ???
छिटो भन्दा छिटो भारतको नयाँ दिल्लीमा गएर नरेन्द्र मोदिको घरमा झाडु पोचा लगाएर ट्वाईलेट सफा गरेर बस। अब तिमीले नेपालीको अाँखामा झुटो सपना देखाएर बढी भ्रममा नपार।
सबै नेपाली जनतालाई चेतना भया !!!

आज भोलि हरेक-----
आज भोलि हरेक साँझ मातिन थालेको छ !
जिन्दगी देखि जिन्दगी आत्तिन थालेको छ !!
रहरै रहरैमा पिएँ विवश भएर पिएँ,सुखमा पिएँ !
दुःखमा पिएँ,पिउँदिन पिउँदिन भन्दै पिएँ !!
आज भोलि जिन्दगी पोखिन थालेको छ !
जिन्दगी देखि जिन्दगी आत्तिन थालेको छ !!
मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ !
नाचेर पिएँ,हाँसेर पिएँ,एकान्तमा कहिले काँहि रुँदै पिएँ !!
आज भोलि हरेक रात रक्सिन थालेको छ !
जिन्दगी देखे जिन्दगी आत्तिन थालेको छ !!

म बाँच्ने सबैले आश मारेपछि.....
म बाँच्ने सबैले आश मारे पछि नरुनु है !
सेतो कफन बेरी मठमा सारे पछि नरुनु है !!
म भन्दिन तिमी खुशीयालीको भोज गर !
मेरो लास मसानघाट झारे पछि नरुनु है !!
जलाई चिता मेरो अस्तु बगाएर फर्किदा !
आउँने बाटो काँडे तारले बारे पछि नरुनु है !!
मैले होईन दैबले नै धोका दियो म के गरु !
म गएर तिमी एक्लो परे पछि नरुनु है !!
सँगै जिउँने मर्ने कसम बेकार भयो सानु !
बाध्य छु म मृत्यु सँग हारे पछि नरुनु है !!
परीभाषा थाहा हुन्छ लाउँनेहरुलाई मात्र !
माया त्यो गीत हुन्छ गाउँनेहरुलाई मात्र !!
पाउँनेले त चिठी-पत्र च्याती फ्याँकी देला !
शब्द शब्द सबै प्यारो पठाउँनेहरुलाई मात्र !!
जानेहरु जालान फुलै फुलको बाटो भएर !
काँडा जती भागमा धाउँनेहरुलाई मात्र !!
नजिकको तिर्थ आखिर हेला हुन्छ साथी !
मिल्दैन रे माया यहाँ आउँनेहरुलाई मात्र !!
सुन्दा कती मिठो लाग्छ सारङ्गिको धुन !
गाह्रो हजुर कति बजाउँनेहरुलाई मात्र !!
परीभाषा थाहा हुन्छ लाउँनेहरुलाई मात्र !
माया त्यो गीत हुन्छ गाउँनेहरुलाई मात्र !!
तिमीलाई नसम्झेको पल खाली छैन !
साँच्चै माया गर्छु यो मन जाली छैन !!
झर्दैन भिरबाट लात नलगाए सम्म पत्थर !
यो मुटु छामी हेर सुकेको डाली छैन !!
अडिक छु तिम्रो मायाको समर्पणमा !
झुटो बाचा कसमको टिका थाली छैन !!
घामलाई छेक्दैन पल भरको बादलले !
नियाली हेर फोहोर बग्ने नाली छैन !!
तिमीसँगै जीत मेरो तिमीसँगै छ खुशी !
बिश्वास गर बिछोडमा बज्ने ताली छैन !!
म मरेको दिन तिमी हाँस्छ्यौ कि रुन्छ्यौ प्रिय !
खुशी पो हुन्छ्यौ कि त्यसै मुर्छा हुन्छ्यौ प्रिय !!
सँगै हुँदा रिस गर्छ्यौ भित्र माया छ कि कतै !
खस्न खोज्ने आँशुलाई खसाल्छ्यौ कि थुन्छ्यौ प्रिय !!
सोच्दा सोच्दा मन घुम्छ के के सोच्छु मन भित्र !
देखेपछि मेरो लाशलाई तर्कन्छ्यौ कि छुन्छ्यौ प्रिय !!
रुन्छन होला परिवारका बियोगमा डाँको छोडी !
गाह्रो होला हाँस्नलाई कि पिर व्यथा फुन्छ्यौ प्रिय !!
कुरा होलान गुन बैगुनका अनि मेरो बारेमा !
चुन्न परे गुन र बैगुन तिमी कुन चुन्छ्यौ प्रिय !!
मर्ने जान्छन मरिकन बाँच्नेलाई दूख हुन्छ !
मनको माया समाल्छ्यौ कि अर्को घर बुन्छ्यौ प्रिय !!
मैलो हुन्छ अरे मन मरेकालाई देखे पछि !
के के गर्छ्यौ शुद्ध हुन कि जिउ धुन्छ्यौ प्रिय !!
सजिलो छ भन्नलाई भोग्न गाह्रो पर्छ नि त !
मान्छे पिच्छे फरक अर्ति कसका कुरा सुन्छ्यौ प्रिय !!
घाउ नै घाउ छ मुटु भरी कती चोट परेको हो !
सोध्नु छ यो अाँशुलाई कुन पिडाले झरेको हो !!
सकिएको छैन जिबन रुन अझै बाँकी नै छ !
नयनको मोती दाना किन बसाई सरेको हो !!
नरोउ नरोउ भन्छ मनले भक्कानिदै आफु पनि !
पिडा झर्छ पानी बनी कसले यस्तो गरेको हो !!
क्षितिज पारी भएकाले जलाई दिन्छ मुटु यहाँ !
चर्किन्छ घाउ मेरो मात्र कस्तो जहर भरेको हो !!
चोट दिने खोली तरे पिडा मात्र बाँकी रह्यो !
भएन पुजेर भगवान तक्दिर कती हारेको हो !!
म बाँच्ने सबैले अाश मारेपछि नरुनु है !
सेतो कफन बेरी मठमा सारेपछि नरुनु है !!
नोट :- यदि कसैको जिबनमा मेल खाएमा संयोग मात्र हुनेछ। मित्रहरू यो गजल पढेर नरुनु होला।

Monday, 31 July 2017
कुन लोककी परि हौ तिमी ?
कुन लोककी परि हौ तिमी !
कहाँ होला तिम्रो निवाश !!
छमछम पाउजुको झंकारले !
लुट्छ्यौ जगको होस हवास !!
शालिनताकी प्रति मुर्ति !
कति शुशोभित नयनहरु !!
कोकिल कुण्ठ प्रिय बचन !
हर्छ्यौ साराका चयनहरु !!
कुन देवकी छोरी हौ तिमी !
कहाँ होला तिम्रो आवाश !!
रिमझिम रिमझिम बर्षाद बनी !
खोस्छ्यौ जगको होस हवास !!
कुन लोककी देवी हौ तिमी !
यति बिघ्न सुन्दरी !!
कहाँ होला जन्म घर !
धर्ति हो या स्वर्ग पुरी !!
कति मिलेका अधरहरु !
अधिक गुणले सम्पन्न !!
महलमा रमेका मनहरु !
ठान्दछन स्वयम बिपन्न !!
कुन शिल्पकारकी कृति हौं तिमी !
यति षोडस श्रृगारी !!
तिम्रै आचलमा रम्न आतुर !
मायका कोटी भिखारी !!
keshav Raj Adhikari
कुन लोककी परि हौ तिमी !
कहाँ होला तिम्रो निवाश !!
छमछम पाउजुको झंकारले !
लुट्छ्यौ जगको होस हवास !!
शालिनताकी प्रति मुर्ति !
कति शुशोभित नयनहरु !!
कोकिल कुण्ठ प्रिय बचन !
हर्छ्यौ साराका चयनहरु !!
कुन देवकी छोरी हौ तिमी !
कहाँ होला तिम्रो आवाश !!
रिमझिम रिमझिम बर्षाद बनी !
खोस्छ्यौ जगको होस हवास !!
कुन लोककी देवी हौ तिमी !
यति बिघ्न सुन्दरी !!
कहाँ होला जन्म घर !
धर्ति हो या स्वर्ग पुरी !!
कति मिलेका अधरहरु !
अधिक गुणले सम्पन्न !!
महलमा रमेका मनहरु !
ठान्दछन स्वयम बिपन्न !!
कुन शिल्पकारकी कृति हौं तिमी !
यति षोडस श्रृगारी !!
तिम्रै आचलमा रम्न आतुर !
मायका कोटी भिखारी !!
keshav Raj Adhikari
चाँदनी रुप मृग नयन चुल्ठो झरना सरी !
बेली हौ कि सुन केशरी कुन लोककी परी !!
ओठ खोल्दा मोती दाना जुन सर्माउँने !
सुर मधुर डाह गरी कोईली बर्बराउँने !!
छैन श्रृङगार कुनै कृतिम रंङ थरी थरी !
मेरै निम्ति आए जस्ती स्वर्ग बाट झरी !!
नुतन दिलको रोम रोममा प्रित फुलाई दिने !
पथ मै हुँ पथिक तिमी संसार भुलाई दिने !!
जादु हो कि टुना मुना भएँ पगल सरी !
तिम्रै दासी बनु लाग्यो सयौँ जुनी भरी !!
keshav Raj Adhikari
बेली हौ कि सुन केशरी कुन लोककी परी !!
ओठ खोल्दा मोती दाना जुन सर्माउँने !
सुर मधुर डाह गरी कोईली बर्बराउँने !!
छैन श्रृङगार कुनै कृतिम रंङ थरी थरी !
मेरै निम्ति आए जस्ती स्वर्ग बाट झरी !!
नुतन दिलको रोम रोममा प्रित फुलाई दिने !
पथ मै हुँ पथिक तिमी संसार भुलाई दिने !!
जादु हो कि टुना मुना भएँ पगल सरी !
तिम्रै दासी बनु लाग्यो सयौँ जुनी भरी !!
keshav Raj Adhikari
परी.....
छन गाला पोटिला र ओठ रसिला !
हात गोडा साह्रै कोमल कलिला !!
मन्द मुस्कानमा सजिएकी रानी !
हेर ! शितलव टल्केको जवानी !!
हावा पनि डरायो उनलाई छुन !
दाग बिनाकी हुन धर्तीकी जुन !!
हेर्दा पनि आँखाले लाग्छ कि दाग !
रुपमा धपक्क बलेको चिराग !!
लामो कपाल मिलेको जिउडाल !
हिंडाइ क्या आहा ! मयुरको चाल !!
फुर्सदमा बनाएकी परी उनी !
सदाबहार छिन सुन्दर तरुनी !!
उनमै छ मिठो सुगन्ध सुवास !
छ आवाजमा कोईलीको मिठास !!
सकिन्न उनलाई कतै छोडेर हिड्न !
बनिन प्राण जस्तो अति नै अभिन्न !!
keshav Raj Adhikari
छन गाला पोटिला र ओठ रसिला !
हात गोडा साह्रै कोमल कलिला !!
मन्द मुस्कानमा सजिएकी रानी !
हेर ! शितलव टल्केको जवानी !!
हावा पनि डरायो उनलाई छुन !
दाग बिनाकी हुन धर्तीकी जुन !!
हेर्दा पनि आँखाले लाग्छ कि दाग !
रुपमा धपक्क बलेको चिराग !!
लामो कपाल मिलेको जिउडाल !
हिंडाइ क्या आहा ! मयुरको चाल !!
फुर्सदमा बनाएकी परी उनी !
सदाबहार छिन सुन्दर तरुनी !!
उनमै छ मिठो सुगन्ध सुवास !
छ आवाजमा कोईलीको मिठास !!
सकिन्न उनलाई कतै छोडेर हिड्न !
बनिन प्राण जस्तो अति नै अभिन्न !!
keshav Raj Adhikari
Sunday, 30 July 2017
गित....
बिहे गर्ने बेला भयो घर मेरो चितवन !
गर्लफ्रेण्ड मेरा धेरै भए खै कसरी भनौं !!
कार्यक्रम गर्न जाँदा पर्बतको कुस्मा !
झ्याप्पै मन परिहाल्यो दिलै बस्यो उसमा !!
बिहे गरम भन्दै थिई काठमाण्डौकी केटि !
झ्याप्पै आँट्न सकिन म भन्दा पनि जेठी !!
फेसबुकमा भेटिएकी बाग्लुङ बजारकी !
लाखौँ पर्ने रुपै उनको बोली हजारकी !!
डल्ली डल्ली घर्ती केटि घर म्याग्दीको बेनि !
हजुरले हुन्छ भने गर्छु भन्छे जेनि !!
गुल्मीकीले मन पराईछन नाम उनको सरु !
बिहे गर्ने कोहि भेटिन्नन मैले कसो गरु !!
घर ज्वाँइ बसे हुन्छ भन्थी भक्तपुरकीले !
चितवने्ले भगाउ भन्छे दिल चित्त मिले !!
चिम्सी चिम्सी मन पराउँछे पाल्पाकी मगरनी !
अग्लो परें आफू फेरि डल्ली बिहे नगरनीणढ !!
तपाइँ बिना मर्छु भन्छे गोर्खाकी गुर्सिनी !
रहर मेरो होईन फेरि मायामा घुर्सिनी !!
चित्त बुझ्छ क्षेत्री अनि पाएदेखी बाहुनी !
नर्स केटि मन पर्छ खै कता हो पाउनी !!
घुम्दै जाँदा पुर्ब तिर राम्रो शहर धरान !
एउटी राई पछि लाईछ फाल्छु भन्छे परान !!
भारतमा पनि भएन कुरो चिन्का चाहिएन !
जापान जानी जाली भन्छन पिरती लाईएन !!
आँखा तर्छे डिभी परि अमेरिका जानी !
सिड्नी हुने बोल्नै छोडी हैजाले खानी !!
कुवेत भएकी पछि लाईछ मान्छे रैछ सानी !
दुबई बस्ने सुड्डी रैछ दैबले लैजानी !!
बहराईनमा मिल्ने साथी क्यानडामा रानी !
जता भन्यो त्यतै गर्लफ्रेण्ड अब कता जानी !!
आजसम्म पाएको छैन मन मिल्ने मान्छे !
एउटी पागल पछी लाएर टाउको मात्रै खान्छे !!
घरबार जोड्न मन्छ मलाई कास्कीको पोखरा !
त्यता कुरो चलाई दिने पो आफन्त को छ र !!
कुल घरानको छोरो म त गाउँमा ठाडो शिर छ !
कस्ती केटि बिहे गर्ने हो मलाई त्यत्ती पिर छ !!

खेती गर्ने हली बाउसे सबै युरोप खाडी गए !
बुढा बुढी बाल बच्चालाई गाउँमा एक्लै छाडी गए !!
बुहारी पनि बोर्डिङ खोज्दै शहर बजार झरेपछि !
न त घरमा खसी बाख्रा न लैनो गाई भैंसी भए !!
कसले समाउँने हलो अनौ कसले धपाउँने बाँदर खै !
युबा सबै जाँडको भट्टी युवती पार्लर धाउँने भए !!
किन मान्नु असार पन्द्र किन खानु दहि चिउरा !
खेत जति घडेरी भो बारी जति झाडी भए !!
हात बित्ता नापी नापी जग्गा जति बेची खाने !
सबका घरमा बाईक अनि फजुल खर्ची गाडी भए !!
कहिले होला बुद्धि फिर्ने कहिले खेत बारी खन्ने !
हरियाली समृद्व आत्मनिर्भर हामी अनि नेपाल बन्ने !!

शान्त शान्ति नेपालीको !
अाज किन यस्तो हाल भाे !!
बुद्ध जन्मेको देश नेपालमा !
बुद्विकाे किन अनिकाल भाे !!
पहरा गर्ने स्वयम्भुकाे तिनै नेत्र !
कहिँ बन्द त भएनन !!
रक्षा गर्ने पशुपतिले शक्ति बाेकि !
कहिँ अन्तै त गएनन !!
बुद्धको शान्त अनुहारमा पनि !
चिन्ताकाे रेखा भेट्छु म !!
स्वयम्भुकाे मौन अाँखामा पनि !
बिबशताकाे अाँशु देख्छु म !!
बिशाल हिमालकाे छातीमा !
अाज भाेली बिजुली चम्किन्छ रे !!
सधैं शान्त हुने ती गाउँ बेशीमा !
पनि चट्याङ थर्किन्छ रे !!
मन उदाश छ साेच्दै छु !
कहिँ शहिदकाे बलिदान !!
त्यसै खेर जाने त हाेईन !
लुटेराहरु तयार छन बस्ती लुट्न !!
कहिँ पूर्खाकाे धराेहरु लुटेर लाने त हाेइन !!!

कहिले तिरौ आमा तिम्रो दुधको भारा मैले !
दिनु दु:ख दिएँ आमा सानो छँदा मैले !!
आफू एक गाँस खाएर मलाई टन्नै खुवाउँने गर्थ्यौ !
मलाई कहिले ठेस लाग्दा आत्तिएर आउँने गर्थ्यौ !!
घाँसको भारी ल्याउँदा पनि त्यसै माथी चढाउँथ्यौ !
मात्तिएर डुल्न खोज्दा कान समाती पढाउँथ्यौ !!
घरको सबै जिम्मा लिने महान छौ नि मेरी आमा !
सानो छँदा राम्रो हुन लगाई दिन्थ्यौ मलाई कपडा !!
सानो छँदा खाना खुवाई आफ्नै हातले चुठाउँथ्यौ !
मेरो बाबु मेरो राजा भनी काँखमा सुताउँथ्यौ !!
तिम्रो माया पाए मैले संसार पनि भुली दिन्थे !
तिम्रो काँखमा सधै भरि झुला बनी झुली दिन्थे !!
तिम्रो माया निश्चल थियो छल कपट थिएन !
सानो छँदा यो छोरोले कहिले सुख दिएन !!
जति दुख दिए पनि हाँसी हाँसी टारि दिन्थ्यौ !
सबैलाई तिम्रै निश्चिल माया भित्र पारी दिन्थ्यौ !!
अहिले ठुलो भए पनि सानाको झै माया गर्छ्यौ !
बाबासंग लुकाई लुकाई पकेट खर्च दिने गर्छ्यौ !!
धर्म कर्म गर्न आमा कुन मन्दिरमा अब जाउ !
सधै भरि तिम्रै छोरो भई जन्म लिन पाउँ !!

आँखा छोपी नरोउ..........
आँखा छोपी नरोउ भनी भन्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
भोली उठी कहाँ जाने केही थाहा छैन !
फर्की आउँने हो कि होईन केही थाहा छैन !!
बाचा छिट्टै आउँछु भनी गर्नु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
छाती भरी गाउँ बेसी पखेरी छाया !
आँखा भरी मेला पात मायालुको माया !!
आफैंलाई छाडी कतै जानु पर्या छ !
मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ !!
भन्ने कुरा कति थियो छाती भित्रै रह्यो !
परेलीका ओठबाट आँशु झरी रह्यो !!
कुल्चिएर आफैंलाई हिँड्नु पर्या छ !

Friday, 28 July 2017
पासपोर्टको पाना भरी भिषा लाउँदा लाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!
बिहे गर्यो तिन महिनामा प्रदेशतिर गयो !
माया बस्ने घर भित्र अनि झुटो शंका भयो !!
अाफ्नो त बेला बित्यो अर्कैको घर छाउँदा छाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!
पासपोर्टको पाना भरी भिषा लाउँदा लाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!
छुट्टि गयो रुँदा रुँदै हिंडेने बेला हुन्छ !
यता दाम जोडिदैन ऋण तिर्ने बेला हुन्छ !!
पासपोर्टको पाना भरी भिषा लाउँदा लाउँदै !
जिन्दगी नै रित्ती सक्यो प्रदेश धाउँदा धाउँदै !!
रोधी घर बिरानो भो अर्कैको गित गाउँदा गाउँदै !

Thursday, 27 July 2017
#नाग_पंचमीको_शुभकामना
१२ साउन अाज शुक्रवार नागपञ्चमी परेको छ। यस वर्षको नागपञ्चमीमै जनै पूर्णिमा र रक्षाबन्धन पनि परेको छ। नाग पञ्चमीका बारेमा प्रचलनमा रहेका दुई वटा कथाहरू हामी यहाँ बताउँदैछौं।
कथा १
एक राजाका सात पुत्र थिए। उनीहरू सबैको बिवाह भई सकेको थियो। ती मध्ये ६ वटा छोराका सन्तान भई सकेका थिए। कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन। कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे। सन्तान नभएको दुःखमा परेकी उनी सासू,नन्द र जेठानीहरूको व्यंग्य वाण सहन नसकेर धुरुधुरु रुन्थिन। उनका पतिले सम्झाउँथे,सन्तान हुनु नहुनु भाग्यको अधीनमा छ। किन दुःखी हुन्छौ ?
उनी भन्थिन,सबै जना मलाई बाँझी भनेर जिस्काउँछन। पतिले भने, संसारले त अनेक कुरा गर्छ नि। मैले तिमीलाई कहिल्यै कठोर बचन गरेको छैन क्यारे। तिमी मलाई ध्यान देउ र तनाव नलिउँ।
पतिको कुरा सुनेर उनलाई सान्त्वना प्राप्त हुन्थ्यो। तर कसैले बचन लगाउँदा उनी रुन्थिन।
यसै गरी दिन बित्दै जाँदा नाग पञ्चमी आयो। नाग पञ्चमीको अघिल्लो रात चौथीमा उनले सपनामा पाँच वटा नाग देखिन। ती मध्ये एक नागले उनलाई सम्बोधन गर्दै भने,हे पुत्री भोलि नाग पञ्चमी छ। तिमी हाम्रो पूजा गर। त्यसपछि तिमीले सन्तान पाउनेछौ। त्यसपछि उनले पाँच वटा नाग देखेको भएर पाँचै नागको आकृति बनाएर पूजा गरिन। नागहरूलाई चिसो खानेकुरा मन पर्ने भएकाले उनले काँचो दूध चढाईन।
यसरी नागलाई पूजा गरेको नौ महिनापछि उनलाई सन्तान लाभ भयो।
कथा २
कुनै गाउँमा एक किसान परिवार बस्थ्यो। किसानका दुई छोरा र एक छोरी थिए। एक दिन किसानले हलो जोत्दा खेरी नागका तीन बच्चाहरू त्यसमा किचिएर मरे। नागिनले पहिला त धेरै बिलाप गरिन,अनि पछि आफ्नो सन्तानको हत्या गर्ने व्यक्तिसँग बदला लिने संकल्प गरिन। राति आएर नागिनले किसान,उसकी पत्नी र दुवै छोरालाई डसिन। छोरी चाहिँ मामा घर गएकीले बचिन।
भोलिपल्ट हल्ला खल्ला भएपछि मामा घरबाट छोरी आईन। नागिन पनि उनलाई डस्नका लागि त्यहाँ आईपुगिन। नागिनलाई देखेर छोरीले दूधको कचौरा अघि राखेर क्षमा प्रार्थना गरिन।
त्यसपछि नागिन प्रसन्न भएर माता पिता र दुवै भाईहरूलाई पुनर्जीवित गरिदिईन। त्यो दिन श्रावण शुक्ल पञ्चमी तिथि परेको थियो। त्यही भएर नागहरूको कोपबाट बच्नका लागि यस दिन नागहरूको पूजा गरिन्छ।

#जनै_पुर्णिमाको_मंगलमय_शुभकामना
हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दाया हात मुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खास गरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराई दिने प्रचलन रहेको छ।
जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगाईन्छ।
येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।
अर्थात भगवान वामन अवताररूपी विष्णुले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए। त्यही बन्धनले तपाईंको हातमा पनि बाँधि दिएको छु। तपाईंको रक्षा होस। एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन। नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ। सामान्यतया मनुष्यको आयु सय बर्षको मानिएको छ। चार बर्ष पूरा गरी पाँच बर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जिबनावधि ९६ बर्ष रहेको कुरा जनाउँछ।
यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ,त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ। जनै बनाउँदा पाँच ग्रन्थी अर्थात पाँच गाँठा पारिन्छन। यी पाँच गाँठा पञ्च महायज्ञका प्रतीक हुन। त्यस्तै गरी यस दिन बाँधिने रक्षा बन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो। हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा,विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।
जनै शब्दको अर्थ जनाउँनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तीको लागी अन्य व्यक्तीलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ। जस्तै जनै धारण गरेको व्यक्ती हिन्दू हो भन्ने जनाउँने गर्छ,दिशा पिसाब गरेर हात मुख न धोउन्जेल सम्म जनै कानमा राख्ने गरिन्छ। यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्यक्ति हात मुख धोएर सुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ। जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै गोत्र र पर्वर अनुशारको गाँठो दिईन्छ।
यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ। यस्तै धेरै कुराको जानकारी गराउँने जनै पौराणीक कालमा सुनको बनाउँने गरिन्थ्यो। कालांतरमा चाँदीको र अहिले आएर धागोको बनाउँन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुँदैन। ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ। सुद्ध जमिनमा उम्रेको कपासलाई सधवा ब्राह्मणी (ब्राह्मणको पत्नी)ले कातेको धागोको जनै बनाएर जनै पुर्णिमाको दिन वैदिक मन्त्र द्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ।

Sunday, 23 July 2017
जिन्दगी एउटा उपहार हो भनि स्वीकार गरे !
जिन्दगी एउटा अहसास हो भनि महसुस गरे !!
जिन्दगी एउटा दुख दर्द हो भनि बाँड्न खोजे !
जिन्दगी एउटा प्यास हो भनि प्यास मेटाउँन खोजे !!
जिन्दगी एउटा मिलन हो भनि मुस्कुराउँन खोजे !
जिन्दगी एउटा बिछोड हो भनि मनमा धैर्य गरे !!
जिन्दगी एउटा आँशु पनि हो भनि पिउँन खोजे !
जिन्दगी आखिर जिन्दगी हो भनि जिउँन खोजे !!
वास्तबमा जिन्दगी के रहेछ आजसम्म बुझ्न सकिन !!!

चालीसले छोए पछि आँखा कमजोर भयो !
कालो कपाल छेउ कुनामा सेतो हुँदै गयो !!
हेर्दा हेर्दै सियो भित्र धागो पस्नै छाड्यो !
अाँगन टाढा होला भन्ने डर लाग्न थाल्यो !!
छोरा छोरी भन्दा भन्दै आधी जिबन गयो !
घर व्यबहार भन्दैमा जिन्दगी जाने भयो !!
आमा बाउलाई बुढाबुढी भन्न लाज लाग्ने भयो !
चिन्ता धेरै लिन हुन्न रोग लाग्ला भन्ने डर भयो !!

धैर्य गर साथ दिन्छु न्यानो हात दिन्छु !
त्यो भन्दानी अझ सुन्दर मिठो रात दिन्छु !!
एक्लै हौली बेचैन हौली बाटो हेर्दै हौली !
प्रदेशीको याद आउँदा फोटो हेर्दै हौली !!
पर्खि बस जिबन जिउँन एउटा जात दिन्छु !
त्यो भन्दानी अझ राम्रो मिठो रात दिन्छु !!
परेवाको जोडी देख्दा मन्मा कल्पिदी हौ !
किनारामा बसी एक्लै छालमा छल्किदी हौ !!
तरङ्गमा बग्दै आउ मन्मा बास दिन्छु !

Saturday, 15 July 2017
तिम्रो मेरो सपनाको एउटा घर बनाउँनु है !
दुष्मनको नजर भन्दा अली पर बनाउँनु है !!
महल बनाउँन नसके पनि झुपडी मै रमाउँला !
आउँदैछु म पनि तिमी काटेर खर बनाउँनु है !!
संगै उडी जाने त्यो डाँफे मुनाल जोडी जस्तै !
हाम्रो माया ढुङ्गा माटोको भर बनाउँनु है !!
भन्छन सबै अमुल्य हुन्छ माया भन्ने चिज !
हाम्रो प्रेमको त्यस्तै मिठो सफर बनाउँनु है !!
हाम्रो नाता छुटाउँन जुट्न सक्छ यो दुनिया !
कसैको कुरा नसुन्नु मन पत्थर बनाउँनु है !!
संगै मर्ने संगै बाँच्ने बाचा कसम खाँउला सानू !
सयौं जुनि संगै हुने बर पिपल बनाउँनु है !!

Wednesday, 12 July 2017
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी !
निभेको दीप झैँ भयो उदाश मेरो जिन्दगी !!
चुरा फुटे सरी भयो चराहरू उडी गए !
चुरा फुटे सरी भयो चराहरू उडी गए !!
हजार कोपिलाहरू नमुस्कुराउँदै झरे !
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी !!
बिहान जो खुशी थियो जलेर साँझ भई सक्यो !
भिजेको पात पातमा निशादको कथा थियो !!
अधेँरी रात झैँ भयो बिषाद मेरो जिन्दगी !
जलि रहेछ लास भित्र भित्र कहीँ छातीमा !!
टुटे फुटेका स्वप्न झैँ अँगार मात्र छातीमा !
बिजन बदल सरी भयो उराठ मेरो जिन्दगी !!

जून फूल मैले चाहेको थिएँ कसैले टिपेछ !
सौन्दर्य बनि त्यो सधै मेरो आँखामा लुकेछ !!
सुख र दुख संगाली दिने जिबनमा त्यहि थियो !
दिन रात अब म देखि टाढा भएर गई दिए !!
बिरानो बनि प्रत्येक पल मेरो यो मुटु धड्किन्छ !
बितेका तिनै पुराना कुरक सम्झाई तड्पिन्छ !!
बाँची नै रह्यो केबल चाहि मुटुमा चोट पारी !
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी !!
चर्केको माया जोडि दिने फेरि बस्तु नै के छ र !
मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र !!

पिरतीमा मैले जस्तो तिमिले हार्नु नपरोस !
दु:खमा पनि सुख छ भनी टार्न नपरोस !!
तिम्रै यादमा बगे कत्ती आँशुका मुलहरु !
मैले जस्तो आँशुका थोपाहरु झार्न नपरोस !!
मेरो याद आयो भने बहानामा टारी दिनु !
अब मैले जिबनको जंघार तार्नु नपरोस !!
जहाँ छौ तिमी त्यही सदा खुशी रहनु !
कठोर त्यो तिम्रो मन अन्त सार्नु नपरोस !!

आफ्नो मन आफैसंग ढाँटन नमिल्ने !
दुखेपनि अरुसंग साट्न नमिल्ने !!
आफ्नो मन आफैसंग ढाँटन नमिल्ने !!!
खडेरी त चैतमा भन्थे साउन पनि उही आयो !
जति खुशी थिए मेरा डढेलोले खायो !!
आफ्नो छाया आफैसंग भाग्न नमिल्ने !!!
दुखेको मन अरुसंग साट्न नमिल्ने !
आफ्नो मन आफैसंग ढाँटन नमिल्ने !!
बाँच्नु पर्यो राप बोकी शितल कहीं पाईन !
भौतारिन्छु एक्लै-एक्लै आफ्नो कोहि छैन !!
आकार फेरी मनलाई कतै ढाल्न नमिल्ने !
मन फाटे सरि आफै फाटन नमिल्ने !!

दिलको ढोका खूला नै छ तिमी आए हून्छ !
चोखो मेरो आत्मसंग माया लाए हून्छ !!
रोपौ संगै फूल पनि पिरतिको बगानमा !
भमरा भै रस चूस्न तिमीले चाहे हून्छ !!
म पनि त गरीब हूँ झूपडीमै हून्छ बास !
गून्द्रूक ढिडो खाउँला बरु साथ पाए हून्छ !!
सून्दरताको प्रती मूर्ती तिमी पनि त्यत्तिकै छौ !
संगै बसि मिलनको गित गाए हून्छ !!
गरौँ बरु भाकल पनि देउरालीलाइ सम्झिएर !
निराशाको जिबनमा खुशीयाली छाए हून्छ !!

Sunday, 9 July 2017
नयाँ राष्ट्रिय गान..........
जागिर खोज्दै खाडीतिर लम्किएका नेपाली !
जोश जाँगर देखाउँदैछन घाममा बेल्चा उचाली !!
प्राकृतिक सम्पदाको धनी हाम्रो देश नेपाल !
माल पाएर चाल नपाउँदा भईयो हामी बेहाल !!
महंगी र अभाबले थिच्यो जनताको शिर !
धनीलाई भो मोज मस्ती गरिबलाई भने पिर !!
नेताहरुको भोट बैंकमा हिमाल पहाड तराई !
चुनाबमा साईनो लाउँछन चुनाब पछि पराई !!
बहुजाती भाषा धर्म संस्कृति छन कति धेरै !
बुद्धि भ्रष्ट नेताहरू झगडा गर्छन जति खेरै !!
नेपाल बन्द तोडफोड राजनीति छ बिशाल !
अभागी यो राष्ट्र हाम्रो जय जय जय नेपाल !!

पत्रकार सम्मेलनमा केपि अोली बिचको कुराकानी......!!!
पत्रकार :- प्रधानमन्त्री ज्यू नमस्कार !
अाेली :- जस्तालाई तस्तै,ढिँडाेलाई निस्तै,नमस्कार मेराे पनि।
पत्रकार :- पछिल्ला केही महिनादेखि सरकार प्रमुख हुनुहुन्छ। सरकार चलाउँदाकाे अनुभव कस्ताे हुँदैछ ?
अाेली :- भँगेराे मार्न सजिलाे भुत्ल्याउँन गाह्राे भन्ने सुनेकाे थिएँ। भाेग्दै छु,साेचे जस्ताे सजिलाे छैन।
पत्रकार :- एमाले सरकारकाे कार्यशैलीमा नेपाली कांग्रेसभित्र दुई धार छ। गगन थापा र सुजाता काेईराला चाहि तपाईंको समर्थनमा छ नि के हाे गाँठे ?
अाेली :- के भनाैँ खै,लेखनाथ पाैडेलकाे कविता सुन्नु भएकाे छैन कि के हाे ? सुन्नुस,हिलैमा भ्यागुताे बस्छ, हिलैमा कमल स्थिति। स्थानले के कुरा गर्नु ? भिन्नै छ गुणकाे गति।
पत्रकार :- माअाेवादी पार्टी कहिले एमालेकाे समर्थन गर्छ त कहिले बिराेध गर्छ। यसमा केही कारण छ कि ?
अाेली :- माअाेबादी पार्टी जँड्याहा पाेई जस्ताे हाे,कहिले त्यहि मुखले मिठाे मुइँ खान्छ। कहिले नमीठाे गाली गर्छ। जस्ताे भएनी सहनै पर्ने,के गर्नु ? पाेई त अाखिर पाेई नै हाे नि।
पत्रकार :- इण्डियाले ढलाउँनै अाँटेकाे एमाले सरकार कसरी जाेगाउँनु भयाे ?
अाेली :- हा हा हा हा हा हा हा हा हा हा !!
ईण्डिया भन्दा अाईडिया ठुलाे भन्ने थाहा छैन तपाईंलाई ??
पत्रकार :- कहिले काहीँ पार्टी भित्रैबाट पनि तपाईंको बिराेध हुन्छ नि।
अाेली :- के भनाैँ,झगडालू स्वास्नी काउसोकाे माला भन्छु चित्त बुझाउँछु।
पत्रकार :- राजदूत दीप कुमार उपाध्यायलाई फिर्ता
बाेलाउँनु भयाे नि,किन हाे ?
अाेली :- कांग्रेसले नियुक्ति दिएकै भए नि केही गर्छन कि भन्ने लागेकाे थियाे। ढिकीले स्वर्ग गए पनि धानै कुट्दाे रहेछ। माखाे मारेनन,फिर्ता बाेलाएँ।
पत्रकार :- शेर बहादुर देउवा किन यति बिधि भारत परस्त भएर बाेलेका हुन ?
अाेली :- लाटाे बाहुनकाे काम नै घन्टा बजाउँने हाे। शेर बहादुर देउवा बाेलि रहन्छन। मकैकाे राेटीमा घिउ
हाल्नु र माईतीकाे सम्पत्तिमा जीउ हाल्नु बेकार हाे भन्ने कुरा देउबालाई कसले बुझाई दिने ?
पत्रकार :- शेर बहादुर देउवाले कांग्रेसलाई अब केही देलान त ??
अाेली :- केही दिँदैनन,सफा सुग्घरी स्वास्नीकाे पाेई माेटाउँछ। फाेहाेरी स्वास्नीकाे कुकुर माेटाउँछ। देउवाका कारण काँग्रेस दुब्लाउँछ,भारत माेटाउँदै जान्छ। म त बुढाे भएँ,तपाईंहरु हेर्दै जानु हाेला।
पत्रकार :- राप्रपा नेपाल पार्टीले केही गर्छ कि ??
अाेली :- खै,मगरकाे उमेर र भेडाकाे उमेर ज्यान हेेरेर अन्दाज गर्न सकिँदाे रहेन्छ। केही गरेछ भने गरेपछि पत्याउँला ।
पत्रकार :- बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा थुप्रै व्यक्तिकाे उपस्थिति देखियाे। कसरी हेर्नु भएकाे छ यसलाई ?
अाेली :- हैन,कसरी हेर्नू अब,भालुकाे चाकमा भुत्लाकाे के दरिद्र ?? हाेलान् २/४ भुसुनाहरू।
पत्रकार :- मधेशी नेताहरू पछिल्लो पटक धेरै पटक दिल्ली धाई रहेका छन। केही छ यसमा ?
अाेली :- हा हा हा स्वास्नी रिसाए कहाँ जान्छे ? माईत।
अाेरालाे लागेकाे घाम र पखाला लागेकाे बुढाे कतिन्जेल टिक्छ ? थाहा हुँदैन। मधेसीलाई पखाला लाएकाे छ। छिटै सिद्धिन्छन।
पत्रकार :- उता सीके राउत मधेश देश टुक्रयाउँछु भन्दै
कुर्लिएका छन नि।
अाेली :- हा हा हा,घरमा चर्पी समेत बनाउँन नसक्ने दुई काैडीका बिहारी धोती घुस पैठियाहरूले देश बनाउँने रे।
पत्रकार :- सीके राउतलाई जेल हाल्ने या देश निकाला गर्नु पर्दैन ??
अाेली :- हैन,सबै कुकुर काँशी गए गू कसले खान्छ ? याे कुकुर यहीँ रहाेस। याे हल्लिएकाे दाँत हाे। एक दिन अाँफै फुस्किन्छ,टन्टै साफ.....!!!

आज फेरी बिगत सम्म पुगेर एक एक बिगत पल्टाउँदै गएँ। अनी तिमीलाई खोजे,तिमीलाई आफु नजिकै भेट्ने झुटो कोशीस गरे। तर त्यहाँ तिमी त के तिम्रो आभाष सम्म पनि थिएन। साँच्चै ति दिनहरुमा मैले तिमीलाई भित्र भित्रै माया गर्न थाली सकेको थिएँ। एक दिन तिमीले सोध्यौ,के तिमीले मलाई माया दिन थालेका हौ ? मैले न त हो भन्न सके न त होईन नै,तर हो रहेछ आज थाहा पाएँ तर...........!!!
Keshav Raj Adhikari
Keshav Raj Adhikari
प्रदेशी.....
एक जुग पछि फर्केर हेरेँ,आफू आएको बाटो लामो भई सकेछ। बिरानो भई सकेछ। बास बसेका ती पाटीहरु यात्राका अनगिन्ती मोडहरुमा ओझेल परि सकेछन। खण्डहर जस्तो घरको मझेरीमा दु:खी आमालाई एक्लै छोडेर भिरालो पाखो बारीमा बूढा बालाई एक्लै छोडेर एक जुग अघि हिँडेको म यी बिराना सडकहरु नापि रहेछु, निरन्तर पोखि रहेछु। बिरानो माटोमा पसिना तरतर भोलि कहाँ खोज्ने मैले मेरो पसिनाको मोल ? किनकि मेपलहरुले मलाई अपनाउँदैनन् किनकि साकुराले मलाई आफ्नो ठान्दैनन्।
न त मध्यरातको सूर्य मेरो हुन सक्छ।
न म छ महिने हिउँमा रमाउँन सक्छु।
न म खाडीमा अड्डा जमाउँन सक्छु।
र नेपालसंग मागौँ भने मेरो जवानीले मैले नेपाल सिच्न पाईन।
एक जुग पछि.....
हिजो सपनीमा घर गएँ सुटुक्क,आगो लिन गए झै गएँ सुटुक्क,तीन बर्षे भतिजीले सोधी,तिम्लो घल काँ हो ? एक जुग अघि घर छोडेर हिँडेको म,घरमा पराई भई सकेछु। बिदेशमा सधै बिदेशी म देशमा पनि बिदेशी भई सकेछु। सबै सबै ठाउँमा सधैँ सधैँको लागि प्रदेशी भई सकेछु।
एक जुग अघि घर छोडेर हिँडेको म सबै सबै ठाउँमा सधैँ सधैँको लागि प्रदेशी भई सकेछु।

कि कसो मित्रहरु.....
दूध बिनाको छाली हुँदैन !
अधिकारी कहिल्यै जाली हुँदैन !!
खोला बिनाको बगर हुँदैन !
अधिकारी नपुगेको शहर हुँदैन !!
उन बिनाको राडी हुँदैन !
अधिकारी नचढेको गाडी हुँदैन !!
पंखा बिनाको प्लेन हुँदैन !
अधिकारी कहिल्यै भिलेन हुँदैन !!
एक र दुई जोड्दा चार हुँदैन !
अधिकारीको कहिल्यै हार हुँदैन !!
मन्दिर कहिल्यै फोहोर हुँदैन !
अधिकारी संग कुरा गर्दा बोर हुँदैन !!
यो यो..या या नगरी RAP हुँदैन !
अधिकारी रक्सी खाएर कहिल्यै झ्याप हुँदैन !!
काठमाण्डौमा पिउँनलाई पानी हुँदैन !
अधिकारी संग संगत गरे कसैलाई हानी हुँदैन !!
जनताले भोट नदिएसम्म सरकार बन्दैन !
अधिकारी जस्तो ईमान्दार कोही हुँदैन !!
अधिकारी कहिल्यै जाली हुँदैन !
अधिकारी जस्तो ईमानदार कोही हुँदैन !!
#सम्पूर्ण_अधिकारी_परिवार

Tuesday, 20 June 2017
Tuesday, 13 June 2017
जिन्दगी हाम्रो.....
जिन्दगी हाम्रो खोलाको पानी सलल बगे झै !
जिन्दगी हाम्रो बादलु जस्तो हुरीले लगे झै !!
बाँचुन्जेल हामी हाँसखेल गरौ मरे के खानु छ !
बाँसको डोली चढेर जाँदा हामीले के लानु छ !!
जंगलको बाँस चानचुने पैसा धानको खाजामा !
बाँसको डोली चढेर जाँदा शंखको बाजामा !!
मान्छेको जिबन जाँदो नै रहेछ संसारै छाडेर !
स्वर्गीय हुँदा आफन्जनलाई बिरानो पारेर !!
मानिस जान्छ स्वर्गको बास मुटु नै चुँडाई !
खरानी हुँदा सबैले गर्छन आँशुले बिदाई !!

Thursday, 8 June 2017
बिदेशमा जाने लाहुरे बन्ने बुढी आमैलाई बर्षमा एक पटक नयाँ धोती र चोली फेरि दिने आफ्नी श्रीमतीलाई झपक्क गहनाले सजाएर दशैंमा संग संगै हात समाउँदै टिका थाप्न जाने रहर नेपाली समाजका अधिकांश युवाहरुमा थियो र अझैे पनि छ। यो हाम्रो बाध्यता र रहर दुबै हो। देशमा रोजगारीका कुनै अवसर नहुनु र बिहान बेलुकी छाक टार्न सधैं भरि धौ धौ हुने कारणले पनि उनीहरुमा लाहुरे हुने रहर जाग्नु स्वाभाविकै थियो। जब लाहुरे बनेर छोरो या श्रीमान आउँने आशामा थाल भरि अक्षता मुछेर आँगनीको डिलमा बसेर हेरेका घर परिवारले उसकॊ मृत्युको खबर सुन्छन। तब उनीहरुको दशैं आँशुको भेलसँगै बगेर कता हराउँछ कता।
नमुछे आमा दहीमा टीका नछरे जमरा !
दैबले पर्दा उठायो आमा आउँदिन फर्केर !!
झोलुङ्गाबाट उठेर छोरी खोई बाबा भन्नेछिन !
ब्युझेर प्रिया मुर्छिँदै फेरी दाँत पो बान्नेछिन !!
नफोरे प्रिया नारीका चुरा झर्याम्म पारेर !
जाँदैन दुःख आँशुका धारा बर्बरी झरेर !!

रघुपति राघव राजा राम.....
रघुपति राघब राजा राम,पतित पावन सीताराम ।
जय रघुनंदन जय घनश्याम,पतित पावन सीताराम ।।
भीड पडी जब भक्त पुकारे,दुर करो दुःख हमारे ।
दशरथ के घर जन्मे राम,पतित पावन सीताराम ।।
बिश्वमित्र मुनीश्वर आए,दशरथ भूप से बचन सुनाये ।
संग में भेजे लक्ष्मण राम,पतित पावन सीताराम ।।
बन में जाय ताङका मारी,चरण छुआए अहिल्या तारी ।
ऋषियों के दुःख हरते राम,पतित पावन सीताराम ।।
जनकपुरी रघुनंदन आए,नगर निवासी दर्शन पाए ।
सीता के मन भाए राम,पतित पावन सीताराम ।।
रघुनंदन के धनुष चढाया,सब राजों का मान घटाया ।
सीता ने वर पाए राम,पतित पावन सीताराम ।।
परशुराम क्रोधित हो आए,दुष्ट भूप मन में हर्षाए ।
जनक राजा ने किया प्रणाम,पतित पावन सीताराम ।।
बोले लखन सुनो मुनी ज्ञानी,संत नही होते अभिमानी ।
मीठी वाणी बोले राम,पतित पावन सीताराम ।।
लक्ष्मण बचन ध्यान मत दीजो,जो कुछ दण्ड दासको दीजौ ।
धनुष तुडईया मैँ हूँ राम,पतित पावन सीताराम ।।
लेकर के यह धनुष चढाओ,अपनी शक्ती मुझे दिखाओ ।
छुवत चाप चढाए राम,पतित पावन सीताराम ।।
हुई उर्मिला लखन की नारी,श्रुति कीर्ति रिपुसुदन प्यारी ।
हुई माण्डवी भरत के बाम,पतित पावन सीताराम ।।
अवधपुरी रघुनंदन आए,घर घर नारि मंगल गाए ।
बारह बरस बिताए राम,पतित पावन सीताराम ।।
गुरु बशिष्ट से आज्ञा लीनी,राज तिलक तैयारी कीनी ।
कल को होगे राजा राम,पतित पावन सीताराम ।।
कुटिल मंथरा ने बहकाई,कैकई ने यह बात सुनाई ।
दे दो मेंरे दो वरदान,पतित पावन सीताराम ।।
मेरी बिन्ति तुम सुन लीजो,भरत पुत्रको गद्वी दीजो ।
होते प्रातः बन भेजो राम,पतित पावन सीताराम ।।
धरनी गिरे भूप तत्काल,लगा दिल में सूल बिशाल ।
तब सुमंत बुलवाए राम,पतित पावन सीताराम ।।
राम पिताको शीश नवाए,मुख से बचन कहा नही जाए ।
कैकेयी बचन सुनायो राम,पतित पावन सीताराम ।।
राजा के तुम प्राणों प्यारे,ईनके दुःख हरोगे सारे ।
अब तुम बन में जाओ राम,पतित पावन सीताराम ।।
बन में चौदह बर्ष बिताओ,रघुनंदन रीति नीति अपनाओ ।
आगे ईच्छा तुम्हारी राम,पतित पावन सीताराम ।।
सुनत बचन राघव हर्षाए,माताजी के मंदिर आए ।
चरण कमल में किया प्रणाम,पतित पावन सीताराम ।।
माताजी मैँ तो बन जाउँ,चौदह बर्ष बाद फिर आउ ।
चरण कमल में देखूं सुख धाम,पतित पावन सीताराम ।।
सुनी शूल सम जब यह बानी,भू पर गिरी कौशल्या रानी ।
धीरज बंधा रहे श्रीराम,पतित पावन सीताराम ।।
सीताजी जब यह सुन पाई,रंग महल से नीचे आई ।
कौशिल्याको किया प्रणाम,पतित पावन सीताराम ।।
मेरी चुक क्षमा कर दीजो,बन जाने की आज्ञा दीजो ।
सीताको सम्झाते राम,पतित पावन सीताराम ।।
मेरी सीख सिया सुन लीजो,सास ससुरकी सेवा कीजो ।
मुझको भी होगा बिश्राम,पतित पावन सीताराम ।।
मेंरा दोष बता प्रभु दीजो,संग मुझे सेवा में लीजो । अर्धागिनी तुम्हारी राम,पतित पावन सीताराम ।।
समाचार सुनी लक्ष्मण आए,धनुष बाण संग परम सुहाए ।
बोले संग चलूंगा श्रीराम,पतित पावन सीताराम ।।

फोन आएन फोन आएन !
मेरी मायालुको मलाई फोन आएन !!
मेरो जिन्दगीको मलाई फोन आएन !!!
घर छोड्दा फोन गर्ने बाचा बन्धन थियो !
खबर केहि नपाउँदामा यो मन रुने भयो !!
साथी भाईको फोन आउँछ मेरो आएन !
मेरी मायालुको मलाई फोन आएन !!
जरूरी थियो मनको कुरा मनमै रह्यो !
प्रिय तिमीलाई सम्झदा खेरी !!
आँशु नै सुक्यो मेरो आँशु नै सुक्यो !
दिन रात मोबाईल हेर्न मैले छोडिन !!
फोन आएन फोन आएन !
मेरी मायालुको मलाई फोन आएन !!
हिजो राति सपनीमा मायालुलाई देखें !
सपनीकै आधारमा एउटा मेसेज लेखें !!
सन्चो बिसन्चो कस्तो छ है थाहै भएन !
फोन आएन फोन आएन !!
मेरी मायालुको मलाई फोन आएन !
मेरो जिन्दगीको मलाई फोन आएन !!
..........अन्तमा म अाफै टुप्लुक्कै घर पुग्दाको त्यो खुशीको क्षण मेरी मायालु यति खुशी भईन कि खुशीको कुनै सिमा नै रहेन।

ताजा अपडेट
श्री ३ शेर बहादुर देउबा प्रधानमन्त्री भए लगत्तै देउबाकी श्रीमती र प्रचन्ड दाहालकी श्रीमतीको फोनमा कुराकानी यस्तो छ। 📞
देउबाकी बुढी :- हेल्लो सिता बोल्नु भएको हो। म देउवाकी बुढी हुँ के। आज हाम्रा बुढा प्रधानमन्त्री हुनु भो,के के गर्नु पर्छनी बाई ?
प्रचन्डकी बुढी :- सर्व प्रथम पहिला त दिल्ली जाने तयारी गर। त्यही किसिमको साडी किनी दिन भन्नु। सबै जनाले हात मिलाउँछन,गला मिल्छन।
देउवाकी बुढी :- ए बा हो र मेरो महिनाबारी हुनी पालो आएको छ। महिनामारी भयो भने म त जान पाउँदिन। कसरी हात मिलाउँ,कसरी गला मिलाउँ खै।
प्रचण्डकी बुढी :- त्यस्तो केही टेन्सन लिन पर्दैन,महिनामारी भए पनि जान मज्जाले मिल्छ। बरु त्याहाँ पुगे पछि भ्वाँक्क पारेर पाद्न चाही नपाद्नु है। मैले त्याहाँ गएर भ्वाँक्क पाद्नाले त अाज तिम्रो बुढालाई चान्स मिल्यो
देउवाकी बुढी :- ए हो र बाई ? बरु खाना नखाईकन पटुका कसेर भोकै जान्छु,तर भ्वाँक्क पारेर पाद छोड्दिन। फेरि मेरो गल्तीले गर्दा केपी ओलीले चान्स पाउलान।
दुबै तर्फ क्या मज्जाले फोनमा बात भई रहेको थियो। हेल्लो हेल्लो भन्दा भन्दै अचानक मोबाईलमा बेट्री लो भएर मोबाईल स्विच अफ भयो।
क्रमश..........
Keshav Raj Adhikarii

Wednesday, 7 June 2017
Sunday, 4 June 2017
काङ्ग्रेसको चार तारे झन्डाले नाक र मुख छोपेर डुङ्गडुङ्गती गनाएको माओबादीको राजनैतीक लाश बोक्दै भरतपुरमा हिडि रहेको छ काङ्ग्रेस। सत्ता भन्दा अरु केही नदेख्ने देउवाको अकर्मण्यताका सिलसिलेवार हमलाहरु प्रजातन्त्रको अन्तिम श्वास ननिमोठे सम्म रोकिने देखिदैन। भरतपुरमा अब देवी ज्ञवालीले जितुन या रेणु दाहालले जितुन,त्यो प्रमुख कुरा रहेन। किन भने भरतपुरमा आजबाट जनताको आत्म निर्णय अधिकारको दाह संस्कार भएको छ।
लोकतान्त्रिक निर्वाचनको मुल्य र मान्यताहरुको घाँटीमा डोरी लगाएर काङ्ग्रेसको रुखमा झुण्ड्याईएको छ। धिक्कार छ संवैधानिक अधिकार सम्पन्न निर्वाचन आयोगको निर्णयलाई। यही नजिरको बन्दी बनाएर अब मतपत्रहरु तबसम्म च्यातिई रहनेछन,जबसम्म उठेका सबै उमेद्वारहरुलाई बिजयी घोषणा गरिने छैन। ए प्रजातन्त्रका कसाईहरु हो,दिनहुदिन बिधी र बिधानको हत्या गरेका हातहरु कथित राजनीतिको टालोले कहिले सम्म पुछि रहन्छौ ?
राज दरबार भित्र बस्ने एउटा सिँहको शिरबाट श्रीपेच निकालेर अनगिन्ती ब्वाँसाहरुको टाउकोमा लगाउँन ल्याएको होईन यो लोकतन्त्र। दरबारियाका मुठ्ठीहरु काटेर तिम्रा छोरा,छोरी, भाई,भतिजाहरुको मुठ्ठी भर्न बगाएको होईन हामीले रगत। तिम्रा घरानियाहरुको अबिर जात्राको लागि पुछिएका हैनन हजारौ चेलीबेटीका सिँउदोहरु। तिमीहरुको निर्लज्जता हेरेर छाती पिटी पिटी रुनको लागि कोख रित्याएका होईनन आमाहरुले। थोरै त लोकलाज राख ए कसाईहरु हो,भोली कात्रो ओढाई दिने मान्छे पनि नभेटिएला।

Friday, 2 June 2017
#हार्दिक_श्रद्वान्जली
दरबार हत्याकाण्ड जेठ १९ गते
गुरु ब्रह्मा गुरु विष्णुःगुरु देवो महेश्वरः ।
गुरु साक्षात् परब्रह्मा तस्मै श्री गुरवे नमः॥
गुरुवे सर्वलोकानाम् भिशजे भव रोगिणाम।
निर्धये सर्व विध्यानाम् श्री दक्षिणामूर्तये नमः॥
नेपालको कालो दिन.....✍
आज जेठ १९ गते आजको ठिक १६ बर्ष अगाडि २०५८ साल जेष्ठ १९ गते शुक्रबार राति हाम्रो देशका प्यारा राजा बिरेन्द्र र रानी ऐश्वर्यका साथै परिवारका सम्पूर्ण सदस्यहरुलाई सखाप पारिएको थियो। जुन दिन म लगाएत सारा नेपालीहरु रोएका थिए। त्यस पछि हाम्रो देश नेपाल र नेपाली जनताहरु रानो बिनाको माहुरी झै भएका थियौ र अहिले पनि उहि हालत छ।
जहाँ अहिले सम्म न कुनै शान्ति सम्झौता नै भएको छ,न त नेपाली जनताले संबिधान नै पाउँन सकेका छन। गिद्वले मरेको भैसीको मासु लुछे झैं मात्र एक अर्कामा कुर्सी लुछा लुछ गर्दै लडि रहेका छन। स-परिवारमा हार्दिक श्रद्धाञ्जली तथा वहाँहरुको नाम र काम सधै अमर रहोस.....!!! हार्दिक श्रद्वान्जली अर्पण गर्न चाहन्छु !!!
जय हिन्दु राष्ट्र नेपाल

Saturday, 27 May 2017
हिडदै होलीन लौरी टेकी चौतारीमा बस्दै !
नारी सबै माता हुन मेरी आमा जस्तै !!
कुप्रिएको ढाड अब हुन्न होला सिधा !
नरुनु है मेरी आमा मैले सन्देश दिदा !!
मुख दर्शन पाईन आज म छु धेरै टाढा !
हाँसी दिनु मेरी आमा मुहार सधैं गाढा !!
सम्झ्यौलीनी आज मलाई मझेरीमा बस्दै !
नारी सबै माता हुन मेरी आमा जस्तै !!
म चाहि पुगेँ प्रदेशमा तिमी बस घरै !
कस्ता भए हात पाउ बुढी आमा मेरै !!
औसीको दिन सुरजलाई बादल आई छेक्यो !
हजार भन्ज्याङ पारी आमा मुहार कसले देख्यो !!
मेरो सन्देश पाउँछ्यौ आमा चौतारीमा बस्दा !
सम्झ मलाई हावा हुरी पिपल पात खस्दा !!
यो छोराको बाचा ठान जित लान्छु माथी !
उच्च शीर झुक्दैन यो न त डग्छ छाती !!
खेर जान दिन्न कहिल्यै तिम्रो दुधको धारा !
चम्काउँनेछु नाम तिम्रै गगनका झै तारा !!
हेर्दै होलीन मेरै बाटो आँगनीमा बस्दै !
तिम्रै कोखमा जन्म लिएँ गौतम बुद्ध जस्तै !!

Friday, 26 May 2017
जिबनमा सबै भन्दा राम्रो साथ आफ्नो साथीले निभाएको हुन्छ। दु:ख पर्दा नरोउ भन्दै आँशु पुछी दिन्छ। खुशी हुँदा संग संगै हाँसि दिन्छ,न त कुनै स्वार्थ हुन्छ,न कुनै घाटा नाफाको हिसाब राख्छ। बस निरन्तर साथ दिईरहन्छ। मर्दाको मलामी बिहेको जन्ती जहाँ पनि साथ दिने साथी नै हुन्छ। मान्छे संग धन सम्पती न होस,तर दुख सुखमा साथ दिने साथी होस। कमसेकम मर्दा एक टुक्रा कात्रो लिएर घाट सम्म काँध लगाएर त लान्छ।
Keshav Raj Adhikari
Keshav Raj Adhikari
Thursday, 25 May 2017
Wednesday, 24 May 2017
रोजगारीको सुवर्ण अवसर.....
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
आवश्यकता.....अावश्यकता.....अावश्यकता.....
केटा,केटीहरुको लागि.....!!!
गहुँ काटन र दाँई हाल्नको लागी
योग्यता :- 10/12/B.Com/B.Sc/BA/MA/ph.d
फेल पास सबै चल्छ,नयाँ सिकारु पनि अाउँन पाईन्छ।
साथमा लिएर अाउँनुस :- खेतमा काम गर्दै गरेको दुई प्रति फोटो र नागरिकताको फोटो कपी।
तलब :- काम अनुसार
सुबिधा :- चाय,पानी,बिंडी,सिगरेट अौर एक टाईम खाना।
नोट :- हँसिया साथमा लिएर आउँनु होला।
स्थान :- कुर्दिस्तान
सिट सिमित छ।
तुरुन्त सम्पर्क गर्नु होला।

Tuesday, 23 May 2017
Monday, 22 May 2017
जो जस संग सम्बन्धित छ.....
खोई कहाँ छ देशको उन्नति !
जहिले पनि देश मरे सरि !!
आफ्नै भुँडी भर्न मात्र कुर्सीमा !
नेताहरुले राज गरे सरि !!
बन्द गर्छन दिन दिनै मेरो देश !
साँईलीको भट्टी जान होकी !!
हेर्दैनन् कसैको दुख चिल्ला साँढेहरु !
भाग्छन खोला तरे सरि !!
न शिक्षा न रोजगार न जनतालाई !
कुनै सुबिधा केहि छैन !!
नेता नै हाँसे नेता नै बाँचे !
मोज गरे साँढेको फल झरे सरि !!
हिंसा बलात्कार डर त्रास बन्द !
तोडफोड जुलुश नेताहरुकै देन हो !!
केवल मेरो देश लुटी रहे नेता चोरहरुले !
लुटको धन भाग्यमा परे सरि !!
Keshav Raj Adhikari
खोई कहाँ छ देशको उन्नति !
जहिले पनि देश मरे सरि !!
आफ्नै भुँडी भर्न मात्र कुर्सीमा !
नेताहरुले राज गरे सरि !!
बन्द गर्छन दिन दिनै मेरो देश !
साँईलीको भट्टी जान होकी !!
हेर्दैनन् कसैको दुख चिल्ला साँढेहरु !
भाग्छन खोला तरे सरि !!
न शिक्षा न रोजगार न जनतालाई !
कुनै सुबिधा केहि छैन !!
नेता नै हाँसे नेता नै बाँचे !
मोज गरे साँढेको फल झरे सरि !!
हिंसा बलात्कार डर त्रास बन्द !
तोडफोड जुलुश नेताहरुकै देन हो !!
केवल मेरो देश लुटी रहे नेता चोरहरुले !
लुटको धन भाग्यमा परे सरि !!
Keshav Raj Adhikari
#felling_confuse
मैले एक बिधार्थीलाई भाेट केमा हाल्याै भनेर सोधें। उसले माअोबादीलाई भोट दिएँ भनेर भन्यो। मैले फेरि त्यो बिद्यार्थीलाई किन माअोबादीलाई भोट हाल्यौ भनेर सोधें। उसले भन्याे कि माअोबादीलाई भोट दिएर जिताएपछि देशमा अान्दोलन भई रहन्छ। तोडफोड हुन्छ,मान्छे मार्छन,देशको जनसंख्या घट्छ। देशको जनसंख्या घटेपछि देशमा अलि खुकुलो हुन्छ भन्छ गाँठे.....!!! 😂😂😂😂😂
#माअोबादी_परेछ_डाम्ना

Sunday, 21 May 2017
Saturday, 20 May 2017
मानब शरिरका अंगहरुको मन्त्रीमण्डल गठन प्रक्रिया।
मस्तिष्क :- प्रधानमन्त्री
फोक्सो :- गृहमन्त्री
मुटु :- अर्थ तथा सिंचाई मन्त्री
खुट्टा :- यातायात मन्त्री
हात :- श्रम,सामाजिक,कल्याण र निर्माण मन्त्री
अाँखा :- न्याय तथा कानुन मन्त्री
टाउको :- परराष्ट्र तथा योजना मन्त्री
मुख :- शिक्षा तथा संस्कृति मन्त्री
दाँत :- उद्योग मन्त्री
नाक :- स्वास्थ्य तथा वातावरण मन्त्री
पेट :- खाद्य तथा अापुर्ति मन्त्री
छाला :- रक्षा मन्त्री
प्रजनन अंग :- जनसंख्या र स्थानीय मन्त्री
मलद्वार :- ढल तथा निकाश मन्त्री

Friday, 19 May 2017
हो त्यही रातो बाकस.....
बुनेका सपनाहरुलाई टुक्रा टुक्रा पारेर !
सासको आसाहरु भताभुङ्ग पारेर !!
निमुखा माथि हमला गर्न हतासमा !
एकहोरो झुकाब राख्दछ !!
हो त्यही रातो बाकस.....
दुबो झै फैलिएको मायालाई !
निमोठी गुण्टो पारेर !!
कलिला मुनाहरुको वास्ता नगरी !
आफैमा समाहित गर्न खोज्दछ !!
हो त्यही रातो बाकस.....
अाँखाको अाँशुको मोल नगरी !
शान्त मनका बिव्हल बनाई !!
आफैमा रमाउँछ निष्ठुरी !
बेपर्वाह गरेर हो त्यही रातो बाकस !!
Keshav Raj Adhikari
बुनेका सपनाहरुलाई टुक्रा टुक्रा पारेर !
सासको आसाहरु भताभुङ्ग पारेर !!
निमुखा माथि हमला गर्न हतासमा !
एकहोरो झुकाब राख्दछ !!
हो त्यही रातो बाकस.....
दुबो झै फैलिएको मायालाई !
निमोठी गुण्टो पारेर !!
कलिला मुनाहरुको वास्ता नगरी !
आफैमा समाहित गर्न खोज्दछ !!
हो त्यही रातो बाकस.....
अाँखाको अाँशुको मोल नगरी !
शान्त मनका बिव्हल बनाई !!
आफैमा रमाउँछ निष्ठुरी !
बेपर्वाह गरेर हो त्यही रातो बाकस !!
Keshav Raj Adhikari
हो मलाई थाहा छ !
म यो मरूभुमी भन्ने ठाउँमा !!
पल पल आफ्नो जवानी पगालेर !
हर पल सुन फलाउँछु !!
अनि रित्तै हात मुस्कुराउँछु !
तर म चाडै आउँनेछु !!
मेरो देश म आउँने छु !
मेरो एक मुठ्ठी जवानी लिएर !!
अनि त्यसलाई तिम्रो छातीको उर्वर माटोमा !
मज्जाले गोडमेल गरेर रोप्ने छु !!
जब त्यो फुलेर मगमग बासना छर्छ !
त्यसको सुगन्धले.....!!
तिमी एक मिठो निन्द्रा निदाउँने छौ !
मेरो देश मलाई प्रदेशी नभन !!

Thursday, 18 May 2017
गजल.....
चुनाब सकिएपछि गाँउतिर फर्कदैनन चोर नेता !
कागले झै आफ्नै गुणगान गाँउछन चोर नेता !!
लाखौं सप्ना देखाएर चुनाब जिति सकेपछि !
गाँउमा हैन देश बिदेश धाउँछन चोर नेता !!
देशका लागी केहि गर्ने सोच भएका छैनन यहाँ !
एक अर्कालाई आरोप मात्रै लाउँछन चोर नेता !!
दिन रात मेहनत गर्दा पनि छाक टर्दैन गरिबको !
बसी बसी अरबपति साहु भाछन चोर नेता !!
देशको ईज्जत कहाँ थियो कहाँ पुगी सक्यो !
बुझेर पनि नबुझे झै बुझ पचाउँछन चोर नेता !!

ताराबाजी लै लै !
काङग्रेस आए घोडा !!
एमाले आईन डोली !
सरकार आज हो कि भोली !!
देउवा प्रचण्ड ओली !
संविधान भन्यो गोली !!
पि आर भिटी सुटुक्क !
नुन तेल बिजुली कुटुक्क !!
बजेट सबै भुसुक्क !
जनता बिचरा लुटुक्क !!
मधेशी गर्छन क्याउ क्याउ !
तराई बेची छिट्टै खाउ !!
माओबादी गर्छन म्याउ म्याउ !
बैद्य बा भन्छन उछिटयाउ !! 😂😂😂✌✌
keshav Raj Adhikari
काङग्रेस आए घोडा !!
एमाले आईन डोली !
सरकार आज हो कि भोली !!
देउवा प्रचण्ड ओली !
संविधान भन्यो गोली !!
पि आर भिटी सुटुक्क !
नुन तेल बिजुली कुटुक्क !!
बजेट सबै भुसुक्क !
जनता बिचरा लुटुक्क !!
मधेशी गर्छन क्याउ क्याउ !
तराई बेची छिट्टै खाउ !!
माओबादी गर्छन म्याउ म्याउ !
बैद्य बा भन्छन उछिटयाउ !! 😂😂😂✌✌
keshav Raj Adhikari
Wednesday, 17 May 2017
भोट हाल्ने जनता भेडा !
भोट गन्ने नेता कछुवा पर्खिने बकुल्ला !!
देश युरोप अमेरिका हैन,चिडीया खाना बनाए !!!
दिन भरी चर्को घाममा लाईनमा उभिएर पसिनाको भल बगाउँदै भोट त दिईयो। तर रिजल्ट आउँने बेला सम्म आँखा र कान हेर्न र सुन्नै नसक्ने गरि बुढेसकाल लाग्ने हो कि भन्ने पिर छ गाँठे.....!!! 😂😂😂😂😂

गित.....
अाज राती तिम्रो याद अाएछ !
सुत्छु भन्दा बिहानी भएछ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मलाई केवल सानु तिम्रो साथ छैन !
नसम्झेको दिन छैन रात छैन !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मिठै खाछु नराम्रो लाछैन !
तर पनि मन खुशी भाछैन !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
खुशी किन्न सकिन धनले नी !
तिम्रो साथमा बस्न पाईननी !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
अाज सम्म यो मनले चाहेको !
तिमी बाहेक छु सबै पाएको !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
रात कटाउँछु दिन बिताउँन गाह्रो छ !
तिम्रै यादले याकुल र ब्याकुल छ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
अाँखा भरी अाँशुको भल बग्छ !
तिम्रै यादले साह्रै नै सताउँछ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
किन तिमी निष्ठुरी बन्यौ !
मेसेज गर्दा रिप्लाई नी दिन्नौ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मेरो यादले सताउँछ भने !
फोन गर है अनलाईनमा छौ भने !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
छिट्टै फर्कि अाउ चाँडो पोखरा !
तिमी बाहेक मेरो नी को छ र !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
केशब राज अधिकारी
हाल :- कुर्दिस्तान
कास्की,पोखरा
अाज राती तिम्रो याद अाएछ !
सुत्छु भन्दा बिहानी भएछ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मलाई केवल सानु तिम्रो साथ छैन !
नसम्झेको दिन छैन रात छैन !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मिठै खाछु नराम्रो लाछैन !
तर पनि मन खुशी भाछैन !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
खुशी किन्न सकिन धनले नी !
तिम्रो साथमा बस्न पाईननी !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
अाज सम्म यो मनले चाहेको !
तिमी बाहेक छु सबै पाएको !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
रात कटाउँछु दिन बिताउँन गाह्रो छ !
तिम्रै यादले याकुल र ब्याकुल छ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
अाँखा भरी अाँशुको भल बग्छ !
तिम्रै यादले साह्रै नै सताउँछ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
किन तिमी निष्ठुरी बन्यौ !
मेसेज गर्दा रिप्लाई नी दिन्नौ !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
मेरो यादले सताउँछ भने !
फोन गर है अनलाईनमा छौ भने !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
छिट्टै फर्कि अाउ चाँडो पोखरा !
तिमी बाहेक मेरो नी को छ र !!
शितल दिने पिपल समी छ !
अरु मलाई पुगेकै छ सानु !!
तिमी छैनौ तिम्रै कमि छ !!!
केशब राज अधिकारी
हाल :- कुर्दिस्तान
कास्की,पोखरा
गजल
जति गरे पनि जिबनमै सुखद पल अाएन !
अाजसम्म मेरो हृदयमा ढाँट छल अाएन !!
भन्नुस नेताजी नेपाल स्वतन्त्र मुलुक नै हो !
अनि म भोट दिन्छु भनेको कुनै दल अाएन !!
मानव अधिकार भाषणमा मात्र सुनिन्छ नि !
दिउँसै गोली चल्दा खै त सुरक्षा बल अाएन !!
मरेपछि माया देखाउँने यहाँ पुरानै चलन छ !
बाँचुञ्जेल कुनै दिन एक थोपा जल अाएन !!
हार जीत हुन्छ भनेरै त चुनाव गरेको होला !
जसले जीते पनि अहिलेसम्म मीठो फल अाएन !!

कविता
पूर्वमा हेर उदायो लाली उज्यालो हुँदैछ !
छर्केर ज्योति उदायो घाम अब केहि हुनेछ !!
लौ गणतान्त्रिक संबिधान अब कार्यान्वित हुँदैछ !
नेपालीपन नेपालीमन खुशीले खुल्दैछ !!
सामन्त भ्रष्ट लुटाहा ठग दलाल मासिन्छ !
चाकरीतन्त्र साम्राज्यवादी फटाहा नासिन्छ !!
जागेर सबै उठेर हिंड पौरखी बन्नु छ !
देशको रुप सुनौलो पार्न सबैले जुट्नु छ !!
गरिबी दुख फालेर सबै सम्पन्न बन्नुछ !
उद्योग धन्दा खोलेर आफै सक्षम बन्नुछ !!
चाहिने चीज आफैले सबै निर्माण गर्नुछ !
अर्काको भर नपरी सब सबल बन्नुछ !!
नेपाली झन्डा उचाली अब अगाडि बढ्नुछ !
बिश्वका सामु नेपाली शान ईज्जत राख्नुछ !!

Tuesday, 16 May 2017
Monday, 15 May 2017
यता ब्यालेन्स छैन काली मिसकल गर्छु ल !
आज तिमी कल ब्याक गर पछि तिर्छु ल !!
मेरो त घरबेटी नै कचकचे वाक्क दिक्क भाछु !
तिम्रो डेरा खाली छ रे म पनि त्यतै सर्छु ल !!
एक्लै तिमी एक्लै म किन साक्षी चाहियो !
अनुमती पाएदेखी तिम्रो सिउँदो भर्छु ल !!
अस्ति बोल्यौ हिजो बोल्यौ आज किन गुमनाम !
भोलि फुर्सद मिलाउ काली माया गर्छु ल !!

💔💔💔💔गजल💔💔💔💔
लगन गाँठो कसेपछी तोड्न खोज्छ मान्छे !
अर्थहिन बनाएर छोड्न खोज्छ मान्छे !!
पाइला पाइला ख्याल गर्नु मेरा दिदी बहिनी !
गन्तब्यमा नपुग्दै मन मोड्न खोज्छ मान्छे !!
फुटाएर काच सरि सम्बन्धका यी धर्काहरु !
मिठा मिठा वचनले जोड्न खोज्छ मान्छे !!
जोगाएर राखेका ती प्रेम रुपि वृक्षलाई !
उखालेर काडा मात्र गोड्न खोज्छ मान्छे !!
💘💘💘keshav Raj Adhikari 💘💘💘

श्रीमतीलाई चिट्ठी
प्रिय श्रीमती !
तिमीले र मैले अग्निलाई साक्षी राखेर कसम खाएको आज एक १२ बर्ष पूरा भएको छ। अर्थात आजकै दिन हामी समाजको अगाडि श्रीमान श्रीमती भएका थियौं। यो यात्रासम्म आई पुग्दा तिम्रो पहिलेको र अहिलेको व्यवहारमा मैले आकाश पातालको अन्तर पाएको छु। बिबाह अघि तिमीले देखाएका सपना केवल सपनामै सीमित भए। त्यो सपनालाई बिपनामा परिणत गर्ने कोसिस कहिल्यै पनि गरिनौ। सुरुका दिनमा तिमीबाट पाएको साथले म आफूलाई संसारकै भाग्यशाली भएको महसुस गर्थें।
तर तिम्रो व्यवहारमा अचानक परिवर्तन आयो। तिमी मेरो अगाडि मौन बस्न थाल्यौ। मलाई तिम्रो शब्दले भन्दा मौनताले बढी घोच्न थाल्यो। तिम्रो मौनता छुरा भन्दा धारिलो थियो मेरो लागि। जसले थाहै नदिई भित्र भित्रै रेटि रहेको थियो। मैले छिया छिया परेको मुटु बोक्दै आजसम्म जिबन गुजारा चलाएँ। तिमीसँग टाढा टाढा घुम्न जाने कुरा त परै जाओस। तिमीसँग बोल्न पनि तड्पिन पर्थ्यो। मैले तिमीबाट मीठा दुई शब्द सुन्न सधैं लालायित भए मेरा कान।
मलाई थाहा छैन,मैले यो १२ बर्ष कसरी कटाएँ। हामी समाजको अगाडि श्रीमान श्रीमती थियौं। तर बन्द कोठा भित्र हामी कहिल्यै त्यो सम्बन्धमा भएको मैले महसुस गर्न पाईन। आफू जन्मेको ठाउँ आफ्नो परिवार सबै छाडेर मैले तिमीलाई आफ्नो मानें। तर तिमीले मलाई श्रीमानको दर्जामा कहिल्यै राख्न चाहिनौ। मैले आफ्नो घर परिवार छोडेर बिदेश पलायन भएँ। तिमीले आफ्नो सम्पूर्ण व्यवहार परिवर्तन गर्यौ।
म बिहान उठ्ना साथ काममा जान्थें ।
तिमी उठ्ना साथ घरको काममा व्यस्त हुन्थ्यौ। १२ बर्षको अन्तरालमा न तिमी खुलेर मसँग बोलेको थाहा पाएँ। न त कहिल्यै एक अर्कालाई समय नै दियौं। २१औं शताब्दीको पुरुष भएर पनि मैले धेरै कुरा सहेर बस्नु पर्यो। बिहे गरेर जब तिमीलाई मेरो घरमा ल्याएँ। तब मलाई महसुस भयो। पुरुषको जात जति सक्षम भए पनि बिना कुनै गल्ती सबैसँग झुक्नै पर्ने रहेछ। तिमी भन्दा हरेक कुरामा अगाडि हुँदा हुँदै पनि तिमीले मलाई सधैं पैतालाको धूलो ठान्यौ।
म बाहिरबाट घर आउँदा तिमीलाई हँसिलो मुद्रामा तिम्रो स्वागत गर्न तत्पर हुन्थें। तर मेरो खुसी क्षण भरमै आँशुमा परिणत हुन्थ्यो। मसँग गफ गर्ने कुरा त परै जाओस्। तिमीले त मेरो मुख पनि हेर्न चाहिनौ । मैले पनि तिम्रो अगाडि पर्ने साहस कहिल्यै गरिन। केही औपचारिक कुरा बाहेक हामी बीच कहिल्यै कुनै कुरा हुन पाएन। जब बिबाह भएर बेहुली घरभित्र पस्छिन। तब माया झ्यालबाट फुत्त बाहिर जान्छ भन्ने सुनेको थिएँ। अहिले आफैंले ती सबै कुरा अनुभव गर्दैछु।
मैले तिमीलाई र तिम्रो माईतीलाई खुशी राख्न हर प्रयत्न गरें। तर म कहिल्यै सफल भईन। हुन सक्छ मेरो मायामा केही कमजोरी थियो। तर तिमीले यी सबै कुरा बर्णन गर्ने चेष्टा कहिल्यै गरिनौ। तिम्रो लागि श्रीमान भनेको घरको कामदार भन्दा अरु केही भएन। तिमीमा सकारात्मक परिवर्तन आउँछ भन्ने कुरामा पूरा बिश्वास थियो मलाई। तर मेरो बिश्वासले पनि धोका दिएको छ मलाई यति खेर। हरेक रात मेरो आँशुले सिरानी भिज्थ्यो।
तर तिमीलाई यी सबै कुराको कहिल्यै केही मतलब भएन। तिम्रो लागि म बाहेक सबै कुरा मूल्यवान् थियो। मेरो लागि भने तिमी। मेरा हरेक रहर तिम्रो खुशीका लागि त्यागेको छु। मेरा सपनाहरू मेरो घर परिवार सम्हाल्नकै निम्ति कुल्चेर प्रदेश हिँडेको छु। मलाई आशा छ। तिमीले मेरो त्याग र बलिदानको कदर गर्नेछौ। हाम्रो बिबाह भएको बाह्रअौ बर्षमा यही उपहार चाहन्छु म तिमीबाट। तर तिमीले त मलाई हमेशा हमेशाको लागी जिन्दगी भर भुल्न नसक्ने गरि मेरो मुटुमा छुरा धसेर गयौ।
मलाई छोडेर त गयौ,तर मैले बिदेशमा खुन पसिना बगाई कमाएर भरतपुरमा दस धुर घँडेरी किनेको थिएँ। त्यो घँडेरी पनि लग्यौ र तीन लाख बराबरको सुनका गहना पनि लिएर गयौ। सलाम छ तिमीलाई। तिमीले मलाई फोनबाट मेरो श्रीमान मरी सक्यो। म त सिंदुर पुछिएकी एक बिधवा अाईमाई हो भनेर म संग भनेकी थियौ। अाज म ज्युँदो छँदा छँदै पनि मेरो पोई मरि सक्यो भने पछि मैले तिमीलाई कसरी कुन मुखले श्रीमती भनौ। तिमी ज्युँदै भए पनि मेरो तर्फबाट तिमी मरि सक्यौ।
त्यस कारण अाज तिमी ज्युँदै भए पनि म तिमीलाई मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। मेरो पेटमा लात हानेर म संग बिछोडिएकि उहीँ मेरी प्रेमिका मिना दाहाललाई अाज म अन्तिम दाह संस्कार गरेर हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
मेरो जिन्दगीको धोकेबाज सिर्फ यहि हो।
माया गर्छु भनेर फँसायौ !
मलाई रुवाई अर्कैलाई हँसायौ !!
मेरो खुशी लगेर अर्कैको भयौ !
चोखो माया गरेकै थिएँ.....!!
अरु तिमीलाई के कमी भाथ्यो र !
मलाई छोडी पराईसंग गयौ.....!!
हार्दिक श्रद्धाञ्जली मिना दाहाल

लघु कथा :- खाडीमा पैसा फल्ने रुख
केशब राज अधिकारी
यहाँ मलाई सबै भन्दा रिस उठ्ने समय भनेको बिहान हो। किनकि भर्खर सुते जस्तो मान्छु,तर मोबाईलको आलार्म बज्छ। अाज त उठ्दिन भनेर आलार्मलाई स्नोज गरेर सुत्छु। कम्पनीबाट सुपरभाईजरले फोन गर्छ। अझसम्म ड्युटी अाएको छैनस। तेरो बाउको कम्पनी हो ? रिसले अनुहार रातो बनाउँछु, लागेको निद्रा र अल्छीपना गायब हुन्छ। जुरुक्क उठेर मुख पनि नधोईकन अाँखा मिच्दै ड्युटी जान्छु। कम्पनी गएर सुपरभाईजरको घाँटी समातेर हुत्याउँदै सडकमा पछार्न मन लाग्छ,तर त्यसो गर्न सक्दिन। अनि काम गर्न शुरु हुन्छ खाडीको दैनिकी। तर उता नेपालमा बस्नेहरुको लागि मस्तको दैनिकी छ मेरो। बिदेशमा बसेको छ,खायो,पियो,मस्ती गर्यो भन्छन सबैले। तर यता आफ्नो हालत चाहि मनाङ्ग मुस्ताङ्म तिर नूनका भारी बोक्ने खच्चड र गधाको भन्दा पनि बेहाल छ। उठ्यो,ड्युटी गयो, आयो,पकायो खायो अनि सुत्यो। सुपरभाईजर र अरबी स्टाफका गाली अनि तुच्छ व्यवहारको त के बयान गरुँ ? सबै कुरा फोन गरेर घरमा भन्ने हो भने घरमा परिवार रुन्छन। स्वास्नी केटा,केटीले आजै आउँनुस,आजै फर्किनुस भन्छन।
तर घर गएर पनि मैले सुख त पाउँला,तर भबिष्य बन्दैन। हामी छोरा मान्छेलाई उता पनि रुने,यता पनि रुने अभागी खप्पर। तर काम गर्न मन नलागे पनि ड्युटी गर्नै पर्ने बाध्यता हुन्छ। छुट्टी लिएर बस्ने अाराम गर्ने घुम्ने रहर त कसलाई हुँदैन र। तर एक दिन काममा गएन भने त्यसको सजाय स्वरुप एक हप्ताको सेलरी काट्छ। एक दिन दुख गर्यो भने नेपालमा परिवारलाई दुई महिना दूध किनेर ख्वाउन सकिन्छ। एक एक हिसाब गर्छु,यहि हिसाब गर्ने बानीले अहिलेसम्म खाडीमा टिकाएको छ। दुई चार रुपियाँ कमाएको छु। अझ एउटा कुरा अचम्मको छ। म खाडी छिरेपछि प्रशस्त साथीहरु बनाएको छु। पहिला नेपालमा बस्दा खेरी गाउँ घरका ठिटाहरु नचिने झै गरी मुन्टो बटारेर हिँडनेहरु पनि आज भोलि फेसबुकमा साथी बनेका छन। नेपालमा छँदा खेरी नचिन्ने गाउँका ठिटाहरु फेसबुकमा च्याट गर्दै भन्छन। भाई भिषा निकाल्न सक्छस भने मलाई एउटा राम्रो भिषा पठाईदेन यार। उसले यस्तो म्यासेज पठाउँदा त आफू त ठुलै मान्छे भईएछ झै लाग्छ। नेपाल हुँदा मान्छे नगन्ने मुलाहरु पनि आज भोलि च्याटमा सन्चो बिसन्चो सोध्छन।
बात गर्दै जाँदा लास्टमा भन्छन। कहिले आउँदैछस नेपाल ? बरु आउँदा खेरी एउटा राम्रो मोबाईल ल्याईदेस। गाउँका साथी भाईहरु मोबाईलको आशामा बसेका छन। तिनीहरु सोच्छन,खाडीमा मोबाईल फल्ने स-साना रुख हुन्छन। मैले त टिप्दै पठाउँदै गर्ने हो। अझ अस्ति एउटा साथीले मेसेन्जरमा फोन गरेर थर्काउँदै भन्यो। जाबो एउटा मोबाईल पनि पठाउँन सक्दैनस ? कोहि नेपाल अाउँने मान्छेसंग एउटा राम्रो मोबाईल पठाईदेन यार। तर मोबाईल चाहि अलि दामी है। आहा ! क्या सजिलो छ है थर्काउँन। दिन भरी आँखा मिच्दै काम गरेको ड्युटीबाट कमाएको पैसाले अहिलेसम्म आमालाई एउटा साडी किन्न सकेको छैन,श्रीमतीलाई एउटा कपडा किन्ने सपना मात्र हुँदैछ। बल्ल बल्ल अाएको ऋण तिरेर सकिँदै छ। साथीहरु चाहि हजारौको मोबाईल रोज्छन। अनि भन्छन,जाबो एउटा मोबाईल पठाउँन सक्दैनस ? भर्खर ड्युटी सकेर कोठामा अाएर अाराम गर्दै थिएँ। एउटा साथीले म्यासेन्जरमा कल गरेर भन्यो। साथीहरुसँग ईन्डियातिर घुम्न जाँदैछु,दस हजार रुपियाँ आईएमई गर्दे न यार।
झनक्क रिस उठ्यो,कहिले काहीँ बजारतिर घुम्न जाँदा पैसा खर्च हुन्छ भनेर छुट्टीको दिनमा रुममै बस्छु। छुट्टिको दिनमा साथीहरु भेट्न जाँदा पैसा खर्च हुन्छ भनेर आजसम्म बजारतिर घुम्न गएको छैन। साथीहरु चाही कति सजिलै भन्छन कि दश हजार रुपियाँ आईएमई गर्दे। उसले सोच्छ होला,खाडीमा पैसा फल्ने रुखहरु हुन्छन। टिपेर प्याक गरेर राख्यो। माग्नेले मागे जति पठायो। आज भोलि त ती तमाम साथीहरुसँग बोल्न पनि मन लाग्दैन। जो हेल्लो हाई गर्न भन्दा पहिला मोबाईल, ल्यापटप अनि पैसा माग्छन। सबैले सोच्छन, खाडीमा पैसा रुखमा फल्छ। तर यहाँको दुःख, गर्मी,तनाब अनि मनको पीडा त्यसले मात्र बुझ्छ। जसले खाडीमा काम गरेर पसिना चुहाएको छ। नेपालमा बसेर महिनामा लाख कमाउँने मानिसहरु पनि नेपाल आउँदा के ल्याईदिन्छस केटा भन्दै म्यासेज गर्छन। अलिकति नुनिलो स्वादको पसिना ल्याईदिन्छु भन्न मन लाग्छ,तर भन्दिन। किन भने ती बिचरा मुर्खहरुलाई के थाहा कि यहाँ काम गर्दा कति नुनिलो पानी बग्छ भनेर। उनका लागि त गगनचुम्मी महल,चिल्ला फराकिला बाटा अनि ब्यस्त बजार नै खाडी हो। दुःख,पीडा,गर्मी,गाली, अपमान सहने म छँदैछु नि।
साँच्चै भन्ने हो भने एक लाख रुपियाँ सय कडा तीन रुपियाँ ब्याजमा काडेर खाडी छिरेको म साँवा र ब्याज तिर्न पनि एक बर्ष भन्दा धेरै लाग्यो। त्यो भन्दा पछाडी कमाएको केही रुपियाँ घर खर्चमै ठिक्क हुँदैछ। मनले प्रिया प्रिया भन्दै श्रीमती र घर परिवारको याद गर्दैछ। आमाले त बरु एक छाक खाउला,तर अब आईजा भन्दै हुनुहुन्छ। अब यस्तो बेला दुई चार पैसा जोडेर नेपाल फर्कन पाए बाँकी जिबन उतै बिताउँन हुन्थ्यो। तर साथी भाईको आवश्यकता,घर परिवारको आवश्यकता अनि आफ्ना रहरहरुले गर्दा अझै एक दशक यतै बिताउँने छाँटकाँट देख्दैछु। यो रहर होईन,बाध्यता हो। म त बाध्यतामा खाडी छिरेको हुँ। अाफन्त,साथी भाईले मलाई त रहरले खाडी छिरेको जस्तो व्यवहार सबैले गर्छन। मोज गरेको छस यार भन्ने साथी भाई र कति उतै बस्छस,अब त नेपाल आईजा भन्ने घर परिवार सबैले मेरो बाध्यता बुझ्दैनन। अस्ति चिल्लो कारको अघिल्तिर उभिएर खिचेको एउटा फोटो फेसबुकमा पोष्ट गरे।
साथीहरुले कमेन्ट गर्दै भने। वा क्या हेन्डसम ! मस्ती छ है। अनि त्यसैको तल अर्को साथीले लेख्यो,लास्टै हेन्डसम भएको छस यार के खान्छस ? सबैलाई भ्रम थियो। मैले न मस्ती गरेको छु,न त हेन्डसम नै भएको छु। नाना थरीका मोबाईल क्यामराले मलाई सुन्दर पक्कै बनाएको थियो। तर वास्तविकता फरक थियो। अनिदो, नमिलेको खानपान अनि हरेक दिनको ड्युटीले म खस्कँदै थिए। तै पनि नेपालमा बस्नेहरुका लागि हट,हेन्डसम अनि खाई लाग्दो भएको छु। कुन दिन झोक चल्छ,रिल वाला क्यामराले ड्युटी गर्दै गरेको फोटो खाना खाँदाको तस्बिर पोष्ट गर्छु। अनि के भन्छन खोई ती तमाम दोस्ती अनि आफन्तले ? खाडी आफैमा पीडा,दुःख अनि अन्योल भबिष्यको झाडी हो। यहाँ न पैसा फल्ने रुख छन न त फेसबुकमा देखिने जस्तै मस्तीको जिन्दगी छ। आधा पेट अनि फ्रिजमा राखेको बासी खाना खाएर ड्युटी कुद्नु पर्ने बाध्यता, आगोले भन्दा पनि बढि पोल्ने गर्मीमा खटिनु पर्ने बाध्यता सबै खाडीमै छन। त्यसैले मित्रहरु जस्तो सोच्नु हुन्छ,त्यति सजिलो छैन खाडी। दुःख धेरै गरेर परिवार पाल्ने सपना देखेर आएको हुँ। मोबाईल,ल्यापटप अनि थोरै खर्च मागेर सर्मिन्दा नबनी दिनु होला।
पढ्नेलाई सुनको माला !
कथा लेख्नेलाई फुलको माला !!
पढेर लाईक कमेन्ट गर्ने बैकुण्ठमा जाला !
पढ्दै नपढ्नेलाई कुठाउँमा सुके लुतो आओस !
पढेर पनि लाईक कमेन्ट नगर्नेलाई पखाला चलोस !!

Subscribe to:
Posts (Atom)